About: http://data.cimple.eu/claim-review/b39c0d421d523d69d83bd34c46cfc08e48f0363d6fac1f9d98c06a94     Goto   Sponge   NotDistinct   Permalink

An Entity of Type : schema:ClaimReview, within Data Space : data.cimple.eu associated with source document(s)

AttributesValues
rdf:type
http://data.cimple...lizedReviewRating
schema:url
schema:text
  • बौद्धमार्गी मुलुक महामारीबाट जोगिएकोबारे ‘नागरिक’को समाचार भ्रामक आज २७ साउन २०७७ को ‘नागरिक’ दैनिकको पहिलो पेजमा ‘बौद्धमार्गी मुलुक कसरी जाेगिए महामारीबाट ?’ शीर्षकमा समाचार रहेको छ। समाचारमा ‘आंशिक तथा पूर्ण रूपमा बौद्ध धर्म मान्ने कम्बोडिया, लाओस, मियान्मा, थाइल्यान्ड र भियतनमाले ‘हाच्छ्युँ’ पनि गरेका छैनन्’ भन्दै ‘भियतनाममा महामारीका कारण अहिलेसम्म एकजनाको पनि मृत्यु नभएको’ दावी गरिएको छ। हामीले यो विषयमा तथ्यजाँच गरेका छौँ। नागरिकले भियतनाममा कसैको मृत्यु नभएको दावी गरे पनि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को २७ साउन २०७७ को साँझ ६ बजेसम्मको अपडेटमा १३ जनाको मृत्यु भइसकेको छ। नागरिकले म्यान्मारमा ६ जनाको मृत्यु भएको र ३ सय १७ जनामा संक्रमण भएको दावी प्रकाशन गरेको छ। तर डब्लुएचओको तथ्याङ्कमा ६ जनाको मृत्यु सही भए पनि संक्रमितको संख्या भने ३६० देखिन्छ। यसैगरी कम्बोडियामा १ सय ४१ जना संक्रमित भएको दावी नागरिकमा छ। जबकि डब्लुएचओमा यो संख्या २५१ रहेको छ। यस्तै लाओसमा १९ जनामा संक्रमण भेटिएको नागरिकको दावी छ। विश्व स्वास्थ्य संगठनको अपडेटमा यो संख्या २० पुगेको छ। इन्डोनेसियामा हालसम्म ३४ सयको मृृत्यु भएको छ भने ६८ हजार १ सयमा संक्रमण भएको नागरिकले लेखेको छ। जबकि यो संख्या विश्व स्वास्थ्य संगठनका अनुसार मृत्युको संख्या ५ हजार ७२३ र संक्रमितको संख्या १ लाख २५ हजार ३९६ पुगिसकेको छ। फिलिपिन्समा १३ सयको ज्यान गएको र ५० हजार ४ सय संक्रमित भएको नागरिकले लेखेको छ। तर विश्व स्वास्थ्य संगठनका अनुसार मृत्युको संख्या नै २२ सय ७० र संक्रमितको संख्या १ लाख २९ हजार ९१३ पुगिसकेको छ। कसरी तथ्याङ्क फरक भयो? नागरिकले यो समाचारको अन्त्यमा ‘इकोनोमिस्टमा प्रकाशित सामग्रीको अनुवाद’ लेखेको छ। तर कुन मितिमा प्रकाशित भने खुलाएको छैन। हामीले खोज्ने क्रममा यो समाचार इकोनोमिस्टमा जुलाई ९ अर्थात् एक महिनाअघिको मितिमा प्रकाशन भएको भेट्यौँ। एक महिनाअघि प्रकाशित सामग्री अनुवाद गरी प्रकाशन गरेका कारण तथ्याङ्क फरक भएको देखिन्छ। यद्यपि ती देशहरुमा संक्रमण र मृत्युको संख्या भने अरु ठाउँको तुलनामा कम नै देखिन्छ। भियतनाममा यो एक महिनामा सून्य मृत्यु संख्या बढेर १३ पुगिसकेको छ। त्यसैगरी नागरिकले लेखेको ‘आंशिक तथा पूर्ण रूपमा बौद्ध धर्म मान्ने कम्बोडिया, लाओस, मियान्मा, थाइल्यान्ड र भियतनमाले ‘हाच्छ्युँ’ पनि गरेका छैनन् ’ वाक्य पनि भ्रामक छ। इकोनोमिस्टको मूल अंशमा यो वाक्य यस्तो रहेको छ- ‘the partly or largely Buddhist countries of Cambodia, Laos, Myanmar, Thailand and Vietnam have scarcely sneezed.’ Scarcely को अर्थ ‘विरलै’ हुन्छ। निश्कर्ष : नागरिकले आज पहिलो पेजमा प्रकाशन गरेको समाचारमा भियतनाममा महामारीका कारण अहिलेसम्म एकजनाको पनि मृत्यु नभएको दावी गलत छ। त्यहाँ १३ जनाको मृत्यु भइसकेको छ। त्यसैगरी नागरिकले राखेका अरु विभिन्न देशहरुको संक्रमित र मृत्यु संख्या पनि एक महिना पुरानो इकोनोमिस्टमा प्रकाशित तथ्याङ्क रहेको र अहिले परिवर्तन भइसकेका कारण भ्रामक देखिन्छ।
schema:mentions
schema:reviewRating
schema:author
schema:inLanguage
  • Nepali
schema:itemReviewed
Faceted Search & Find service v1.16.115 as of Oct 09 2023


Alternative Linked Data Documents: ODE     Content Formats:   [cxml] [csv]     RDF   [text] [turtle] [ld+json] [rdf+json] [rdf+xml]     ODATA   [atom+xml] [odata+json]     Microdata   [microdata+json] [html]    About   
This material is Open Knowledge   W3C Semantic Web Technology [RDF Data] Valid XHTML + RDFa
OpenLink Virtuoso version 07.20.3238 as of Jul 16 2024, on Linux (x86_64-pc-linux-musl), Single-Server Edition (126 GB total memory, 11 GB memory in use)
Data on this page belongs to its respective rights holders.
Virtuoso Faceted Browser Copyright © 2009-2025 OpenLink Software