schema:text
| - Last Updated on अप्रिल 12, 2023 by Neelam Singh
सारांश
सामाजिक संजालहरुमा विभिन्न रोगको घरेलु उपचारका बारेमा तयार पारिएका सामग्रीहरू फैलिरहेका हुन्छन् । पछिल्लो पटक हामीले छालामा हुने संक्रमण तथा दादको घरेलु उपचारबारे तयार पारिएको एउटा सामग्री फेला पार्यौँ । हामीले तथ्य जाँच गर्यौं र पत्ता लगायौं कि दावी आधा सत्य छ।
दाबी
हेल्थ टिप्स _MILAN नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा घिउकुमारी, नीम र कपूरको घोल तयार पारिएको दृश्य देखाइएको छ । सोही सामग्रीको क्याप्सन र अडियोमार्फत् घिउकुमारी, नीम र कपूरको घोलको लेपनले दाद तथा छालामा भएको संक्रमण निको पार्ने दाबी गरिएको छ।
सामग्रीको क्याप्सनमा भनिएको छ – ‘दाद भएर हैरान हुनुन्छ, hospital को औषधि जति लगाउँदा पनि ठिक भएन, अब घरेलु उपचार गर्नुस्, धेरै जनाको ठिक भको छ आसा छ तपाईंहरूको पनि ठिक हुन्छ।’
तथ्य जाँच
के घरेलु उपचारले सामान्य संक्रमण निको पार्न सक्छ?
घिउकुमारी, नीम र कपूरमा एन्टी इन्फ्लेमेटरी, एन्टि ब्याक्टेरियल, एन्टी सेप्टिक र एन्टी फंगल गुण रहेको हुन्छ जसले छालाको संक्रमणमा केही हदसम्म राहत दिन्छ । यसको नियमित प्रयोगले छालाको हल्का संक्रमण निको पनि हुन्छ । तर, मध्यमदेखि गम्भीर छालाको संक्रमण भएमा डाक्टरलाई देखाउनु राम्रो हुन्छ ।
छालाको सामान्य संक्रमणहरुमा सेलुलाइटिस, एरिसिपेलास, इम्पेटिगो, फोलिक्युलाइटिस, र फुरुनकल र कार्बनकलहरू पर्दछन् । समयमै उचित उपचार नगरिएग यी संक्रमणहरू गम्भीर हुन हुन बेर लाग्दैन । प्रस्तुत विषयमा हामीले केही अनुसन्धान पत्रहरू फेला पारेका छौं जसले अनुसार यी छालामा हुने संक्रमणहरूलाई उचित चिकित्सा हेरचाह चाहिन्छ । डाक्टरको परामर्श, एन्टिबायोटिक्सका साथै अन्य उपचार पनि गर्नुपर्दछ ।
छालामा संक्रमण हुँदा घरेलु उपचार गर्नु र उचित चिकित्सा उपचार नखोज्नु केही मानिसहरूका लागि खतरनाक पनि हुन सक्छ । घिउकुमारी, नीम र कपूरको अत्याधिक प्रयोगले छालाको एलर्जीसमेत हुनसक्ने केही अनुसन्धान पत्रहरूले निष्कर्ष निकालेका छन् ।
This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here.
|