About: http://data.cimple.eu/claim-review/e60051571e0f96644dc5365598421e63502a93414646a8774d0f2ee8     Goto   Sponge   NotDistinct   Permalink

An Entity of Type : schema:ClaimReview, within Data Space : data.cimple.eu associated with source document(s)

AttributesValues
rdf:type
http://data.cimple...lizedReviewRating
schema:url
schema:text
  • Last Updated on जनवरी 31, 2024 by Neelam Singh सारांश सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री फेला परेको छ मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री सामाजिक संजालमा फेला परेको छ। उक्त सामग्रीमा घरेलु उपचार विधिबाटै मृगौलामा भएको पत्थरी (ढुंगा-बालुवा) लाई पगाल्न सकिने दाबी गरिएको छ। जब हामीले यो दावी जाँच गर्यौं हामीले यो दावी गलत भएको पायौं। दाबी जानिराखौ जानिराखौ नामक फेसबुक पेजमा पोस्ट गरिएको सामग्रीमा एउटा लामो स्ट्याटस लेखिएको छ । उक्त पोस्टमा एक कप फिरफिरे फलको सिरप, २५० एम एल जैतुनको तेल, २५० ग्राम कागति, २५० ग्राम अजमोदको जरा, २५० ग्राम महको प्रयोगले मृगौलामा भएको पत्थरी (ढुंगा-बालुवा)लाई पगाल्न सकिने दाबी गरिएको छ । उक्त स्ट्याटसको एउटा अंश यस्तो छ- मानव मृगौला तथा पित्त थैलीमा ढुंगा वा बालुवा देखिनु आजभोली अनौठो कुरा रहेन। मृगौला तथा पित्त थैलीमा जम्मा भएका ढुंगालाई अपरेशन तथा आधुनिक प्रविधीद्धारा उपचार गर्नु भन्दा पनि प्राकृतिक उपचारको माध्यमबाट सजिलै पार पाउन पाए हुन्थ्यो भन्ने चाहना सबैको हुन्छ । अपरेशन नै नगरि मृगौला तथा पित्त थैलीमा हुने ढुंगा वा बालुवालाई भरपर्दो प्राकृतिक उपचारको माध्यमबाट कसरि छुटकारा पाउन सकिएला भन्ने जिज्ञासा हामीमा हुनु स्वभाविकै हो । तसर्थ डीसिनेपालमा प्रकासित यस लेखको सहयोगले मृगौला तथा पित्त थैलीमा जम्मा भएका ढुंगा तथा बालुवा बाट सजिलै छुटकारा पाउने बिधिका बारेमा जानकारी प्राप्त गर्नु भई लाभ उठाउनु हुनेछ भन्ने हामीले आशा गरेका छौं । उपचारका लागि चाहिने सरदामहरु: १) एक कप फिरफिरे फलको सिरप ( Maple Syrup) र २५० ग्राम खैरो चिनीको धुलो तयार पार्नुहोस् । २) २५० एम एल जैतुनको तेल (olive oil) लिनुहोस् । ३) २५० ग्राम कागति लिनुहोस् । ४) २५० ग्राम अजमोदको जरा (parsley root)को व्यवस्था गर्नुहोस् । ५) २५० ग्राम मह लिनुहोस् । मानव स्वास्थ्यसँग सम्बन्धित प्रस्तुत दाबी अत्यन्तै संवेदनशील देखिन्छ । यही कारण माथि उल्लेखित दाबीसहितको सामग्रीमाथि हामीले तथ्यजाँच गरेका छौँ । तथ्य जाँच यसको बारेमा अनुसन्धानले के भन्छ? एक कप फिरफिरे फलको सिरप, २५० एम एल जैतुनको तेल, २५० ग्राम कागति, २५० ग्राम अजमोदको जरा, २५० ग्राम महको प्रयोगले मृगौलामा भएको पत्थरी (ढुंगा-बालुवा)लाई पगाल्न सकिने दाबी कुनै प्रमाणले पुष्टि गर्न सकेन । मृगौला को पत्थरी भनेको के हो? मृगौलामा जम्मा हुने कडा किसिमको शेषलाई मृगौलाको पत्थरी भनिन्छ । मृगौलाको पत्थरी बालुवाको दानादेखि गल्फ बलसम्मका आकारमा रहेका हुनसक्छन् । मृगौलाका पत्थरी विभिन्न प्रकारका भएपनि सबैभन्दा सामान्य क्याल्सियम अक्सालेट पत्थर, यूरिक एसिड पत्थर, स्ट्रुवाइट पत्थर र सिस्टिन पत्थर हुन् । माथि उल्लेखित दाबीको विषयमा हामीले डा.गणेश श्रीनिवास प्रसाद पी र नारायण हेल्थ सिटी बेंगलुरुका कन्सल्टेन्ट नेफ्रोलोजिस्ट एवं ट्रान्सप्लान्ट फिजिसियन डा.एनबी (नेफ्रोलोजी)सँग पनि परामर्श गर्यौँ । उनले भने,‘उष्णकटिबंधीय देशहरूमा आर्द्रताका कारण मृगौलामा पत्थरी हुने गर्छ । मृगौलाको पत्थरी विभिन्न प्रकारका हुन्छन् र तिनीहरू विभिन्न तरिकामा बन्छन् । केही हर्मोन समस्या वा संक्रमणको कारण हुन सक्छ । मृगौलाको पत्थरी एकपटक त्यहाँ पुगेपछि त्यसबाट छुटकारा पाउन गाह्रो हुन्छ तर नयाँ बन्नबाट रोक्नको लागि तपाईंले कदम चाल्न सक्नुहुन्छ । प्रत्येक प्रकारको पत्थरीको लागि उपचार फरक छ । मेथीको दानाले कुनै पनि प्रकारको मिर्गौलाको पत्थरीलाई रोक्न सक्छ भन्ने कुनै प्रमाण छैन । यसको सट्टा, मृगौला समस्या भएका मानिसहरूले तौल घटाउने, नुन कम खाने, क्याल्सियम युक्त खानेकुराहरू खाने, अक्सालेट्स भएका खानेकुराहरू नखाने र धेरै पानी पिउने जस्ता जीवनशैली परिवर्तन गर्नुपर्छ । यदि तपाईलाई युरिक एसिडको पत्थरी हुने खतरा छ भने मासु, चिनी र कार्बोहाइड्रेटमा कटौती गर्नुहोस् र रक्सी र धुम्रपान त्याग्नुहोस् ।’ मृगौलको पत्थरीको कुनै उपचार छ ? मृगौलामा रहेका पत्थरीको वैज्ञानिक उपचार विधि पत्थरीको आकार-प्रकार र स्थानका साथै बिरामीको समग्र स्वास्थ्यमा निर्भर हुने गर्दछ । साना पत्थरलाई जाँच र दुखाइ नियन्त्रण औषधिद्वारा व्यवस्थापन गर्न सकिन्छ । केही पत्थरीलाई वेभ लिथोट्रिप्सी वा युरेटेरोस्कोपी जस्ता गैर-आक्रामक प्रक्रियाहरूले भाँच्न, फुटाउन वा हटाउन सक्छ । ठूला वा जटिल पत्थरीको उपचारका लागि पीसीएनएल (Percutaneous nephrolithotomy) वा ल्याप्रोस्कोपिक प्रक्रियाहरू जस्ता शल्यक्रियाहरू गर्ने गरिन्छ । पित्तथैलीमा अड्किएको पित्तथैलीको पत्थरीलाई एन्डोस्कोपी, ल्याप्रोस्कोपी, कोलेसिस्टेक्टोमी वा खुला शल्यक्रियालगायत विधिबाट मात्रै उपचार गर्न सकिन्छ । माथि उल्लेखित दाबीको विषयमा हामीले ग्यास्ट्रोएन्टेरोलॉजिस्ट डा. शरद मल्होत्रासँग परामर्श गर्यौँ । उनले भने,‘पित्तमा कोलेस्ट्रोलको अतिसंपृक्तता वा संक्रमणका कारण पित्तथैलीमा पत्थरी हुने गर्छ । कुनै पनि खाद्य तत्वले पित्तको संरचनालाई परिवर्तन गर्दैन, पित्तको पत्थरीको उपचारको रूपमा कुनै खाना प्रस्ताव गर्न सकिँदैन ।’ फिरफिरे फल सिरप, जैतुनको तेल, कागति, अजमोदको जरा र महको प्रयोगले मृगौलामा भएको पत्थरी (ढुंगा-बालुवा)लाई पगाल्न सकिने दाबी कुनै प्रमाणले पुष्टि हुँदैन । मृगौला समस्या भएका मानिसहरूले तौल घटाउने, नुन कम खाने, क्याल्सियम युक्त खानेकुराहरू खाने, अक्सालेट्स भएका खानेकुराहरू नखाने र धेरै पानी पिउने जस्ता जीवनशैली परिवर्तन गर्नतिर ध्यान दिनुपर्छ । This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here.
schema:mentions
schema:reviewRating
schema:author
schema:datePublished
schema:inLanguage
  • English
schema:itemReviewed
Faceted Search & Find service v1.16.115 as of Oct 09 2023


Alternative Linked Data Documents: ODE     Content Formats:   [cxml] [csv]     RDF   [text] [turtle] [ld+json] [rdf+json] [rdf+xml]     ODATA   [atom+xml] [odata+json]     Microdata   [microdata+json] [html]    About   
This material is Open Knowledge   W3C Semantic Web Technology [RDF Data] Valid XHTML + RDFa
OpenLink Virtuoso version 07.20.3238 as of Jul 16 2024, on Linux (x86_64-pc-linux-musl), Single-Server Edition (126 GB total memory, 11 GB memory in use)
Data on this page belongs to its respective rights holders.
Virtuoso Faceted Browser Copyright © 2009-2025 OpenLink Software