About: http://data.cimple.eu/claim-review/021bdd1f311da787dec289ab23e0dd9e92c3f650cf7e7210ce6dc953     Goto   Sponge   NotDistinct   Permalink

An Entity of Type : schema:ClaimReview, within Data Space : data.cimple.eu associated with source document(s)

AttributesValues
rdf:type
http://data.cimple...lizedReviewRating
schema:url
schema:text
  • Last Updated on मार्च 20, 2024 by Neelam Singh सारांश सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको पोस्ट फेला परेको छ । उक्त पोस्टमा दम रोगलाई घरेलु उपचारबाटै निको पार्न सकिने दाबी गरिएको छ । जब हामीले यो दावी जाँच गर्यौं हामीले यो दावी आंशिक गलत भएको पायौं। दाबी Mohan Gurung नामक फेसबुक आइडीमा फेला परेको पोस्टमा एउटा तस्बिरसँगै स्ट्याटस पनि लेखिएको छ । साथै एक चम्चा मेथी एक गिलास पानीमा उमालेर एक चम्चा अदुवाको रस र एक चम्चा मह घोलेर दैनिक १५ दिन खाएमा दम रोग निर्मूल हुने दाबी गरिएको छ । दाबीसहितको स्ट्याटसमा लेखिएको छ- ‘दमको घरेलु उपचार । एक चम्चा मेथी एक गिलास पानीमा उमाल्नुस् । तीन भाग पानी मध्ये एक भाग रहुन्जेल उमाल्नुस् । त्यस्लाई मनतातो अवस्थामा छानेर एक चम्चा अदुवाको रस र एक चम्चा मह घोलेर दैनिक १५ दिन खाएमा दम रोग निर्मूल हुन्छ । स्रोत, प्राचीन जडिबुटी ज्ञान पुस्तक ।’ प्रस्तुत दाबी मानव स्वास्थ्यसँग सम्बन्धित रहेकाले अत्यन्तै संवेदनशील देखिन्छ । त्यसैले हामीले प्रस्तुत सामग्रीमाथि तथ्यजाँच गरेका छौँ । तथ्य जाँच दावी बारे विज्ञान के भन्छ? घरेलु उपचारबाटै दम रोगलाई पूर्ण रुपमा निको पार्छ भन्ने दाबी अपूर्ण छ । घरेलु उपचारले दम रोगका लक्षणहरू नियन्त्रण गर्न सक्दैनन् र दमको तीव्रता एपिसोडहरूको उपचार गर्न सक्दैनन् । अहिलेसम्म दमका लक्षणहरूलाई नियन्त्रण गर्न सक्ने उपचार मात्रै अस्तित्वमा आएका छन्, जसले रोगी मानिसहरूलाई सामान्य र स्वस्थ जीवन बिताउन मद्दत गर्दछन् । दम भनेको के हो? दम (Asthma) श्वासप्रश्वासको नलीमा बल्झिने रोग हो, जसबाट श्वासनली साँघुरो र अतिरिक्त फुल्लिने समस्या निम्तिने गर्दछ । यस्तो अवस्थाले मानिसहरूलाई अत्यधिक खोकी लाग्ने र सास फेर्न गाह्रो हुन्छ । अस्थमा निको हुने कुनै सम्भावना छ? दमको रोगलाई पूर्णरुपमा निको पार्ने कुनै वैज्ञानिक उपचार अन्वेषण भइसकेको छैन । अहिलेसम्म दमका लक्षणहरूलाई नियन्त्रण गर्न सक्ने उपचार मात्रै अस्तित्वमा आएका छन्, जसले रोगी मानिसहरूलाई सामान्य र स्वस्थ जीवन बिताउन मद्दत गर्दछन् । यद्यपी, आयुर्वेदिक उपचारले दम रोगका लक्षण कम गर्नुको साटो रोग नियन्त्रण गर्न सक्छ कि सक्दैन भन्ने विषयमा अनुसन्धान भइरहेको छ । हामीले एनएमसी हेल्थकेयरका पल्मोनोलोजिस्ट डा. मोहम्मद अनासलाई ‘दम पूर्ण रूपमा निको हुने रोग हो ?’ भन्ने प्रश्न गर्यौँ । हाम्रो प्रश्नको जवाफमा डा.अनासले भने,‘दम रोग पूर्ण रूपमा निको हुने सम्भावना धेरै कम हुन्छ । यो रोगीको शरीरमा झुन्डिरहने आजीवन रोग हो र यसलाई औषधि र स्वस्थ जीवनशैलीले मात्र नियन्त्रण गर्न सकिन्छ । एक पटक पूर्ण रूपमा नियन्त्रण गरेपछि, मानिसहरूले औषधिहरू बन्द गर्न सक्छन् र जीवनशैली परिवर्तनसँगै दमलाई नियन्त्रणको लागि रोगीलाई हेरचाह गर्न सकिन्छ । तर, जीवनमा कुनै समय फेरि दम बल्झियो भने पुन: औषधिहरू आवश्यक पर्दछ ।’ हामी उल्लेखित दाबीका विषयमा हामीले आहारविद् कामना ट्याङ्कसँग परामर्श गर्यौँ । उनी भन्छिन्,‘फलफूल र तरकारीहरू दम रोगको विरुद्धमा स्वास्थ्यकर आहार हुन् । यसमा पोषक तत्व, एन्टिअक्सिडेन्ट, एन्टी-एलर्जी र एन्टि-इन्फ्लेमेटरी गुणहरू हुन्छन् । आहारमा फलफूल र तरकारीहरू लिँदा सूजन र ‘फ्री रेडिकल’लाई कम हुन सक्छ, जसले कोशिकालाई क्षति रोक्छ । तर, स्याउ वा कुनै पनि फलफूल खाँदा दम पूर्णतया निको हुन सक्दैन ।’ घरेलु उपचारले दममा मद्दत गर्न सक्छ? भारतस्थित जसलोक अस्पताल एण्ड रिसर्च सेन्टरका पल्मोनोलोजिस्ट डा.सार्थक रस्तोगीले केही घरेलु उपचारबाट दम रोगलाई निकै सीमित हदसम्म मद्दत गर्ने बताउँछन् । घरेलु उपचारले दम रोगका लक्षणहरू नियन्त्रण गर्न सक्दैनन् र दमको तीव्रता एपिसोडहरूको उपचार गर्न सक्दैनन् । मेथीसहित उमालेको पानीमा एक चम्चा अदुवाको रस र एक चम्चा मह घोलेर दैनिक १५ दिन खाएमा दम रोग निर्मूल हुन्छ भन्ने दाबी भ्रामक छ । दमको रोगलाई पूर्णरुपमा निको पार्ने कुनै वैज्ञानिक उपचार फेला परिसकेको छैन । आयुर्वेदिक उपचारले दम रोगका लक्षण कम र रोग नियन्त्रण गर्न सक्छ कि सक्दैन भन्ने विषयमा अनुसन्धान भइरहेको छ । तर, घरेलु उपचारले दम रोगका लक्षणहरू नियन्त्रण गर्न सक्दैनन् । This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here. Disclaimer: Medical Science is an ever evolving field. We strive to keep this page updated. In case you notice any discrepancy in the content, please inform us at [email protected]. You can futher read our Correction Policy here. Never disregard professional medical advice or delay seeking medical treatment because of something you have read on or accessed through this website or it's social media channels. Read our Full Disclaimer Here for further information.
schema:reviewRating
schema:author
schema:datePublished
schema:inLanguage
  • English
schema:itemReviewed
Faceted Search & Find service v1.16.115 as of Oct 09 2023


Alternative Linked Data Documents: ODE     Content Formats:   [cxml] [csv]     RDF   [text] [turtle] [ld+json] [rdf+json] [rdf+xml]     ODATA   [atom+xml] [odata+json]     Microdata   [microdata+json] [html]    About   
This material is Open Knowledge   W3C Semantic Web Technology [RDF Data] Valid XHTML + RDFa
OpenLink Virtuoso version 07.20.3238 as of Jul 16 2024, on Linux (x86_64-pc-linux-musl), Single-Server Edition (126 GB total memory, 2 GB memory in use)
Data on this page belongs to its respective rights holders.
Virtuoso Faceted Browser Copyright © 2009-2025 OpenLink Software