About: http://data.cimple.eu/claim-review/35eafb54d866b8048adce4d01ea6648e8b5e3e70e714fa6fdccbca23     Goto   Sponge   NotDistinct   Permalink

An Entity of Type : schema:ClaimReview, within Data Space : data.cimple.eu associated with source document(s)

AttributesValues
rdf:type
http://data.cimple...lizedReviewRating
schema:url
schema:text
  • बाघको आक्रमण भन्दै भाइरल भएको भिडियो नेपालको होइन भारतको खेतमा एउटा बाघ लमलमक लम्कँदै छ। अलि पर मानव बस्ती पनि देखिन्छ। एकैछिनमा बाघ कुद्न थाल्छ। यो दृश्यसहितको छोटो भिडियो सामाजिक संजालमा पोस्ट गर्दै यसलाई मोरङ, कानेपोखरीसँग जोडिएको छ र एक जना पुरुषको मृत्यु भएको पनि दावी गरिएको छ। तर, हाम्रो तथ्यजाँचले भिडियोमा भ्रामक दाबी गरिएको देखाएको छ। यो भिडियो नेपालको नभई भारतको असम राज्यसँग सम्बन्धित देखियो। के छ भिडियोमा ? Log Out Chamling नामको फेसबुक पेजमा ३ जुलाई २०२४ मा गाउँमै बाघ आएको दृश्य देखिने छोटो भिडियो (रिल्स) पोस्ट गरिएको छ। भिडियोमा अशुद्ध नेपाली भाषामा लेखिएको छ- ‘बाघले आक्रमण गर्दा एक जना पुरुषको मृत्यु। मोरङ कानेपोखरी।’ भिडियोमा एउटा मानवबस्ती नजिकै खेत रहेको र सोही खेतमा बाघ आइपुगेको देख्न सकिन्छ। उक्त बाघलाई मानिसहरुले घर बाहिर निस्किएर हेरिरहेका छन्। यत्तिकैमा बाघ हिलाम्मे खेतमा दौडिन थाल्छ। हेर्नुस् स्क्रिनरेकर्ड भिडियोलाई फेसबुक प्रयोगकर्ताले १२ लाख भन्दी बढी पटक हेरिसकेका छन्। सोही भिडियोलाई कर्णाली प्रदेश र Reaction Page नामका फेसबुक पेजमा पनि पोस्ट गरिएको छ। यी दुई पोस्टमा नेपाली भाषाको अडियो जोडिएको छ, जसमा खेत रोप्दारोप्दै बाघ आएको मात्र जानकारी दिइएको छ। तर, स्थान भने तोकिएको छैन। के हो तथ्य ? भिडियोमा अशुद्ध नेपाली भाषामा दावी लेखिएको छ, जसमा ‘पुरुस्को मुर्तु’, ‘मोरोङ कानेपोखरि’ लगायतका शब्दहरु अशुद्ध छन्। तर, लेखाइमा अशुद्ध भएपनि प्रस्तुत शब्दहरुले बाघको आक्रमणबाट पुरुषको मृत्यु भएको र मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकातर्फ संकेत गरेका छन्। त्यसैले मानवबस्तीमै बाघ आइपुगेको भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले तथ्यजाँच गर्यौँ। जाँचका क्रममा भिडियोबाट केही स्क्रिनसट लिएर गुगल लेन्समा रिभर्स इमेज सर्च गर्यौँ। यस क्रममा हामी रिपब्लिकवर्ल्ड डटकम (republicworld.com) नामक वेबसाइटमा ४ जुलाई २०२४ मा प्रकाशित समाचारमा पुग्यौँ। यो समाचारमा प्रस्तुत गरिएको तस्बिर-भिडियो मोरङ कानेपोखरी भन्दै सामाजिक संजालमा पोस्ट गरिएको भिडियोसँग मिलेको छ। भारतको असम राज्यस्थित नागाउँ शहरको जेङ्गानी गाउँमा पाटे बाघ (Royal Bengal Tiger) ले आतंक बच्चाएको समाचारमा उल्लेख छ । समाचार अनुसार उक्त बाघको आक्रमणबाट दुईजना घाइते भएको छन् । समाचारमा नागाउँका प्रहरी उपरीक्षक (एसपी) स्वप्नील डेकाले भनेका छन्- ‘दुबै घाइते अहिले खतरामुक्त छन् र वन अधिकारीहरूले थप घटनाक्रमको निरीक्षण गरिरहेका छन् ।’ A video of a Royal Bengal Tiger causing terror at a village in Assam’s Nagaon goes viral. The tiger reportedly injured two people. The incident took place near the Laokhowa and Burhachapori Wildlife Sanctuary. Meanwhile, the flood situation in Nagaon district is still grim, as… pic.twitter.com/CQtekMSib0 — Republic (@republic) July 4, 2024 फेला परेको तथ्यको थप प्रमाणिकरण गर्न हामीले ‘Nagaon Zengani Village’ ‘Tiger Attack’ लगायतका वाक्यांशहरुलाई गुगलमा सर्च गर्यौँ । सर्चको नतिजास्वरुप असम राज्यस्थित नागाउँ शहरको जेङ्गानी गाउँमा बाघ पसेको समाचार र तस्बिर इन्डिया टूडे एइ डट इन (indiatodayne.in), असम ट्रिब्यून डटकम (assamtribune.com), हिन्दुस्तान टाइम्स डटकम (hindustantimes.com) लगायतका संचार माध्यममा प्रकाशित भएको देखियो । तर, कुनैपनि समाचारमा मानिसको मृत्यु भएको उल्लेख छैन। जाँचकै क्रममा टिभी९ लाइभ डटकम (news9live.com) मा ४ जुलाई २०२४ मा पोस्ट गरिएको अर्को समाचार पनि फेला पर्यो । उक्त समाचारमा पनि नागाउँ शहरको जेङ्गानी गाउँमा पसेको पाटे बाघ (Royal Bengal Tiger)ले स्थानीयलाई आतंकित बनाएको उल्लेख छ । समाचारमा उल्लेख गरिएको बिस्तृत भिडियोको एउटा अंश मोरङ कानेपोखरी भन्दै सामाजिक संजालमा फैलाइएको भिडियोसँग मेल खाएको छ । साथै गाउँ बसेको बाघको आक्रमणबाट दुई जना घाइते भएको र उनीहरु खतरामुक्त रहेको समाचारमा उल्लेख छ। तथ्यजाँच दावी : बाघले आक्रमण गर्दा एक जना पुरुषको मृत्यु, मोरङ कानेपोखरी लेखिएको भिडियो दावीकर्ता : सामाजिक सञ्जाल प्रयोगकर्ता । तथ्यः भ्रामक सूचना। अशुद्ध नेपाली भाषामा ‘बाघले आक्रमण गर्दा एक जना पुरुषको मृत्यु, मोरङ कानेपोखरी’ लेख्दै सामाजिक संजालमा पोस्ट गरिएको भिडियो, मोरङ तथा नेपालसँग सम्बन्धित छैन। ३ जुलाई २०२४ बाट सञ्चार माध्यम तथा सोसल मिडियामा पोस्ट हुन थालेको उक्त भिडियो भारतको असम राज्यस्थित नागाउँ शहरको जेङ्गानी गाउँको घटना हो । नेपालसँग असम्बन्धित भिडियोमा भ्रामक दाबी जोडेर सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ।
schema:mentions
schema:reviewRating
schema:author
schema:inLanguage
  • Nepali
schema:itemReviewed
Faceted Search & Find service v1.16.115 as of Oct 09 2023


Alternative Linked Data Documents: ODE     Content Formats:   [cxml] [csv]     RDF   [text] [turtle] [ld+json] [rdf+json] [rdf+xml]     ODATA   [atom+xml] [odata+json]     Microdata   [microdata+json] [html]    About   
This material is Open Knowledge   W3C Semantic Web Technology [RDF Data] Valid XHTML + RDFa
OpenLink Virtuoso version 07.20.3238 as of Jul 16 2024, on Linux (x86_64-pc-linux-musl), Single-Server Edition (126 GB total memory, 11 GB memory in use)
Data on this page belongs to its respective rights holders.
Virtuoso Faceted Browser Copyright © 2009-2025 OpenLink Software