schema:text
| - Last Updated on अप्रिल 29, 2024 by Neelam Singh
सारांश
सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा मेथीलाई भिजाएर (टुसाएको/उमारेको) १५ दिन सेवन गर्दा जस्तोसुकै पूरानो पायल्स रोग पूर्णरुपमा निको हुने दाबी गरिएको छ ।जब हामीले यो दावी जाँच गर्यौं हामीले यो दावी गलत भएको पायौं।
दाबी
Let’s Cook नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियो सामग्रीमा मेथीका दाना देख्न सकिन्छ । साथै उक्त भिडियोको थमनेलमा मेथीलाई भिजाएर (टुसाएको/उमारेको) १५ दिन सेवन गर्दा जस्तोसुकै पूरानो पायल्स रोग पूर्णरुपमा निको हुने दाबी गरिएको छ । भिडियोको थमनेलमा लेखिएको छ- ‘जस्तोसुकै पूरानो पायल्स पनि च्वाट्टै निको पार्ने घरेलु उपचार विधि, खाएर त हेरौँ ।’
उल्लेखित दाबीसहितको सामग्री मानव स्वास्थ्यसँग सम्बन्धित संवेदनशील छ । सामाजिक संजाल टिकटकमा व्यापक रुपमा फैलिएको प्रस्तुत दाबीबारे हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्य जाँच
भिजाएको मेथीको दानाले पाइल्स निको हुन्छ ?
भिजाएको मेथी (टुसाएको/उमारेको) सेवन गर्दा १५ दिनभित्रमा पायल्स रोग (Hemorrhoids) पूर्णरुपमा निको हुन्छ भन्ने दाबीलाई कुनैपनि बैज्ञानिक तथ्य-प्रमाणहरुले पुष्टि गर्न सकेनन् । मेथीको दानामा फाइबर पाइन्छ, जसले दिसालाई नरम पार्न र आन्द्राको सहजता कायम गर्न मद्दत गर्छ तर मेथीको सेवनले नै पायल्स रोग पूर्णरुपमा निको हुन्छ भन्ने दाबी अपूर्ण छ ।
घरेलु उपचारहरू प्रयोग गरेर पाइल्सको उपचार गर्ने प्रयासमा सम्भावित जोखिमहरू के के हुन्?
मलाशय र मलद्वार सुन्निने अवस्थालाई पायल्स भनिन्छ । यस रोगबाट मलद्वार चिलाउने, दुख्ने, मलद्वारको छेउमा गाँठो पर्ने, मलद्वारबाट रक्तस्राव हुने लगायतका समस्या निम्तिने गर्दछन् । पूरानो कब्जियत, भारी लिफ्टिङ, लगातार पखाला वा मल त्यागको समयमा तनाव बढ्नाले पायल्स रोग निम्तिने गर्दछ । गर्भावस्था, बढ्दो उमेर, तौल र खानपान लगायतका कारणले पनि पायल्स रोगको खतरामा खढ्ने गर्दछ ।
माथि उल्लेखित दाबीसहितको सामग्रीका विषयमा हामीले ग्यास्ट्रोएन्टेरोलोजिस्ट डा.शरद मल्होत्रासँग परामर्श गर्यौँ । उनले पाइल्स निको नहुने समस्या भएपनि यसका लक्षणहरू कम गर्न सकिने बताए । कब्जियतबाट बच्नका लागि अनाज, फलफूल र बोक्रासहितको फलफूल जस्ता फाइबरयुक्त खानेकुराहरू खान सकिने डा.शरद मल्होत्रा बताएका छन्
मेथीलाई भिजाएर (टुसाएको/उमारेको) १५ दिन सेवन गर्दा जस्तोसुकै पूरानो पायल्स रोग पूर्णरुपमा निको हुने दाबीलाई समर्थन गर्ने तथ्य-प्रमाणहरू अपर्याप्त छन् । भिजाएको मेथी सेवन गर्दा रगतमा चिनीको मात्रा कम हुनसक्छ, यसले सम्भावित रूपमा हाइपोग्लाइसेमिया निम्त्याउन पनि सक्छ । पायल्सको उपचारमा मूल कारणलाई सम्बोधन नगरी घरेलु उपचारमा मात्रै भर गर्दा एनीमिया जस्ता जटिलताहरूसमेत निम्तिन सक्छन् ।
This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here.
|