About: http://data.cimple.eu/claim-review/0babd006a690f567f3c58811ff8fd379dde6854aa572ec17298473dc     Goto   Sponge   NotDistinct   Permalink

An Entity of Type : schema:ClaimReview, within Data Space : data.cimple.eu associated with source document(s)

AttributesValues
rdf:type
http://data.cimple...lizedReviewRating
schema:url
schema:text
  • Last Updated on सेप्टेम्बर 25, 2024 by Neelam Singh सारांश पित्तथैली पत्थरीको उपचारसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा जामुनको पातको रस बनाएर लगातार एक महिना सेवन गर्दा पित्तथैलीको पत्थरी पगाल्ने दाबी गरिएको छ । जब हामीले यो दावी जाँच गर्यौं हामीले यो दावी गलत भएको पायौं। दाबी Keshav Gamnage नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा जामुनको रुख देख्न सकिन्छ । सोही भिडियोमा जोडिएको अडियोमा भनिएको छ- ‘जामुनको चार-पाँचवटा पातको जुस बनाएर कन्टिन्यु एक महिना खाएभने, त्यो पित्तभित्र भएको पत्थरी छ नि, त्यो फेरि क्यालसियम जमेको पत्थरी पनि होइन, त्यो फेरि लिक्युट फर्ममा आउँछ । क्यालसियमलाई समेत लगाउने हुन्छ के त्यसले ।’ तथ्य जाँच पित्तथैली के हो? पित्तथैली कलेजोको तलपट्टी हुने सानो आकारको अंग हो । विभिन्न ठोस कारणले पित्तथैलीमा पत्थरी बन्ने गर्दछन् । पित्तथैलीमा बन्ने पत्थरीको आकार बालुवाको दाना जत्तिकै सानोदेखि गल्फ बल जत्तिकै ठूलोसम्म हुन सक्छ । कोलेस्ट्रोल वा बिलिरुबिन जस्ता पित्त बनाउने पदार्थहरूमा असन्तुलन हुँदा पित्तथैलीमा पत्थरीको विकास हुन्छ । पित्तमा हुने पत्थरीका मुख्य दुई प्रकारका हुन्छन्, जसमा कोलेस्ट्रोल पत्थरी र पिग्मेन्ट पत्थरी पर्दछन् । के हर्बल उपचारले पित्तथैली रोकथाममा मद्दत गर्छ? पित्तथैलीमा बनिरहेको पत्थरीलाई रोक्नका लागि केही हर्बल उपचारहरू अन्वेषण गरिएको छ । यसमा जडिबुटी र प्राकृतिक उपचारले कलेजो र पित्तथैलीको स्वास्थ्यलाई सुधार गर्ने विश्वास गरिन्छ । उदाहरणका लागि, मिल्क थिस्टल, आर्टिचोक, र डन्डेलियन रुटले कलेजो डिटोक्सिफिकेशन र पित्त उत्पादनमा सम्भावित फाइदा गर्ने बताइन्छ । तर, जडिबुटी र प्राकृतिक उपचारले पित्तथैलीमा बन्ने पत्थरीलाई रोक्न सक्छ भन्ने दाबीको प्रभावकारितालाई समर्थन गर्ने वैज्ञानिक प्रमाणहरू सीमित छन् । यसको प्रभावकारिता पुष्टि गर्न थप अनुसन्धान हुन आवश्यक छ । जामुनको पातले पित्तथैली पग्लन्छ ? मधुमेह र पाचन समस्याहरू व्यवस्थापन गर्नका लागि जामुनको पात र यसका बोक्रालाई घरेलु तथा परम्परागत चिकित्सामा प्रयोग गरिन्छ । केही परम्परागत अनौपचारिक उपचारहरूमा जामुनको पातले पित्तथैलीको पत्थरी गलाउन सक्ने दाबी गरिन्छ । तर, प्रस्तुत दाबीलाई समर्थन गर्ने वैज्ञानिक प्रमाणहरू सीमित छन् । जामुनको पातमा सम्भावित उपचारात्मक गुणहरू भएका यौगिकहरू हुन्छन्, जस्तै एन्टिअक्सिडेन्ट र एन्टी-इन्फ्लेमेटरी एजेन्टहरू । यिनिहरुले पित्तथैलीमा भएको पत्थरीलाई विशेष प्रभाव पार्न सक्छन् कि सक्दैनन् भनेर प्रष्टसँग क्लिनिकल अध्ययन गरिएको छैन । स्वास्थ्यकर्मीहरूले पित्तथैलीको उपचार कसरी गर्छन्? स्वास्थ्य सेवा पेशेवरहरुले पित्तथैली पत्थरीको समस्यालाई गम्भीरता र विरामीको अवस्थाको आधारमा उपचार गर्ने गर्छन् । जसमा एसिम्प्टोमेटिक केसहरूको लागि प्रतीक्षा गर्ने र पत्थरी पगाल्ने औषधिहरू चलाइन्छ । तर लक्षणहरू गम्भीर भएमा वा जटिलताहरू उत्पन्न भएमा ल्याप्रोस्कोपिक कोलेसिस्टेक्टोमी जस्ता शल्यक्रियाहरू गर्ने गरिन्छ । जामुनको पातको प्रयोगले पित्तथैलीको पत्थरीलाई गलाउँछ भन्ने दाबीका विषयमा हामीले डा.शरद मल्होत्रा, ग्यास्ट्रोएन्टेरोलॉजिस्ट, सँग परामर्श गर्यौँ । उनले भने,‘जामुनको पातले पित्तथैलीको पत्थरी पगाल्न सक्छ भन्ने कुनै अनुसन्धान गरिएको छैन । धेरै कारणहरूले पित्तथैलीमा पत्थरी बन्ने गर्दछ र कुनै पनि घरेलु उपचारले पित्तथैलीमा बनेको पत्थरी पगाल्न प्रभावकारी हुँदैन ।’ जामुनको पातको रस बनाएर लगातार एक महिना सेवन गर्दा पित्तथैलीको पत्थरी पग्लने दाबी भ्रामक छ । जामुनको पातमा सम्भावित उपचारात्मक गुणहरू भएका यौगिकहरू रहेपनि यसले पित्तथैलीको पत्थरी पगाल्न सक्छ भनेर प्रमाणित गर्ने अनुसन्धान फेला परेनन् । This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here.
schema:reviewRating
schema:author
schema:datePublished
schema:inLanguage
  • English
schema:itemReviewed
Faceted Search & Find service v1.16.115 as of Oct 09 2023


Alternative Linked Data Documents: ODE     Content Formats:   [cxml] [csv]     RDF   [text] [turtle] [ld+json] [rdf+json] [rdf+xml]     ODATA   [atom+xml] [odata+json]     Microdata   [microdata+json] [html]    About   
This material is Open Knowledge   W3C Semantic Web Technology [RDF Data] Valid XHTML + RDFa
OpenLink Virtuoso version 07.20.3238 as of Jul 16 2024, on Linux (x86_64-pc-linux-musl), Single-Server Edition (126 GB total memory, 11 GB memory in use)
Data on this page belongs to its respective rights holders.
Virtuoso Faceted Browser Copyright © 2009-2025 OpenLink Software