About: http://data.cimple.eu/claim-review/9e46ef57b95347c6e0754c2cd0aa8bc981aa3edf13473221d94d6865     Goto   Sponge   NotDistinct   Permalink

An Entity of Type : schema:ClaimReview, within Data Space : data.cimple.eu associated with source document(s)

AttributesValues
rdf:type
http://data.cimple...lizedReviewRating
schema:url
schema:text
  • मनाङ एयरको दुर्घटना भन्दै प्रकाशित फोटो नेपालको हैन, केन्यामा भएको दुर्घटनाको - बाबुराम भण्डारी मंगलबार सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटना सम्बन्धी फोटो भन्दै दैनिक पत्रिका अनलाइन मिडिया र सामाजिक सञ्जालमा फोटोहरु भाइरल भएका छन्। तर ती सबै फोटो मनाङ एयरको दुर्घटनाको नभएको हाम्रो तथ्य जाँचबाट देखिएको छ। के छ समाचारमा ? नयाँ पत्रिका राष्ट्रिय दैनिकले २०८० असार २७ गतेको पत्रिकाको पहिलो पेजमा ‘दुर्घटनामा कसरी पर्यो मनाङ एयरको हेलिकोप्टर?’ शीर्षकको समाचार राखेको छ। उक्त समाचारमा राखिएको फोटो यस्तो छ- हेर्नुस् पहिलो पेजको इपेपरको अर्काइभ लिङ्क। अनलाइन मिडिया देशसञ्चारले ‘दुर्घटनाग्रस्त हेलिकोप्टरका तीन तस्वीर’ शीर्षकमा मंगलबार समाचार राखेको छ। ‘घटनास्थलबाट सुरक्षाकर्मीले लिएका केही तस्बिरहरु’ दावी गर्दै प्रकाशित सो समाचारमा तीन वटा फोटो छन्। देश सञ्चारमा प्रकाशित समाचारको स्क्रिनसट त्यसैगरी हामीले फेसबुकमा “दुर्घटनाग्रस्त हेलिकोप्टरका तीन तस्बिर” कीवर्ड राखी सर्च गर्दा अरु थुप्रै फेसबुक पेजमा पनि यो फोटो देख्यौँ। के हो तथ्य ? नयाँ पत्रिका दैनिक र देशसञ्चारले प्रकाशित गरेका तीन वटा फोटो मध्ये एउटा फोटोलाई हामीले माइक्रोसफ्ट बिङको रिभर्स इमेज सर्चबाट खोज्यौँ। खोज्ने क्रममा उक्त फोटो मनाङ एयरको नभएर सन २०१२ मा अगष्टमा माउन्ट केन्यामा भएको युगान्डाको सैन्य हेलिकप्टर रहेको पाइयो। नेपालको दावी गरी फैलाइएको फोटो वास्तवमा यही पुरानो फोटोको अगाडिको थोरै भाग क्रप गरिएको देखिन्छ। रिभर्स इमेज सर्चको स्क्रिनसट समाचार संस्था रोयटर्सबाट वितरित यो फोटोसहितको समाचार एनबीसी न्यूजले अगस्त १४, २०१२ मा प्रकाशित गरेको थियो । एनबीसी न्युजमा प्रकाशित समाचारको लिंक एनबीसी न्युजले प्रकाशित गरेको समाचारको स्क्रिनसट। सोही फोटोसहितको समाचारलाई सीएनएनले सन २०१२ अगस्त १५ मा प्रकाशित गरेको थियो। सीएनएनमा प्रकाशित समाचारको स्क्रिनसट सीएनएनमा प्रकाशित समाचारको लिंक फोटोमा देखिएको दुर्घटनाग्रस्त हेलिकप्टर रुसमा बनेको एमआई-२४ हिन्द हेलिकप्टर हो। नेपालमा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टर भने एयरबस हेलिकप्टरको A350 B3e मोडलको हो। तथ्य जाँच दावी : सोलुखुम्बुमा मंगलबार भएको मनाङ एयरको दुर्घटनाको फोटो। दावीकर्ता : नयाँ पत्रिका राष्ट्रिय दैनिक र देशसञ्चार अनलाइन न्युजपोर्टल तथ्य : मिथ्या सूचना। देश सञ्चारले सोलुखुम्बुमा भएको मनाङ एयरको दुर्घटनाको फोटो भनेर राखेका तीन वटा फोटोहरु मध्ये एउटा फोटो सन् २०१२ मा माउन्ट केन्यामा भएको युगान्डाको सैन्य हेलिकोप्टर दुर्घटनाको रहेको र रोयटर्सबाट वितरित सो तस्वीर सहितको समाचार अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएन र एनबीसी न्यूजले सन २०१२ मै प्रकाशित गरेका थिए। *थपिएको : तथ्य जाँच प्रकाशित भएपछि सोही फोटो नयाँ पत्रिका राष्ट्रिय दैनिकमा पनि प्रकाशित भएको जानकारी आएकोले थप गरिएको छ – सम्पादक
schema:mentions
schema:reviewRating
schema:author
schema:inLanguage
  • Nepali
schema:itemReviewed
Faceted Search & Find service v1.16.115 as of Oct 09 2023


Alternative Linked Data Documents: ODE     Content Formats:   [cxml] [csv]     RDF   [text] [turtle] [ld+json] [rdf+json] [rdf+xml]     ODATA   [atom+xml] [odata+json]     Microdata   [microdata+json] [html]    About   
This material is Open Knowledge   W3C Semantic Web Technology [RDF Data] Valid XHTML + RDFa
OpenLink Virtuoso version 07.20.3238 as of Jul 16 2024, on Linux (x86_64-pc-linux-musl), Single-Server Edition (126 GB total memory, 11 GB memory in use)
Data on this page belongs to its respective rights holders.
Virtuoso Faceted Browser Copyright © 2009-2025 OpenLink Software