About: http://data.cimple.eu/claim-review/0f6a5cb07006521d542089575d80aa17572952104af0deac96c2457b     Goto   Sponge   NotDistinct   Permalink

An Entity of Type : schema:ClaimReview, within Data Space : data.cimple.eu associated with source document(s)

AttributesValues
rdf:type
http://data.cimple...lizedReviewRating
schema:url
schema:text
  • पोखराको भन्दै भाइरल भएको मसाल जुलुसको भिडियो वास्तवमा बंगलादेशको पोखरामा मसाल जुलुस सहितको आन्दोलन भएको दावी गर्दै एउटा भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भइरहेको छ। पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि पोखरामा हाल राष्ट्रिय स्वतन्त्र पार्टीको अगुवाईमा आन्दोलन भइरहेको पृष्ठभूमिमा फेसबुकमा यो भिडियो भाइरल भएको हो। तर, हाम्रो तथ्यजाँचमा यो भिडियोले भ्रम फैलाउन खोजेको भेटियो। भिडियो नेपालको नभई बंगलादेशको भएको प्रमाण हामीले भेट्यौँ। के हो दावी? १ हजार ६ सय फलोअर रहेका श्याम खडायत नामका फेसबुक प्रयोगकर्ताले गत अक्टोबर २० (कात्तिक ४ गते) ‘पोखरामा फेरि जुलुस’ क्याप्सन राख्दै भिडियो अपलोड गरेका छन्। यो तथ्य जाँच तयार पार्दासम्म ३ लाख ८५ हजार पटक हेरिएको करिब १० सेकेण्ड लामो भिडियोमा मानिसहरु मसाल बालिरहेको देख्न सकिन्छ। हेर्नुहोस्, स्क्रिनसट हेर्नुहोस्, स्क्रिनरेकर्ड सो भिडियो १ हजार ७ सय पटक सेयर गरिएको छ भने ६ हजार ४ सय जनाले रियाक्ट गरेका छन्। यसले भिडियोको भाइरलपना देखाउँछ। के हो तथ्य? तथ्यजाँचका लागि सर्वप्रथम हामीले भिडियोको सूक्ष्म अध्ययन गरेर हेर्यौँ। भिडियोको सुरुवातमा दायाँतर्फ बङ्गलादेशको राष्ट्रिय झण्डा देखिन्छ। भिडियोमा देखिएको वाटरमार्कलाई ध्यान दिएर हेर्दा भिडियो सम्पादन गर्ने एप इनसटको लोगो उल्ट्याएर राखे जस्तो देखिन्छ। भाइरल भिडियोमा Ins को उल्टो स्वरुप मात्र देखिएको छ। यसबाट भिडियोलाई उल्टाएर (फ्लिप गरेर) राखिएको प्रष्ट हुन्छ। बङ्गलादेशको राष्ट्रिय झण्डा समेत देखिएको भिडियो ‘फ्लिप’ गरेर राखिएको पाएपछि हामीले सो भिडियो बङ्गलादेशको हुनसक्ने आँकलन गर्यौँ। गुगल ट्रान्सलेटको सहयोगले बङ्गाली भाषामै बङ्गलादेशमा भएको मसाल जुलुसबारे गुगल सर्च गरेर हेर्दा फेसबुकमा एउटा भिडियो फेला पार्यौँ। सेप्टम्बर २० (असोज ४ गते) मा मिठु दास नामका फेसबुक प्रयोगकर्ताले पोस्ट गरेको भिडियो र पोखरामा मसाल जुलुस भएको दावी गरिएको भाइरल भिडियो केही मिलेको देखियो। दुबै भिडियोमा प्रयोग भएको मसाल र पृष्ठभूमिमा देखिने सेतो पिलरहरु प्रष्ट मिलेको पायौँ। हेर्नुहोस तुलनात्मक फोटोः उक्त पोष्टसँगै बङ्गाली भाषामा लेखिएको स्टाटस अंग्रेजी भाषामा अनुवाद गरी हेर्दा मसाल जुलुस central martyr’s ढाकामा आयोजना भएको उल्लेख गरिएको भेटियो। गुगल म्यापको सहयोगले ढाकाको सेन्ट्रल सहिद मिनार भन्ने ठाउँ हेर्दा पोखराको भन्दै भाइरल भएको भिडियोमा देखिएका सेता पिलरहरु त्यहाँ रहेको पाइयो। सोही पिलरहरु मिठु दासको फेसबुक पोष्टमा समेत हेर्न सकिन्छ। हेर्नुहोस गुगल स्ट्रिट भ्यु र भाइरल भिडियोको तुलनात्मक फोटोः हामीले बङ्गलादेशमा भएको मसाल जुलुसबारे थप बुझ्न फेरि एकपटक गुगलमा torch procession in bangladesh जस्ता शब्दहरु राखेर सर्च गरेर हेर्यौँ। यसरी सर्च गर्दा बाङ्ला ट्रिब्युन नामक समाचार संस्थाले असोज ४ गते प्रकाशित गरेको एक समाचार फेला पर्यो। हामीले गुगल ट्रान्सलेटको मद्धतले पढेको उक्त समाचार अनुसार, सनातन धर्मावलम्बीले ८ बूँदे माग राख्दै सहिद मिनारदेखि रमना काली मन्दिरसम्म मसाल जुलुस निकालेका थिए। अतः पोखरामा मसाल जुलुस निकालिएको दावी सहित पोष्ट भएको भिडियो नेपालको नभई बङ्गलादेशको हो। भिडियो फ्लिप गरेर पोखराको भन्ने दावीसहित सामाजिक सञ्जाल फेसबुकमा फैलाइएको हो। तथ्यजाँच दावीः पोखरामा मसाल जुलुस निकालेको दावी गरिएको भिडियो। दावीकर्ताः फेसबुक प्रयोगकर्ता श्याम खडायत। तथ्यजाँचः भ्रामक सूचना। बङ्गलादेशमा सनातन धर्मावलम्बीले गत असोज ४ गते निकालेको मसाल जुलुस नेपालको भन्दै भ्रमित बनाउँदै सामाजिक सञ्जाल फेसबुकमा फैलाइएको हो।
schema:mentions
schema:reviewRating
schema:author
schema:inLanguage
  • Nepali
schema:itemReviewed
Faceted Search & Find service v1.16.115 as of Oct 09 2023


Alternative Linked Data Documents: ODE     Content Formats:   [cxml] [csv]     RDF   [text] [turtle] [ld+json] [rdf+json] [rdf+xml]     ODATA   [atom+xml] [odata+json]     Microdata   [microdata+json] [html]    About   
This material is Open Knowledge   W3C Semantic Web Technology [RDF Data] Valid XHTML + RDFa
OpenLink Virtuoso version 07.20.3238 as of Jul 16 2024, on Linux (x86_64-pc-linux-musl), Single-Server Edition (126 GB total memory, 11 GB memory in use)
Data on this page belongs to its respective rights holders.
Virtuoso Faceted Browser Copyright © 2009-2025 OpenLink Software