About: http://data.cimple.eu/claim-review/5cc02fdf203e363e260910913d8d0eec8a94584289d95846ba223ed1     Goto   Sponge   NotDistinct   Permalink

An Entity of Type : schema:ClaimReview, within Data Space : data.cimple.eu associated with source document(s)

AttributesValues
rdf:type
http://data.cimple...lizedReviewRating
schema:url
schema:text
  • Last Updated on अप्रिल 29, 2024 by Neelam Singh सारांश सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा मेथीलाई भिजाएर (टुसाएको/उमारेको) १५ दिन सेवन गर्दा जस्तोसुकै पूरानो पायल्स रोग पूर्णरुपमा निको हुने दाबी गरिएको छ ।जब हामीले यो दावी जाँच गर्यौं हामीले यो दावी गलत भएको पायौं। दाबी Let’s Cook नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियो सामग्रीमा मेथीका दाना देख्न सकिन्छ । साथै उक्त भिडियोको थमनेलमा मेथीलाई भिजाएर (टुसाएको/उमारेको) १५ दिन सेवन गर्दा जस्तोसुकै पूरानो पायल्स रोग पूर्णरुपमा निको हुने दाबी गरिएको छ । भिडियोको थमनेलमा लेखिएको छ- ‘जस्तोसुकै पूरानो पायल्स पनि च्वाट्टै निको पार्ने घरेलु उपचार विधि, खाएर त हेरौँ ।’ उल्लेखित दाबीसहितको सामग्री मानव स्वास्थ्यसँग सम्बन्धित संवेदनशील छ । सामाजिक संजाल टिकटकमा व्यापक रुपमा फैलिएको प्रस्तुत दाबीबारे हामीले तथ्यजाँच गरेका छौँ । तथ्य जाँच भिजाएको मेथीको दानाले पाइल्स निको हुन्छ ? भिजाएको मेथी (टुसाएको/उमारेको) सेवन गर्दा १५ दिनभित्रमा पायल्स रोग (Hemorrhoids) पूर्णरुपमा निको हुन्छ भन्ने दाबीलाई कुनैपनि बैज्ञानिक तथ्य-प्रमाणहरुले पुष्टि गर्न सकेनन् । मेथीको दानामा फाइबर पाइन्छ, जसले दिसालाई नरम पार्न र आन्द्राको सहजता कायम गर्न मद्दत गर्छ तर मेथीको सेवनले नै पायल्स रोग पूर्णरुपमा निको हुन्छ भन्ने दाबी अपूर्ण छ । घरेलु उपचारहरू प्रयोग गरेर पाइल्सको उपचार गर्ने प्रयासमा सम्भावित जोखिमहरू के के हुन्? मलाशय र मलद्वार सुन्निने अवस्थालाई पायल्स भनिन्छ । यस रोगबाट मलद्वार चिलाउने, दुख्ने, मलद्वारको छेउमा गाँठो पर्ने, मलद्वारबाट रक्तस्राव हुने लगायतका समस्या निम्तिने गर्दछन् । पूरानो कब्जियत, भारी लिफ्टिङ, लगातार पखाला वा मल त्यागको समयमा तनाव बढ्नाले पायल्स रोग निम्तिने गर्दछ । गर्भावस्था, बढ्दो उमेर, तौल र खानपान लगायतका कारणले पनि पायल्स रोगको खतरामा खढ्ने गर्दछ । माथि उल्लेखित दाबीसहितको सामग्रीका विषयमा हामीले ग्यास्ट्रोएन्टेरोलोजिस्ट डा.शरद मल्होत्रासँग परामर्श गर्यौँ । उनले पाइल्स निको नहुने समस्या भएपनि यसका लक्षणहरू कम गर्न सकिने बताए । कब्जियतबाट बच्नका लागि अनाज, फलफूल र बोक्रासहितको फलफूल जस्ता फाइबरयुक्त खानेकुराहरू खान सकिने डा.शरद मल्होत्रा बताएका छन् मेथीलाई भिजाएर (टुसाएको/उमारेको) १५ दिन सेवन गर्दा जस्तोसुकै पूरानो पायल्स रोग पूर्णरुपमा निको हुने दाबीलाई समर्थन गर्ने तथ्य-प्रमाणहरू अपर्याप्त छन् । भिजाएको मेथी सेवन गर्दा रगतमा चिनीको मात्रा कम हुनसक्छ, यसले सम्भावित रूपमा हाइपोग्लाइसेमिया निम्त्याउन पनि सक्छ । पायल्सको उपचारमा मूल कारणलाई सम्बोधन नगरी घरेलु उपचारमा मात्रै भर गर्दा एनीमिया जस्ता जटिलताहरूसमेत निम्तिन सक्छन् । This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here.
schema:mentions
schema:reviewRating
schema:author
schema:datePublished
schema:inLanguage
  • English
schema:itemReviewed
Faceted Search & Find service v1.16.115 as of Oct 09 2023


Alternative Linked Data Documents: ODE     Content Formats:   [cxml] [csv]     RDF   [text] [turtle] [ld+json] [rdf+json] [rdf+xml]     ODATA   [atom+xml] [odata+json]     Microdata   [microdata+json] [html]    About   
This material is Open Knowledge   W3C Semantic Web Technology [RDF Data] Valid XHTML + RDFa
OpenLink Virtuoso version 07.20.3238 as of Jul 16 2024, on Linux (x86_64-pc-linux-musl), Single-Server Edition (126 GB total memory, 11 GB memory in use)
Data on this page belongs to its respective rights holders.
Virtuoso Faceted Browser Copyright © 2009-2025 OpenLink Software