About: http://data.cimple.eu/claim-review/1429de32ccbf586e860ef5a9d1d14e5473be66f26c8e7643412d8cdb     Goto   Sponge   NotDistinct   Permalink

An Entity of Type : schema:ClaimReview, within Data Space : data.cimple.eu associated with source document(s)

AttributesValues
rdf:type
http://data.cimple...lizedReviewRating
schema:url
schema:text
  • कोरोना खोपको कारण हृदयघात भएको दावी भ्रामक कोरोना खोपको दुष्प्रभावका कारण मिस्टर काठमाडौँको उपाधि जितेका प्रकाश राईको हृदयघात भएर मृत्यु भएको दावी गरिएको पोस्ट फेसबुकमा भाइरल भएको छ। तर, हाम्रो तथ्यजाँचले यो दावी भ्रामक रहेको ठहर गरेको छ। हालसम्म कोरोना भ्याक्सिन असुरक्षित रहेको भन्ने विषय प्रमाणित भइसकेको छैन। के छ दावी ? जेकी चाप्चा नामक फेसबुक प्रोफाइलमा कोरोना भ्याक्सिनको कारण मिस्टर काठमाडौँ २०२४ को उपाधि जितेका बडीबिल्डर प्रकाश राईको हर्टअट्याक भएर निधन हुनुको मुख्य कारण कोरोनाको भ्याक्सिन भएको भन्दै लामो स्टाटस पोस्ट गरिएको छ। स्टाटसमा कोरोना भ्याक्सिनको कारण हृदयघात भएर मृत्यु भएको भन्दै चार वटा दावी गरिएको छ। हेर्नुस् स्क्रिनसट पोस्टमा नेपाली भाषामा मुख्यतया चार दावी छन्। १. कोरोनाको भ्याक्सिनभित्र मृत्युवरण गराउने अथवा भ्याक्सिन लगाउनेहरुलाई छिट्टो मार्ने TOXIC तत्वहरु GO-Graphene Oxide थियो। Graphene Oxide हरु एक ठाउँमा भेला भएर ढिक्का बन्छ। अनि रगत नलीहरु बुच्च्याउने काम गर्छ। मुटुको प्वालहरु बन्द गराई दिन्छ। २. Spike Protein ले मानव शरीरको रगतमा परिवर्तन ल्याइदिन्छ। Blood Platelets हरु पातलो बनाई रगत पातल्याई दिन्छ। मुटुको भित्री र बाहिरी भाग सुन्नाई दिएर Myocarditis र Pericarditis हरु गराई दिन्छ र हृदयघात हुन्छ। ३. mRNA ले मानिसहरुको DNA बिगारी दिन्छ। ४. कोरोना भ्याक्सिनको पुरै डोजहरु लगाउने खेलाडीहरु छिट्टो मर्ने गर्दछ। किनकि, कोरोना भ्याक्सिनमा हुने Graphene Oxide एक ठाउँमा ढिक्का पर्न अरु सजिलो हुन्छ। र, Spike Protein ले मुटु Myocarditis र Pericarditis हुने सम्भावना प्रचुर रहन्छ। र खेलाडीहरु खेल्दाखेल्दै हृदयघात भएर मरेको दृश्यहरु कोरोनाको भ्याक्सिन लगाएपछि अत्यधिक मात्रामा देखिन थालेको छ। तथ्य के हो ? यो फेसबुक पोस्टको तथ्यजाँच गर्नको लागि हामीले विभिन्न जर्नल आर्टिकल र विज्ञको सहारा लिएका छौ। दावी नम्बर १ : कोरोनाको भ्याक्सिनभित्र मृत्युवरण गराउने अथवा भ्याक्सिन लगाउनेलाई छिटो मार्ने घातक तत्वहरु ग्राफेन अक्साइड हुन्छ। के यो दावी सही हो त ? सुरुमा हामीले GO-Graphene Oxide खोपमा प्रयोग हुन्छ त भनेर गुगलमा खोज्यौँ। त्यही क्रममा युरोपियन कमिसनको ग्राफेन फ्लागसिप नामले खोलेको एउटा संस्थाको वेबसाइमा पुग्यौँ। उक्त वेबसाइटमा ‘फ्याक्ट अबाउट ग्राफेन इन भ्याक्सिन एण्ड अदर मेडिसिनल प्रोडक्टस्’ शीर्षकमा छापिएको आर्टिकल भेट्यौँ। उक्त आर्टिकलमा क्लिनिकल प्रयोगको लागि युरोपमा अनुमति दिइएको कुनै पनि भ्याक्सिनमा ग्राफेनमा आधारित कुनै पनि पदार्थ नराखिएको उल्लेख छ। हेर्नुस् स्क्रिनसट उक्त आर्टिकलका अनुसार, Graphene oxide खोप निर्माणमा प्रयोग हुँदैन। Graphene Oxide खोप अनुसन्धानका क्रममा इलेक्ट्रोन माइक्रोस्क्रोपका माध्यमबाट सूक्ष्म विश्लेषण गर्न प्रयोग गरिन्छ। सोही विषयमा रोयटर्सले पनि ‘कोभिड १९ भ्याक्सिन डू नट कन्टेन ग्राफेन अक्साइड ‘ शीर्षकमा फ्याक्ट चेक गरेको भेट्यौँ। उक्त फ्याक्ट चेकमा ग्राफेन अक्साइड संसाभर उपलब्ध कुनै पनि खोपमा सूचिबद्ध नगरिएको उल्लेख छ। स्क्रिनसट त्यस्तै, ग्राफेन अक्साइड कोभिड १९ को भ्याक्सिनमा प्रयोग गरिएको छैन भनेर एसोसियट प्रेस र सीएनएनले समेत तथ्यजाँच गरिसकेका छन्। दावी नम्बर २ : भ्याक्सिनमा भएको स्पाइक प्रोटिनले मानव शरीरको रगतमा परिवर्तन ल्याइदिन्छ। यसले प्लेटलेट्स पातलो बनाई रगत पातलो बनाउँछ। त्यस्तै, मुटुको भित्री र बाहिरी भागलाई सुन्नाइदिएर माइकाडाइटिस (Myocarditis) र पेरिकाडाइटिस ( Pericarditis) गराई दिन्छ र हृदयघात हुन्छ। यो विषयमा तथ्यजाँच गर्नका लागि हामीले स्टानफोर्ड युनिभर्सिटीमा कार्यरत जीवाणु वैज्ञानिक सुदिप खड्कालाई सोध्यौँ। उनका अनुसार, कोरोना भाइरसको संक्रमण हुँदा स्पाइक प्रोटिनसहित सम्पूर्ण भाइरसका तत्व शरीरमा प्रवेश गर्छन्। खोपले सोही स्पाइक प्रोटिनलाई शरीरको प्रतिरक्षा प्रणालीले चिन्ने बनाउँछ। ताकि संक्रमण भएको खण्डमा शरीरले भाइरस चिन्छ र तुरुन्तै निस्तेज पार्छ। यो विषयमा थप बुझ्नको लागि हामीले विश्व स्वास्थ्य संगठनको वेबसाइटमा ‘Myocarditis and Covid-19 Vaccines’ की वर्ड राखेर सर्च गर्यौँ। त्यसरी सर्च गर्दा, ‘क्वेश्चन एण्ड आन्सर माइकाडाइटिस एण्ड कोभिड १९ भ्याक्सिन’ शीर्षकको एउटा लेख भेट्यौँ। उक्त लेखमा भ्याक्सिनले भन्दा कोरोना संक्रमणले माइकाडाइटिस र पेरिकाडाइटिस गराउने सम्भावना बढी भएको उल्लेख छ । त्यस्तै, माइकाडाइटिस र पेरिकाडाइटिस गराउने धेरै कारकहरु रहेको, हाल उपलब्ध डेटाले यी दुई बीच सम्भावित सम्बन्ध रहेको देखाएपनि त्यसलाई बुझ्नको लागि थप तथ्यांक आवश्यक रहेको उल्लेख छ। स्क्रिनसट दावी नम्बर ३ : एमआरएनएले मानिसहरुको डिएनए बिगारी दिन्छ। यो विषयमा तथ्यजाँच गर्नका लागि हामीले गुगलमा ‘डज एमआरएन भ्याक्सिन इफेक्ट आवर डिएनए’ लगायत की वर्डहरु राखेर सर्च गर्यौँ। सो क्रममा स्वीस एकेडेमी अफ साइन्सको (फोरम फर जेनेटिक रिसर्च ) वेबसाइटमा प्रकाशित ‘डज द एमआरएनए अफेक्ट आवर जेनेटिक म्याटेरियल’ शीर्षकमा प्रकाशित लेख भेट्यौँ। उक्त लेखमा एमआरएनएले मानिसको डिएनए बिगारिदिन्छ भन्नुमा कुनै तथ्य नभएको उल्लेख छ। स्क्रिनसट यो विषयमा थप बुझ्नका लागि हामीले जीवाणु वैज्ञानिक सुदिप खड्कालाई सोधेका थियौँ। उनले एमआरएनएले डिएनए बिगार्छ भन्नु हास्यापद रहेको बताए। “प्राकृतिक रूपमा नै डिएनएबाट एमआरएनए उत्पादन हुन्छ। अनि एमआरएनएबाट प्रोटिन। एमआरएनएले डिएनए बिगार्ने भए कुनै जीवन सम्भव हुने थिएन” खड्काले भने। यो विषयमा रोयटर्सले पनि फ्याक्टचेक गरिसकेको छ। दावी नम्बर ४ : कोरोना भ्याक्सिनको पूरा डोज लगाउने खेलाडी छिटो मर्ने गर्दछ। खेलाडीहरु खेल्दाखेल्दै हृदयघात भएर मरेको दृश्यहरु कोरोनाको भ्याक्सिन लगाएपछि अत्यधिक मात्रामा देखिन थालेको छ। यो विषयमा तथ्यजाँच गर्नका लागि हामीले ‘कोभिड १९ भ्याक्सिन लिंकेज विथ एथलेट’ भनेर गुगलमा सर्च गर्यौँ। सो क्रममा ‘नो इभिडेन्स कोभिड १९ भ्याक्सिन्स आर लिंक्ड टू एथलेट कोल्याप्सिङ अर डाइङ्ग’ शीर्षकमा प्रकाशित समाचार फेला पार्यौँ। समाचारमा खेलाडीको मृत्यु र गम्भीर हृदयघातका घटना वृद्धि भएको कुनै प्रमाण नभएको र खोपको प्रभावले खेलाडीमा हृदयघात भएको कुनै प्रमाण नभएको उल्लेख छ। स्क्रिनसट तथ्यजाँच दावी : कोरोनाको खोपले मानव स्वास्थ्यलाई विभिन्न किसिमका घातक असर गर्छ। दावीकर्ता : जेकी चाप्चा नामक फेसबुक प्रयोगकर्ता। तथ्यजाँच : भ्रामक सूचना। यी दावी भ्रामक छन्। उनले गरेका दावीमा विभिन्न सञ्चारमाध्यमले तथ्यजाँच गरिसकेका छन्। त्यस्तै, विभिन्न अनुसन्धानमूलक पेपरमा पनि यस्तो दावीलाई भ्रामक ठहराइएको हामीले भेट्यौँ।
schema:mentions
schema:reviewRating
schema:author
schema:inLanguage
  • Nepali
schema:itemReviewed
Faceted Search & Find service v1.16.115 as of Oct 09 2023


Alternative Linked Data Documents: ODE     Content Formats:   [cxml] [csv]     RDF   [text] [turtle] [ld+json] [rdf+json] [rdf+xml]     ODATA   [atom+xml] [odata+json]     Microdata   [microdata+json] [html]    About   
This material is Open Knowledge   W3C Semantic Web Technology [RDF Data] Valid XHTML + RDFa
OpenLink Virtuoso version 07.20.3238 as of Jul 16 2024, on Linux (x86_64-pc-linux-musl), Single-Server Edition (126 GB total memory, 2 GB memory in use)
Data on this page belongs to its respective rights holders.
Virtuoso Faceted Browser Copyright © 2009-2025 OpenLink Software