About: http://data.cimple.eu/claim-review/586253a2945391a53660b801b1a53e72116cf13dd5cdf34f4e4a2b96     Goto   Sponge   NotDistinct   Permalink

An Entity of Type : schema:ClaimReview, within Data Space : data.cimple.eu associated with source document(s)

AttributesValues
rdf:type
http://data.cimple...lizedReviewRating
schema:url
schema:text
  • Last Updated on अक्टोबर 24, 2024 by Neelam Singh सारांश मृगौलालाई सुरक्षित राख्ने र सफा गर्ने वनस्पति भन्दै एउटा भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त भिडियोमा काली गेडी वनस्पतिको पातलाई सागको रुपमा सेवन गर्दा मृगौला सुरक्षित राख्छ र सफा गर्छ भन्ने दाबी गरिएको छ । जब हामीले यो दावी जाँच गर्यौं हामीले यो दावी आंशिक गलत भएको पायौं। दाबी Rama Khanal Bhattarai नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा काली गेडी वनस्पतिको बोट देख्न सकिन्छ । साथै भिडियोमा एकजना व्यक्ति बोलिरहेको सुन्न सकिन्छ । ती व्यक्तिले यस्तो भनेका छन्- ‘आफ्नो किड्नी सुरक्षित गर्न चहानुहुन्छ, सुरक्षित राख्न चहानुहुन्छ भने एकदमै राम्रो टिप्स । धेरै मानिसमा किड्नीको समस्या आएको तपाईंहरुलाई थाहा छ, तपाईंलाई मैले यो काली गेडी देखाइराको छु, यसको साग ८-१० मुन्टाभन्दा बेसी एक दिनमा नखानुहोला, धेरै राख्नुहुँदैन । यसको साग वर्षमा २० पटक खानु भयो भने तपाईंको किड्नी एकदमै सुरक्षित राख्छ र किड्नीलाई यसले एकदमै सफा गर्छ । माछा र सुँगुरको मासुसँग यो कहिल्यै नखानू खतरा हुनसक्छ ।’ काली गेडी वनस्पतिको पातलाई सागको रुपमा सेवन गर्दा मृगौला सुरक्षित राख्ने र सफा गर्ने काम गर्छ त? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ । तथ्य जाँच काली गेडी के हो? काली गेडी वनस्पतिको पातलाई सागको रुपमा सेवन गर्दा मृगौला सुरक्षित राख्छ र सफा गर्छ भन्ने दाबीमा आंशिक सत्यता छ । काली गेडीलाई परम्परागत रूपमा मृगौलाको उपचारमा प्रयोग गरिएतापनि यसलाई मृगौला समस्याहरूको सामधान र औषधिकारुपमा हेर्नु हुँदैन । काली गेडीले किडनीको सुरक्षा गर्छ भन्ने दावीलाई समर्थन गर्ने वैज्ञानिक प्रमाण छ? काली गेडी वनस्पतिमा स्टेरोइडल एल्कालोइड जस्ता सक्रिय यौगिकहरू हुन्छन्, जसले मृगौलाको लागि सुरक्षात्मक प्रभावहरू प्रदान गर्न सक्छन् । यी एल्कालोइडहरूमा एन्टिअक्सिडेन्ट र एन्टी-इन्फ्लेमेटरी गुणहरू भएकाले सम्भावित स्वास्थ्य लाभहरू प्रदान गर्न सक्छन् । तर, यो वनस्पतिको विषाक्तालाई पनि ध्यान दिन जरुरी छ । काली गेडी वनस्पतिको सेवनका सम्भावित जोखिमहरू छन् । वनस्पतिमा सोलानाइन जस्ता विषाक्त पदार्थहरूको उपस्थितिले ग्यास्ट्रोइन्टेस्टाइनल जलन र सम्भावित जोखिमहरू निम्त्याउन सक्छन् । काली गेडीलाई ब्ल्याक नाइटशेड वा इन्डियन नाइटशेड पनि भनिन्छ । सोलानेसी परिवारसँग सम्बन्धित यो वनस्पति विश्वका विभिन्न क्षेत्रमा पाइन्छ । यसलाई परम्परागत औषधिमा पनि प्रयोग गरिन्छ । हरियो तथा पातदार यस वनस्पतिको विरुवामा साना र गोलाकार फलहरू फल्छन् । यसको अत्याधिक उपभोग विषाक्त हुन सक्छ । यसका पातहरूलाई कहिलेकाहीँ सागका रुपमा रूपमा खाइन्छ । काली गेडी र यसको झारलाई परम्परागत चिनियाँ चिकित्सामा औषधीय प्रयोग गर्ने गरिएको लामो इतिहास छ । ताङ राजवंशको दस्तावेजमा पहिलोपटक यसको प्रयोगका बारेमा उल्लेख गरिएको पाइन्छ । काली गेडीको झारमा हुने एन्टिस्पास्मोडिक गुणहरु पाइन्छन् । यो वनस्पति डिटोक्सिफिकेशन, सूजन कम गर्ने, घाउ कार्बनकल, एक्जिमा र मूत्र समस्याहरू जस्ता विभिन्न रोगहरूको उपचारमा प्रयोग हुने गरेको पाइन्छ । तर, यसको प्रयोग गर्नुअघि स्वास्थ्य सेवा पेशेवरहरूसँग परामर्श गर्नु आवश्यक छ । काली गेडी वनस्पतिको पाललाई सागको रुपमा सेवन गर्दा मृगौला सुरक्षित राख्छ र सफा गर्छ भन्ने दाबीमा आंशिक सत्यता छ । काली गेडीलाई परम्परागत रूपमा मृगौलाको उपचारमा प्रयोग गरिएतापनि यसलाई मृगौला समस्याहरूको सामधान र औषधिका रुपमा हेर्नु हुँदैन । This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here.
schema:mentions
schema:reviewRating
schema:author
schema:datePublished
schema:inLanguage
  • English
schema:itemReviewed
Faceted Search & Find service v1.16.115 as of Oct 09 2023


Alternative Linked Data Documents: ODE     Content Formats:   [cxml] [csv]     RDF   [text] [turtle] [ld+json] [rdf+json] [rdf+xml]     ODATA   [atom+xml] [odata+json]     Microdata   [microdata+json] [html]    About   
This material is Open Knowledge   W3C Semantic Web Technology [RDF Data] Valid XHTML + RDFa
OpenLink Virtuoso version 07.20.3238 as of Jul 16 2024, on Linux (x86_64-pc-linux-musl), Single-Server Edition (126 GB total memory, 11 GB memory in use)
Data on this page belongs to its respective rights holders.
Virtuoso Faceted Browser Copyright © 2009-2025 OpenLink Software