About: http://data.cimple.eu/claim-review/11cbadaa8f492cb014ece5f4c59dbe9348bf8fc1e5d5daa2cfb1a57f     Goto   Sponge   NotDistinct   Permalink

An Entity of Type : schema:ClaimReview, within Data Space : data.cimple.eu associated with source document(s)

AttributesValues
rdf:type
http://data.cimple...lizedReviewRating
schema:url
schema:text
  • दोस्रो विवाहको संख्या बढेको र सुदूरपश्चिममा सर्वाधिक रहेको दाबी गलत नेपालमा घरमा श्रीमती हुँदाहुँदै सुटुक्क दोस्रो विवाह गर्नेको संख्या पछिल्लो समय बढेको र सुदुरपश्चिम प्रदेशमा यस्तो संख्या सर्वाधिक रहेको दावी गरिएको एउटा भिडियो फेसबुकमा भाइरल भएको छ। यो भिडियो ८४ लाखभन्दा बढी पटक हेरिएको छ। तर, हाम्रो तथ्यजाँचमा यो दावी गलत देखियो। पछिल्लो तीन वर्षमा बहुविवाहको मुद्दा र उजुरी संख्या घट्दै गएको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ। तथ्याङ्कले सुदूरपश्चिम प्रदेशमा होइन, बागमतीमा बढी मुद्दा र उजुरी देखाउँछ। के हो दावी? ६ लाखभन्दा बढी फलोअर्स तथा साढे १ लाखभन्दा बढी लाइक रहेको ‘ग्यालेक्सीखबर टिभी’ नामक फेसबुक पेजले गएको असोज २९ गते एउटा भिडियो अपलोड गरेको छ। समाचार शैलीमा राखिएको छोटो भिडियोमा दावी गरिएको छ, “नेपालमा सुटुक्क दोस्रो विहे गर्नेको संख्या पछिल्लो समय बढ्न थालेको छ, घरमा श्रीमती हुँदाहुँदै अर्को बिहे गर्नेमा सुदूरपश्चिम अगाडि देखिएको हो।” यो तथ्यजाँच तयार पार्दासम्म १ लाख ९१ हजार वटा लाइक भएको यो भिडियो २ हजार २ सय पटक सेयर भइसकेको छ भने २ हजार ३ सय वटा कमेन्ट छन्, जसले भिडियो धेरै भाइरल भइसकेको देखाउँछ। हेर्नुहोस् स्क्रिनरेकर्ड- के हो तथ्य? यो भिडियोले मुख्यतः दुई वटा दावी गरेको छ- १) सुटुक्क दोस्रो विवाह (बहुविवाह) गर्नेको संख्या पछिल्लो समय बढेको। २) सुदूरपश्चिम प्रदेश दोस्रो विवाहको मामिलामा अगाडि रहेको। बहुविवाह सरकार वादी हुने मुद्दा हो। अर्थात् यस्तो मुद्दामा नेपाल प्रहरीले उजुरी लिई अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमार्फत् जिल्ला अदालतमा मुद्दा दायर गर्छ। नेपाल प्रहरीले वर्षेनी लैङ्गिक हिंसाको वार्षिक तथ्यपत्र (फ्याक्टसिट) प्रकाशन गर्ने गर्छ। यस्तो तथ्यपत्रमा नेपालभरी भएका बहुविवाहसहितका विभिन्न लैङ्गिक हिंसाको तथ्याङ्क (मुद्दा दर्ता र उजुरी संख्या) हुन्छ। यो दावीको तथ्य जाँच गर्न हामीले नेपाल प्रहरीले आफ्नो वेबसाइटमा राखेको पछिल्लो तीन आर्थिक वर्ष २०७७/७८, २०७८/७९, र २०७९/८० को तथ्याङ्क हेर्यौँ। ती फ्याक्टसिटहरुमा रहेको बहुविवाहको मात्र मुद्दा दर्ता र उजुरी संख्यालाई अलग्गै राख्यौँ। यसरी हेर्दा पछिल्लो तीन वर्षमा बहुविवाहसम्बन्धी मुद्दा र उजुरी संख्या घट्दो क्रममा रहेको देखिन्छ। हेर्नुहोस नेपाल प्रहरीको तथ्यपत्रको आधारमा तयार पारिएको ग्राफिक्स तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ मा ८५२ मुद्दा र उजुरी रहेकोमा त्यसपछिको वर्ष २०७८/७९ मा घटेर ८०९ भएको छ भने २०७९/८० मा अझ घटेर ७२३ पुगेको छ। अतः नेपालमा सुटुक्क दोस्रो विवाह अर्थात बहुविवाह गर्नेको संख्या बढेको होइन, बरु बहुविवाह सम्बन्धी मुद्दाको संख्या वर्षेनी घट्दो क्रममा छ। के सुदूरपश्चिममा बहुविवाहको संख्या सर्वाधिक छ? भिडियोमा अर्को दावी छ- दोस्रो विवाह गर्नेको संख्या सुदूरपश्चिममा धेरै छ। तर नेपाल प्रहरीको पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा सुदूर पश्चिममा नभई बागमती प्रदेशमा बहुविवाहको मुद्दाको संख्या धेरै देखिन्छ। नेपाल प्रहरीले तयार पारेको तथ्यपत्रमा बागमती प्रदेश र काठमाडौं उपत्यकाको तथ्याङ्क फरक फरक जनाएर राखेकोमा हामीले सो तथ्याङ्कलाई समेत जोडेर यहाँ प्रस्तुत गरेका छौं। हेर्नुहोस नेपाल प्रहरीको तथ्यपत्रको आधारमा तयार पारिएको ग्राफिक्स (तीन वटा आर्थिक वर्षको संख्या जोडिएको) यो तथ्याङ्क अनुसार कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा बहुविवाहका मुद्दा र उजुरीको संख्या सुदूरपश्चिम प्रदेशभन्दा बढी छ। तथ्यजाँच दावीः नेपालमा सुटुक्क दोस्रो बिहे गर्नेको संख्या पछिल्लो समय बढ्न थालेको र घरमा श्रीमती हुँदा हुँदै अर्को बिहे गर्नेमा सुदूरपश्चिम अगाडि देखिएको। दावीकर्ताः ग्यालेक्सी खबर टिभी फेसबुक पेज। तथ्यजाँचः मिथ्या सूचना। नेपाल प्रहरीको तथ्यपत्र हेर्दा नेपालमा बहुविवाहको मुद्दा संख्या पछिल्लो तीन वर्षमा घट्दो क्रममा छ भने मुद्दा संख्या पनि सुदूरपश्चिम प्रदेशमा नभई बागमती प्रदेशमा बढी देखिन्छ।
schema:reviewRating
schema:author
schema:inLanguage
  • Nepali
schema:itemReviewed
Faceted Search & Find service v1.16.115 as of Oct 09 2023


Alternative Linked Data Documents: ODE     Content Formats:   [cxml] [csv]     RDF   [text] [turtle] [ld+json] [rdf+json] [rdf+xml]     ODATA   [atom+xml] [odata+json]     Microdata   [microdata+json] [html]    About   
This material is Open Knowledge   W3C Semantic Web Technology [RDF Data] Valid XHTML + RDFa
OpenLink Virtuoso version 07.20.3238 as of Jul 16 2024, on Linux (x86_64-pc-linux-musl), Single-Server Edition (126 GB total memory, 2 GB memory in use)
Data on this page belongs to its respective rights holders.
Virtuoso Faceted Browser Copyright © 2009-2025 OpenLink Software