About: http://data.cimple.eu/claim-review/030dbaeb4aeb9375131e2427187d62fa4234f555d602a67fc1b2acc6     Goto   Sponge   NotDistinct   Permalink

An Entity of Type : schema:ClaimReview, within Data Space : data.cimple.eu associated with source document(s)

AttributesValues
rdf:type
http://data.cimple...lizedReviewRating
schema:url
schema:text
  • कांग्रेस उपसभापति धनराज गुरुङ हवाईजहाजमा महिलासँगै रहेको फोटो सम्पादित नेपाली कांग्रेस उपसभापति धनराज गुरुङ र एक महिलासँगै बसेको एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ। फोटोमा नेता गुरुङ ती महिला हवाईजहाजको सिटमा साथमै बसेजस्तो देखिन्छ। हाम्रो तथ्य जाँचमा उक्त फोटो मिथ्या सूचना भएको पाइएको छ। दुई फरक-फरक फोटो कम्प्युटरमार्फत् जोडेर सम्पादन गरी राखिएको हो। के हो दावी? सामाजिक सञ्जाल एक्स (पहिला ट्विटर भनेर चिनिने) मा १ लाख ३७ हजारभन्दा बढी फलोअर रहेका प्रदीप भट्टराईले गत भदौ २५ गते एक पोस्ट गर्दै “डिभोर्स गरेका आदरणीय काङ्रेस उपसभापति !” लेखे। यो तथ्यजाँच तयार पार्दासम्म २८ हजार भन्दा बढीले यो पोस्ट हेरेका छन्। २४६ जनाले लाइक गरेको पोस्टमा २३ जनाले रिपोस्ट गरिसकेका छन्। हेर्नुहोस अर्काईभ लिङ्क हेर्नुहोस स्कृनसट सामाजिक सञ्जालमा अरुले पनि यो फोटो सेयर गरेको देखिन्छ। के हो तथ्य? हामीले नेता गुरुङ र महिला साथै हवाईजहाजको सिटमा बसेको फोटो सही हो कि हैन यकिन गर्न रिभर्स इमेज सर्च गर्ने निर्णय गर्यौँ। यसरी हेर्दा फोटोमा भएकी महिलाको सोही फोटो एक फेसबुक पेजमा हामीले फेला पार्यौँ। ‘कोमल रानी’ नामक उक्त फेसबुक पेजमा विभिन्न महिलाको फोटो राखिएको थियो भने गुरुङसँग राखिएको फोटो भने २०२३ जुलाई ४ (२०८० असार १९ गते) पोस्ट गरिएको हो। उक्त फोटोमा महिला एक्लै बसेको देख्न सकिन्छ। हेर्नुहोस अर्काइभ लिङ्क हेर्नुहोस स्कृनसट नेता गुरुङको फोटो पनि हामीले रिभर्स इमेज सर्च गरेर हेर्दा फेला पार्यौँ। गत असार ६ गते गुरुङले आफ्नो एक्स ह्यान्डलमा पोस्ट गरेको एक फोटोमा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीसँगै नेपाली जनसम्पर्क समिति कुवेतको अधिवेशनमा सहभागी हुन जाँदै गरेको लेखेका छन्। हेर्नुहोस अर्काइभ लिङ्क हेर्नुहोस स्क्रिनसट उक्त फोटो सम्पादन गरेर प्रकाश रसाइलीको ठाउँमा महिलाको फोटो राख्दै सामाजिक सञ्जालमा राखिएको हो। अतः नेपाली कांग्रेस उपसभापति धनराज गुरुङ्गको दुई महिना पुरानो फोटोमा महिलाको तस्विर जोडेर कम्प्युटरमार्फत् सम्पादन सामाजिक सञ्जालामा राखिएको निश्कर्षमा हामी पुग्यौँ। तथ्यजाँच दावीः नेपाली कांग्रेस उपसभापति धनराज गुरुङ एक महिलासँग रहेको। दावीकर्ताः प्रदीप भट्टराई (एक्स प्रयोगकर्ता) तथ्यजाँचः मिथ्या सूचना। नेपाली कांग्रेस उपसभापति धनराज गुरुङको दुई महिना पुरानो फोटोमा महिलाको तस्विर जोडेर कम्प्युटरमार्फत् सम्पादन गरिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएको हो। दुई फरक-फरक फोटो सम्पादन गरिएकाले उक्त फोटो मिथ्या सूचना हो।
schema:reviewRating
schema:author
schema:inLanguage
  • Nepali
schema:itemReviewed
Faceted Search & Find service v1.16.115 as of Oct 09 2023


Alternative Linked Data Documents: ODE     Content Formats:   [cxml] [csv]     RDF   [text] [turtle] [ld+json] [rdf+json] [rdf+xml]     ODATA   [atom+xml] [odata+json]     Microdata   [microdata+json] [html]    About   
This material is Open Knowledge   W3C Semantic Web Technology [RDF Data] Valid XHTML + RDFa
OpenLink Virtuoso version 07.20.3238 as of Jul 16 2024, on Linux (x86_64-pc-linux-musl), Single-Server Edition (126 GB total memory, 2 GB memory in use)
Data on this page belongs to its respective rights holders.
Virtuoso Faceted Browser Copyright © 2009-2025 OpenLink Software