About: http://data.cimple.eu/claim-review/338ece317c14c8dc0b998e1ded7ee6e1da755a8b5a7e20b2315c6b64     Goto   Sponge   NotDistinct   Permalink

An Entity of Type : schema:ClaimReview, within Data Space : data.cimple.eu associated with source document(s)

AttributesValues
rdf:type
http://data.cimple...lizedReviewRating
schema:url
schema:text
  • मानव शरीर र बनावटसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा बुवाआमाको छालाको रंग कालो भएपनि गोरो छाला भएको बच्चा जन्माउने विधि भन्दै गाईको दही सेवन गर्न सुझाव दिइएको छ। हामीले तथ्य जाँच गर्यौं र दाबी भ्रामक भएको पाएका छौं दाबी Yogi.somraj नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा एक व्यक्ति देखिएका छन् । भिडियोमा ती व्यक्तिले भनेका छन्- ‘जति बुवाआमा कालो भएपनि बच्चा गोरो जन्मिने पनि तरिका छ । १०० ग्राम जती लोकल गाईको दुधलाई एउटा कटौरोमा जमाउनु होस त्यो कटौरो चाँदीको होस् या माटोको जमि सकेपछि त्यसमा अलिकति सोफको धुलो हालेर खुवाइँदिनुस् जति बाआमा कालो भएपनि बच्चा चाहिँ गोरो जन्मिन्छ ।’ तथ्य जाँच बुवाआमा दुबैको वंशानुगत जीनको संयोजनबाट नवजात बच्चाको छालाको रंग निर्धारण हुने गर्दछ । गाईको दूध वा दहीको सेवन वा प्रयोगले बच्चाको छालाको रंग निर्धारण हुँदैन । छालाको रंग आमाबाबुबाट पारितआनुवंशिक मेकअपद्वारा निर्धारण हुन्छ र यसलाई गाईको दूधबाट बनेको दहीको सेवनले परिवर्तन गर्न सकिँदैन । दावीको बारेमा छाला विशेषज्ञले के भने? दाबीसहितको सामग्रीका विषयमा हामीले डा.सचिन गुप्तासँग परामर्श गरेका छौं । AIIMS दिल्लीबाट Dermatology र Venereology मा MBBS र MD गरेका उनी हाल अमृता अस्पताल, फरीदाबादमा सम्बद्ध छन् । डा.सचिन गुप्ता भन्छन्, ‘बच्चाको छालाको रंग, कपालको वृद्धि आनुवंशिकी, हर्मोन, आहार र समग्र स्वास्थ्य लगायतका धेरै कारकहरूमा निर्भर गर्दछ ।’ बुवाआमाको छालाको रंग कालो भएपनि गोरो छाला भएको बच्चा जन्माउने विधि भन्दै सामाजिक संजालमा फैलाइएको दाबी भ्रामक छ । छालाको रंग आमाबाबुबाट पारित आनुवंशिक मेकअपद्वारा निर्धारण हुन्छ र यसलाई गाईको दूधबाट बनेको दहीको सेवनले परिवर्तन गर्न सकिँदैन । This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here. फेसबुक पेजमा पोस्ट गरिएको रिल (भिडियो)मा एक व्यक्ति देखिएका छन् । ती व्यक्तिले भिडियोमा संसारको सबैभन्दा उत्कृष्ट क्यान्सरको दबाई बेसारबाट बनाइने दाबी गरिएको छ । जब हामीले यो दावी जाँच गर्यौं हामीले यो दावी आंशिक गलत भएको पायौं। दाबी भिडियोमा ती व्यक्तिले भनेका छन्– ‘संसारको सबैभन्दा उत्कृष्ट क्यान्सरीको दबाई बेसारबाट बनाउँछन् । त्यसमा पनि नेपालको बेसार भनेको संसारकै उत्कृष्ट बेसारमा पर्छ । चाउचाउ, बिस्कुट, कुरकुरे, भिभा, बूस्ट, बर्नभिटा, हर्लिक्स यिनिहरु भन्दा त दारु (मदिरा पदार्थ) धेरै राम्रो । दारुभन्दा खतरनाक चिज भन्दा यिनिहरु खतरनाक छन्…।’ फेसबुकमा व्यापक फैलिएको प्रस्तुत दाबीसहितको सामग्री क्यान्सर रोगी, स्वास्थ्य क्षेत्र र नेपाली किशानहरुका लागि अत्यन्तै संवेदनशील छ । त्यसैले प्रस्तुत सामग्रीमाथि हामीले तथ्यजाँच गरेका छौँ । तथ्यजाँच बेसार भनेको के हो ? बेसार (Turmeric) बाट क्यान्सरको उत्कृष्ट औषधि तयार हुने दाबी अपूर्ण छ । बेसारलाई औषधीको रूपमा नभई खानाको रूपमा प्रयोग गरिन्छ । यसमा रहेका कर्क्युमिन, एन्टी-इन्फ्लेमेटरी गुणहरूले क्यान्सर उपचारमा पूरक फाइदाहरू प्रदान गर्न सक्छन् तर बेसारबाटै क्यान्सरको उत्कृष्ट औषधी तयार हुने दाबीलाई समर्थन गर्ने वैज्ञानिक प्रमाणहरू पर्याप्त छैनन् । के बेसारमा क्यान्सर कोशिका मार्ने क्षमता हुन्छ? बेसारको वानस्पतिक नाम ‘करक्यूमा लोगा’ हो, जसलाई पहेँलो रंगको मसलाका रुपमा उपभोग गर्ने गरिन्छ । फरक स्वाद र रंगका लागि एसियाली खानामा बेसारको व्यापक रूपमा प्रयोग गरिन्छ । पाक परिकार बाहेक, बेसारको परम्परागत चिकित्सामा सदियौँदेखि एक औषधिका रूपमा प्रयोग हुँदै आएको छ ।एन्टी-इन्फ्लेमेटरी र एन्टिअक्सिडेन्ट गुणहरूका लागि समेत बेसारपरिचित छ, जसले विभिन्न स्वास्थ्य लाभहरू प्रदान गर्न सक्छ । खाना पकाउँदा प्रयोग हुने एवं सम्भावित चिकित्सीय गुणहरूले बेसारलाई विश्वव्यापी लोकप्रिय मसला बनाएको छ । के यो सत्य हो कि धेरै फार्मा कम्पनीहरूले आफ्नो क्यान्सर औषधिमा बेसार प्रयोग गर्छन्? कर्क्युमिन युक्त बेसार आदिकालदेखि नै औषधिका रुपमा प्रयोग हुँदै आएको छ । क्यान्सर रोगमा यसका प्रभावहरू बारे अनुसन्धान भइरहेको छ । यद्यपि, बेसार वा कर्क्युमिनलाई क्यान्सर निको पार्ने औधषीका रुपमा प्रयोग गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा पूर्ण अनुसन्धान भइसकेको छैन । बेसारले क्यान्सरलाई रोक्न सक्छ भन्ने दाबीलाई कुनैपनि वैज्ञानिक प्रमाणहरुबाट पुष्टि हुँदैन । नेपालको बेसार संसारकै उत्कृष्ट हो ? नेपाल उच्च गुणस्तरको बेसार उत्पादनको लागि परिचित छ तर यहाँको उत्पादिप बेसार नै विश्वको उत्कृष्ट हो भनेर निश्चित रूपमा तोक्न मिल्दैन । माटोको अवस्था र प्रशोधन विधि जस्ता कारकले बेसारको गुणस्तर निर्धारण गर्ने गर्दछन् । माथि उल्लेखित दाबीका विषयमा हामीले परामर्शदाता प्याथोलोजिस्ट डा. शालिन नागोरीसँग परामर्श गर्यौँ । उनका अनुसार दैनिक एक चम्चा बेसारको सेवनले सम्भावित फाइदाहरू प्रदान गर्न सक्छ, जसले सैद्धान्तिक रूपमा क्यान्सर रोकथाममा योगदान दिन सक्छ । यद्यपि, बेसारले क्यान्सरलाई रोक्न सक्छ भन्ने समर्थन गर्ने वैज्ञानिक प्रमाणहरू पर्याप्त छैनन् । त्यसैगरी स्वास्थ्य र पोषण भूमिका मुखर्जीले क्यान्सरबाट जोगिन चिनी, क्याफिन, नुन र मदिराको सेवन कम गर्न सुझाव दिएकी छन् । उनका अनुसार कुनै पनि खानेकुराले क्यान्सर निको नहुने उनको भनाइ छ। बेसारबाटै क्यान्सरको उत्कृष्ट औषधी तयार हुने दाबीलाई समर्थन गर्ने वैज्ञानिक प्रमाणहरू पर्याप्त छैनन् । बेसारमा रहेका कर्क्युमिन, एन्टी-इन्फ्लेमेटरी गुणहरूले क्यान्सर उपचारमा पूरक फाइदाहरू प्रदान गर्न सक्छन् तर बेसार लगायत कुनैपनि खानेकुराले क्यान्सर निको पार्न सक्दैन । मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको पोस्ट सामाजिक संजालमा फेला परेको छ । उक्त पोस्टमा कागतीमा नुन र बेसार मिसाई पोलेर सेवन गर्दा टन्सिलको समस्या निको हुने दाबी गरिएको छ ।जब हामीले यो दावी जाँच गर्यौं हामीले यो दावी आंशिक गलतभएको पायौं। दाबी Sthasachi नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा माथि उल्लेखित दाबी गरिएको छ । उक्त भिडियोमा एक महिलाले भनेकी छन्- ‘कागती काट्नु र त्यसमा अतिकती नुन र बेसार राखेर आगोमा पोल्नू, पोली सकेपछि उम्लेजस्तो हुन्छ र यसलाई निकाल्नु है । निकालिसकेपछि एउटा चम्चामा निचोरेर कत्तिको तातो खान सक्नुहुन्छ त्यो अनुसार तीनमा दुईदेखि तीन पटकसम्म प्रयोग गर्नुहोला ।’ प्रस्तुत घरेलु उपचार विधिसँगै भिडियोको थमनेलमा लेखिएको छ- ‘के हजुरलाई घाँटीको समस्या छ? टन्सिलको अचुक उपाय ।’ तथ्यजाँच टन्सिल के हो? टन्सिल मानव शरीरकै अंगहरू हुन्, जसले घाँटीमा आइपुग्ने कीटाणुहरूसँग लड्न मद्दत गर्दछन् । प्यालाटिन (सामान्यतया टन्सिलको रूपमा चिनिन्छ), फरिन्जियल (एडेनोइड्स) र लिंगुअल गरी तीन प्रकारका टन्सिल हुन्छन् । जब टन्सिलमा संक्रमित हुन्छ, यसले मानिसलाई बिरामी बनाउँछ, यसैलाई नै टन्सिलाइटिस भनिन्छ । घरमै हेरचाह गरेर, एन्टिबायोटिक सेवन वा शल्यक्रिया गरेर टन्सिलाइटिसको उपचार गर्ने गरिन्छ । खानपानले मात्रै टन्सिलाइटिसलाई पूर्ण रूपमा निको पार्न सक्दैन । यद्यपी आहार र घरेलु उपचार रोग निवारणमा सहयोगी बन्न सक्छ । टन्सिलाइटिसको समस्या देखिएमा सही निदान र उपयुक्त उपचार लागि स्वास्थ्य सेवा पेशेवरसँग परामर्श गर्नु महत्त्वपूर्ण छ। दावी बारे विज्ञहरू के भन्छन्? उल्लेखित दाबीको विषयमा हामीले ईएनटी विशेषज्ञडा. पियाजित पाणिग्रहीसँग परामर्श गर्यौँ । उनी भन्छन्,‘टन्सिलाइटिसका विभिन्न कारणहरू हुन सक्छन्, जसमध्ये एउटा सामान्य भनेको टन्सिलको सतहमा फोहोर जम्मा भएर संक्रमण निम्तिनु हो । यसबाट बच्नको लागि निक्षेपलाई बढावा नदिने र सजिलै पच्ने आहारको सेवन गर्नुपर्छ।’ डा.पाणिग्रहीले टोनिसिलाइटिसको रोकथामका लागि केही उपायहरु बताएका छन् । उनी भन्छन्,‘हरेक खानापछि मुख कुल्ला गर्नु उचित हुन्छ । बच्चाहरूका लागि विशेष गरी चकलेट र आइसक्रिमबाट बच्न महत्त्वपूर्ण छ, किनकि यी चिसो खानाहरूले चिसोप्रति संवेदनशील हुनेहरूमा टन्सिलाइटिस बढाउन सक्छन् । चिसो र चिल्लो वस्तुहरू बेवास्ता गर्नु आवश्यक छ, किनकि तिनीहरूले ब्याक्टेरियाको वृद्धिलाई प्रोत्साहित गर्छन् । यसको सट्टा, न्यानो खानेकुराहरू रोज्नुहोस् र नियमित मुख कुल्ला गरेर मुखको स्वच्छता कायम राख्नुपर्छ ।’ कागती र नुनले टन्सिल भएका मानिसहरूलाई कसरी मद्दत गर्छ? कागतीमा उच्च भिटामिन सी र एसिडिटी पाइने भएकाले टन्सिलका लक्षणहरूलाई शान्त पार्नको लागि यो एक उपयोगी उपाय हो । कागतीको रस, तातो पानी र महमा मिसाएर सेवन गर्दा टन्सिलाइटिससँग सम्बन्धित घाँटी दुखाइमा आराम मिल्छ । कागतीमा पाइने भिटामिन सीले प्रतिरक्षा प्रणालीलाई साथ दिन्छ। त्यस्तै नुनिलो पानीको कुल्लाले सूजन कम गरेर र हाइड्रेसन बढाएर घाँटी दुखाइलाई शान्त पार्न सक्छ । यद्यपि, कागती तिनीहरू टन्सिलाइटिसको उपचार होइन । यदि लगायतार ब्याक्टेरिया संक्रमणको कारणले गर्दा अवस्था गम्भीर भएको छ भने एन्टिबायोटिकसहित चिकित्सा उपचार आवश्यक पर्दछ। घरेलु तथा प्राकृतिक उपचारहरूले टन्सिलाइटिस समस्यामा केही आराम दिन सक्छन् तर यसलाई टन्सिलाइटिसको लागि चिकित्सा उपचारको विकल्प मान्नुहुँदैन । यदि कसैलाई टन्सिलाइटिस भएको शंका छ भने स्वास्थ्य सेवा पेशेवरसँग परामर्श गर्नु महत्त्वपूर्ण छ । ब्याक्टेरियल संक्रमण वा लक्षणहरू व्यवस्थापन गर्न अन्य औषधिहरू समावेश गरी चिकित्सकले उपचारहरू सिफारिस गर्न सक्छन् । केही अवस्थामा, टन्सिलहरू हटाउन शल्यक्रिया (टन्सिलेक्टोमी)को पनि आवश्यकता पर्नसक्छ । This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here. मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त पोस्टमा घोडटाप्रे झार (Centella Asiatica Plant) ब्रेन नर्भ र डिप्रेसनको लागि राम्रो औषधि रहेको दाबी गरिएको छ ।जब हामीले यो दावी जाँच गर्यौं हामीले यो दावी आंशिक गलतभएको पायौं। दाबी Lieeeenagrg नामक टिकटक आइडीमा एउटा भिडियो पोस्ट गरिएको छ र उक्त भिडियोमा घोडटाप्रे झारको दृश्य देख्न सकिन्छ । प्रस्तुत भिडियोको थमनेलमा अंग्रेजी भाषामा लेखिएको छ- ‘ब्रेन नर्भ र डिप्रेसनको लागि राम्रो औषधी, विहानको समयमा खालीपेट सेवन गर्नुपर्छ ।’ डिप्रेसन तथा मानसिक रोगको उपचार भन्दै सामाजिक संजालमा पोस्ट गरिएको प्रस्तुत दाबी संवेदनशील देखिन्छ । उक्त दाबीको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ । तथ्य जाँच ब्राह्मीझार के हो? घोडटाप्रे झारलाई एशिया एशिया महाद्वीपको मूल जडिबुटी हो । अनेक नामले चिनिने यो वनस्पति स्वास्थ्य लाभको लागि एक परम्परागत औषधि मानिन्छ ।घोडटाप्रे झारले डिप्रेसनका लक्षणहरू न्युनिकरण गर्न मद्दत गर्नसक्छ । ब्राह्मीको बारेमा प्रमाणले के भन्छ? घोडटाप्रे झार (Centella Asiatica Plant) वनस्पतिले डिप्रेसन निको पार्न सक्छ भन्ने भ्रामक गलत छ । उक्त वनस्पतिको सेवनले मात्रै डिप्रेसन निको पार्न सक्दैन, त्यसैले रोग निदानका लागि घोडटाप्रे झारमा मात्रै भरपर्नु हुँदैन ।घोडटाप्रे झारले तनाव हार्मोनहरू घटाएर र मुड नियमनसँग सम्बन्धित न्यूरोट्रान्समिटरहरू बढाएर एन्टीडिप्रेसन्ट-जस्तो प्रभाव पार्न सक्ने उपलब्ध प्रमाणहरूमा उल्लेख छ । विशेषगरी यसले हल्कादेखि मध्यम डिप्रेसन तथा चिन्ता कम गर्नका लागि उपयोगी हुनसक्छ । तर, माथि उल्लेखित तथ्यहरु वैज्ञानिक रुपमा पूर्णत: प्रमाणित भएका छैनन् । जाँचका क्रममा धेरै जसो अध्ययनहरूको दायरा सानो छ र ती अध्ययनहरु जनावरहरूमा गरिएको देखिन्छ । तसर्थ, घोडटाप्रे झारको प्रभावकारिता पुष्टि गर्न र यसको पछाडिको संयन्त्र बुझ्न विश्वसनीय मानवीय परीक्षण/अनुसन्धान आवश्यक छ । अर्कोतर्फ, घोडटाप्रे झारको सेवनले औषधिसँग अन्तर्क्रिया गर्नसक्छ, जसबाट पेट दुख्ने जस्ता साइड इफेक्टहरू देखा पर्न सक्छन् । कुनैपनि हर्बल पूरक प्रयास गर्नुअघि मानिसहरूले सधैं एक स्वास्थ्य सेवा पेशेवरसँग परामर्श गर्नुपर्छ । उल्लेखित दाबीका विषयमा हामीले मनोचिकित्सक डा.बिन्द सिंहसँग परामर्श गर्यौँ । उनी भन्छिन्,‘डिप्रेसन एउटा रोग हो र यसको उचित उपचार चाहिन्छ । यो विभिन्न कारणले हुन सक्छ, जस्तै परिस्थितिजन्य, आघात, शारीरिक स्वास्थ्य समस्याहरू आदि । डिप्रेसनलाई हस्तक्षेपसहितको उपचार आवश्यक पर्दछ, जसमा औषधि, परामर्श, सकारात्मक विचार, संचार, आदि समावेश हुन सक्छन् ।’ घोडटाप्रे झारले डिप्रेसन निको पार्न सक्छ भन्ने दाबी भ्रामक छ । डिप्रेसन एउटा रोग हो र यसको निदानका लागि उचित वैज्ञानिक उपचार आवश्यक पर्दछ । कुनै वनस्पतिको सेवनले मात्रै डिप्रेसन निको हुन सक्दैन, त्यसैले डिप्रेसन निदानका लागि घोडटाप्रे झारमा मात्रै भरपर्नु हुँदैन । This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here. सामाजिक सञ्जालमा स्तन क्यान्सरसँग सम्बन्धित दाबीसहितको पोस्ट फेला परेको छ । उक्त पोस्टमा पाउली बोटको फूल र यसको पात र जराको प्रयोगले स्तन क्यान्सर निको हुने दाबी गरिएको छ । जब हामीले यो दावी जाँच गर्यौं हामीले यो दावी आंशिक गलत भएको पायौं। दाबी Uddhav Ghimire नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा प्याउली फूलेको दृश्य देख्न सकिन्छ । साथै उक्त भिडियोको थमनेलमा प्याउली फूललाई स्तन क्यान्सरबाट बचाउने फूलका रुपमा प्रस्तुत गरिएको छ । भिडियोमा जोडिएको अडियोमा पनि यही प्रकारको दाबी सुन्न सकिन्छ । उक्त अडियोमा एक व्यक्तिले भनेका छन्,‘आजभोलि महिला दिदी बहिनीहरुमा ब्रेस्ट क्यान्सरको समस्या बढिरहेको अवस्थामा तपाईंहरु सुरक्षित बस्नको लागि म एउटा राम्रो टिप्स दिँदैछु । यो मैले देखाइराको जाइफल जस्तो देखिने प्याउली फूल हो, यो जंगलतिर प्रशस्त मात्रामा पाइन्छ । तपाईंले यो फूललाई ल्याएर चिया बनाएर खाने गर्नुस् र यसको फूल, पात र जरालाई कुटेर लेप बनाएर तपाईंको ब्रेस्टमा आएको गाँठागुठीमा लगाउनुस् । ३५ दिन लगाएर हेर्नुहोला तपाईको चट्टै निको हुन्छ ।’ स्तन क्यान्सरसँग सम्बन्धित प्रस्तुत दाबी अत्यन्तै गम्भिर र संवेदनशील देखिन्छ । के प्याउली वनस्पतीको फूललाई सेवन गर्दा र यसको पात तथा जराको प्रयोगले स्तन क्यान्सर जस्तो गम्भिर समस्या निदान होला त? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ । तथ्य जाँच पाउलीको फूलबाट बनेको चिया पिउनाले स्तन क्यान्सरलाई जित्छ ? प्याउली फूलको चिया पिउनाले स्तन क्यान्सरबाट बच्न सकिन्छ वा यसको पात तथा जराको प्रयोगले स्तन क्यान्सरलाई निको हुने दाबी कुनै वैज्ञानिक प्रमाणले पुष्टि गर्दैन । केही बोटबिरुवा र जडीबुटीहरूमा क्यान्सर-रोधी गुणहरूसहित सम्भावित स्वास्थ्य लाभहरू हुन सक्ने यौगिकहरू हुन्छन् तर यसलाई सावधानीपूर्वक अपनाउन आवश्यक छ । पाउली फूल के हो? प्याउली फूल (Reinwardtia Indica) भारतीय उपमहाद्वीपको मूल निवासी फूल फुल्ने वनस्पति हो । सामान्यतया हिमालय क्षेत्रका साथै पश्चिमी घाट र अन्य पहाडी क्षेत्रहरू सहित भारतका विभिन्न भागहरूमा यो फूल पाइन्छ । स्तन क्यान्सर के हो? स्तन क्यान्सर एक घातक ट्युमर हो, यो रोग स्तनका कोशिकाहरुमा उत्पन्न भएर बल्झिने गर्दछ । यो रोग तब घातक हुन्छ, जब स्तनमा असामान्य कोशिकाहरू अनियन्त्रित रूपमा बढ्छन् । यसका लागि स्क्रिनिङ मार्फत प्रारम्भिक पहिचान र समयमै चिकित्सा उपचार आवश्यक छ । स्तन क्यान्सर सामान्यत: निको नहुने रोग मानिन्छ तर प्रारम्भिक रुपमै पहिचान हुन सके यसको जोखिम टर्न पनि सक्छ । अमेरिकन क्यान्सर सोसाइटी वेबसाइटका अनुसार प्रारम्भिकमै उपचार पाएका महिलाहरूमा निदानपछि कम्तिमा पाँच वर्ष बाँच्ने उच्च दर रहेको देखिन्छ । यद्यपि, स्तन क्यान्सर बढ्दै जाँदा, रोगीको बाँच्ने दर पनि घट्दै जान्छ । पाउली फूल र स्तन क्यान्सर बारे अनुसन्धान पत्र के भन्छ? प्याउली फूल र स्तन क्यान्सरलाई रोकथाममा यसको प्रभावहरूबारे अझैँ विशेष रूपमा अध्ययन गरिएको छैन । यस बिरुवाको सम्भावित स्वास्थ्य लाभ र औषधीय गुणहरूमाथि भएका अनुसन्धानहरु सीमित छन् । यदि कोही स्तन क्यान्सर रोकथाम वा कुनै अन्य स्वास्थ्य-सम्बन्धित मुद्दाहरूको बारेमा चिन्तित हुनुहुन्छ भने, चिकित्सा इतिहास र व्यक्तिगत परिस्थितिहरूमा आधारित व्यक्तिगत सल्लाह प्रदान गर्न सक्ने योग्य स्वास्थ्य सेवा पेशेवरसँग परामर्श गर्न आवश्यक छ । प्याउली फूलको चिया पिउनाले स्तन क्यान्सरबाट बच्न सकिन्छ वा यसको पात तथा जराको प्रयोगले स्तन क्यान्सरलाई निको हुने दाबी कुनै वैज्ञानिक प्रमाणले पुष्टि गर्दैन । प्याउली फूल र स्तन क्यान्सरलाई रोकथाममा यसको प्रभावहरूबारे अझैँ विशेष रूपमा अध्ययन गरिएको छैन । This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here. सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको पोस्ट फेला परेको छ । उक्त पोस्टमा दम रोगलाई घरेलु उपचारबाटै निको पार्न सकिने दाबी गरिएको छ । जब हामीले यो दावी जाँच गर्यौं हामीले यो दावी आंशिक गलत भएको पायौं। दाबी Mohan Gurung नामक फेसबुक आइडीमा फेला परेको पोस्टमा एउटा तस्बिरसँगै स्ट्याटस पनि लेखिएको छ । साथै एक चम्चा मेथी एक गिलास पानीमा उमालेर एक चम्चा अदुवाको रस र एक चम्चा मह घोलेर दैनिक १५ दिन खाएमा दम रोग निर्मूल हुने दाबी गरिएको छ । दाबीसहितको स्ट्याटसमा लेखिएको छ- ‘दमको घरेलु उपचार । एक चम्चा मेथी एक गिलास पानीमा उमाल्नुस् । तीन भाग पानी मध्ये एक भाग रहुन्जेल उमाल्नुस् । त्यस्लाई मनतातो अवस्थामा छानेर एक चम्चा अदुवाको रस र एक चम्चा मह घोलेर दैनिक १५ दिन खाएमा दम रोग निर्मूल हुन्छ । स्रोत, प्राचीन जडिबुटी ज्ञान पुस्तक ।’ प्रस्तुत दाबी मानव स्वास्थ्यसँग सम्बन्धित रहेकाले अत्यन्तै संवेदनशील देखिन्छ । त्यसैले हामीले प्रस्तुत सामग्रीमाथि तथ्यजाँच गरेका छौँ । तथ्य जाँच दावी बारे विज्ञान के भन्छ? घरेलु उपचारबाटै दम रोगलाई पूर्ण रुपमा निको पार्छ भन्ने दाबी अपूर्ण छ । घरेलु उपचारले दम रोगका लक्षणहरू नियन्त्रण गर्न सक्दैनन् र दमको तीव्रता एपिसोडहरूको उपचार गर्न सक्दैनन् । अहिलेसम्म दमका लक्षणहरूलाई नियन्त्रण गर्न सक्ने उपचार मात्रै अस्तित्वमा आएका छन्, जसले रोगी मानिसहरूलाई सामान्य र स्वस्थ जीवन बिताउन मद्दत गर्दछन् । दम भनेको के हो? दम (Asthma) श्वासप्रश्वासको नलीमा बल्झिने रोग हो, जसबाट श्वासनली साँघुरो र अतिरिक्त फुल्लिने समस्या निम्तिने गर्दछ । यस्तो अवस्थाले मानिसहरूलाई अत्यधिक खोकी लाग्ने र सास फेर्न गाह्रो हुन्छ । अस्थमा निको हुने कुनै सम्भावना छ? दमको रोगलाई पूर्णरुपमा निको पार्ने कुनै वैज्ञानिक उपचार अन्वेषण भइसकेको छैन । अहिलेसम्म दमका लक्षणहरूलाई नियन्त्रण गर्न सक्ने उपचार मात्रै अस्तित्वमा आएका छन्, जसले रोगी मानिसहरूलाई सामान्य र स्वस्थ जीवन बिताउन मद्दत गर्दछन् । यद्यपी, आयुर्वेदिक उपचारले दम रोगका लक्षण कम गर्नुको साटो रोग नियन्त्रण गर्न सक्छ कि सक्दैन भन्ने विषयमा अनुसन्धान भइरहेको छ । हामीले एनएमसी हेल्थकेयरका पल्मोनोलोजिस्ट डा. मोहम्मद अनासलाई ‘दम पूर्ण रूपमा निको हुने रोग हो ?’ भन्ने प्रश्न गर्यौँ । हाम्रो प्रश्नको जवाफमा डा.अनासले भने,‘दम रोग पूर्ण रूपमा निको हुने सम्भावना धेरै कम हुन्छ । यो रोगीको शरीरमा झुन्डिरहने आजीवन रोग हो र यसलाई औषधि र स्वस्थ जीवनशैलीले मात्र नियन्त्रण गर्न सकिन्छ । एक पटक पूर्ण रूपमा नियन्त्रण गरेपछि, मानिसहरूले औषधिहरू बन्द गर्न सक्छन् र जीवनशैली परिवर्तनसँगै दमलाई नियन्त्रणको लागि रोगीलाई हेरचाह गर्न सकिन्छ । तर, जीवनमा कुनै समय फेरि दम बल्झियो भने पुन: औषधिहरू आवश्यक पर्दछ ।’ हामी उल्लेखित दाबीका विषयमा हामीले आहारविद्कामना ट्याङ्कसँग परामर्श गर्यौँ । उनी भन्छिन्,‘फलफूल र तरकारीहरू दम रोगको विरुद्धमा स्वास्थ्यकर आहार हुन् । यसमा पोषक तत्व, एन्टिअक्सिडेन्ट, एन्टी-एलर्जी र एन्टि-इन्फ्लेमेटरी गुणहरू हुन्छन् । आहारमा फलफूल र तरकारीहरू लिँदा सूजन र ‘फ्री रेडिकल’लाई कम हुन सक्छ, जसले कोशिकालाई क्षति रोक्छ । तर, स्याउ वा कुनै पनि फलफूल खाँदा दम पूर्णतया निको हुन सक्दैन ।’ घरेलु उपचारले दममा मद्दत गर्न सक्छ? भारतस्थित जसलोक अस्पताल एण्ड रिसर्च सेन्टरका पल्मोनोलोजिस्ट डा.सार्थक रस्तोगीले केही घरेलु उपचारबाट दम रोगलाई निकै सीमित हदसम्म मद्दत गर्ने बताउँछन् । घरेलु उपचारले दम रोगका लक्षणहरू नियन्त्रण गर्न सक्दैनन् र दमको तीव्रता एपिसोडहरूको उपचार गर्न सक्दैनन् । मेथीसहित उमालेको पानीमा एक चम्चा अदुवाको रस र एक चम्चा मह घोलेर दैनिक १५ दिन खाएमा दम रोग निर्मूल हुन्छ भन्ने दाबी भ्रामक छ । दमको रोगलाई पूर्णरुपमा निको पार्ने कुनै वैज्ञानिक उपचार फेला परिसकेको छैन । आयुर्वेदिक उपचारले दम रोगका लक्षण कम र रोग नियन्त्रण गर्न सक्छ कि सक्दैन भन्ने विषयमा अनुसन्धान भइरहेको छ । तर, घरेलु उपचारले दम रोगका लक्षणहरू नियन्त्रण गर्न सक्दैनन् । This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here. सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री फेला परेको छ मानव स्वास्थ्यसँग सम्बन्धित एउटा सुझाव फेला परेको छ । काँचो प्याजको सेवनबाट मधुमेह रोग, पत्थरी लगायतका समस्या निको पार्न सकिने दाबी गरिएको छ ।जब हामीले यो दावी जाँच गर्यौं हामीले यो दावी गलत भएको पायौं। दाबी Lokaantar संचार माध्यममा प्रकाशित स्वास्थ्य टिप्समा काँचो प्याजको सेवनले गम्भीर रोगलाई पनि जरैबाट निको पार्ने दाबी गरिएको छ । उक्त टिप्सको एउटा अंश यस्तो छ- ‘भोजनमा वा सलादका रूपमा खाइने प्याज स्वास्थ्यका लागि लाभदायक हुन्छ । केही मानिस स्यान्डविच, चटनी तथा चाटका रूपमा पनि प्याज सेवन गर्छन् । तर प्याज त काँचै खाँदा पनि स्वास्थ्यलाई फाइदा गर्छ । सल्फर, अमिनो एसिड, एन्टीबायोटिक्स, फाइबर, क्यालिस्यम, आयोडिन, फस्फोरस, मिनरल्स र भिटामिनका गुणहरूले भरपूर एक काँचो प्याजको सेवनले गम्भीर रोगलाई पनि जरैबाट सिध्याउँछ । यहाँ हामी प्याजले निको पार्ने चार रोगको चर्चा गर्दैछौं ।’ तथ्य जाँच मधुमेहका लक्षणहरू के के हुन् ? मानव शरीरले ग्लुकोज प्रशोधन गर्न बाधा पुगिरहेको अवस्थलाई मधुमेह रोगसँग जोड्न सकिन्छ । मधुमेहले शरीरमा उच्च रक्तचाप निम्त्याउँछ । तिर्खा बढ्नु, भोक लाग्नु र बारम्बार पिसाब लाग्नु र अन्य शारीरिक समस्या देखिनु मधुमेह रोगका लक्षण हुनसक्छन् । मधुमेह कस्ता प्रकारका हुन्छन् ? मधुमेह रोग मुख्य दुई प्रकारका हुन्छन् । पहिलो प्रकारको मधुमेह एक अटोइम्यून रोग हो, जहाँ शरीरको प्रतिरक्षा प्रणालीले प्यान्क्रियाजमा इन्सुलिन उत्पादन गर्ने कोशिकाहरूलाई आक्रमण गर्दछ । यसको मतलब शरीरले इन्सुलिन उत्पादन गर्न पूरै रोक्ने गर्दछ । दोस्रो प्रकारको मधुमेह इन्सुलिन प्रतिरोध (जब कोशिकाहरू इन्सुलिनप्रति कम प्रतिक्रियाशील हुन्छन्) र प्यान्क्रियाजद्वारा इन्सुलिन उत्पादनमा अवरोध लगायतका कारकहरूको संयोजनबाट निम्तिने गर्दछ । मृगौलामा पत्थरी हुनुको कारण के हो ? अर्कोतर्फ मृगौलामा पत्थरी हुनुका सामान्य कारकहरूमा निर्जलीकरण, पिसाबमा क्याल्सियम, अक्सालेट वा युरिक एसिडको उच्च मात्रा, गाउट वा मधुमेह जस्ता चिकित्सा अवस्थाहरू हुन् । यसको उपचारमाएन्टिबायोटिक्स, डाययुरेटिक्स जस्ता केही औषधिहरू प्रयोग गर्न सुझाव दिइन्छ । दावी को बारे मा भन्न को लागी वैज्ञानिक प्रमाण के हो? अर्कोतर्फ प्याजको सेवन मृगौलाको पत्थरीका लागि उपयोगी कि हानिकारक भन्ने विषयमा केही विवादास्पद जानकारीहरू फेला परेका छन् । अर्कोतर्फ फलफूल र तरकारीहरूमा समावेश हुने स्वस्थ आहार सामान्यतया समग्र स्वास्थ्यको लागि लाभदायक नै हुन्छन् । तर, काँचो प्याजले मृगौलाको पत्थरीमा प्रत्यक्ष उपचारात्मक प्रभाव पार्छ भनेर सुझाव दिने कुनैपनि वैज्ञानिक प्रमाण फेला परेनन् । मृगौलाको पत्थरीको उपचारमा सामान्यतया जीवनशैली परिवर्तन, आहार परिमार्जन र कहिलेकाहीँ औषधिहरू चलाउने गरिन्छ । माथि उल्लेखित दाबीको विषयमा हामीले आकाश अस्पताल द्वारकाका ग्यास्ट्रोएन्टेरोलॉजिस्ट डा. शरद मल्होत्रासँग परामर्श गर्यौँ । उनी भन्छन्,‘खानाले मृगौलाको पत्थरी र कोलेस्ट्रोललाई एक हदसम्म कम गर्न सक्छ । यद्यपि रोगीले यी अवस्थाहरू निको पार्न खानामा मात्रै पूर्ण रूपमा भर पर्नुहुँदैन ।’ प्याजले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ ? त्यसैगरी प्याजले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्न सक्छ भन्ने सीमित वैज्ञानिक प्रमाणहरू छन् । प्याज कम ग्लाइसेमिक इन्डेक्स खानेकुरा हो । यसले रक्त शर्कराको स्तरमा अचानक स्पाइक रोक्न मद्दत गर्दछ । यद्यपि, रक्त शर्करा नियन्त्रणको लागि काँचो प्याजको सम्भावित फाइदाहरू पूर्ण रूपमा बुझ्न प्रयाप्त अनुसन्धान हुन बाँकि नै छ । दाबीको विषयमा हामीले मधुमेह रोग विशेषज्ञ डा. रितेश बन्सलसँग पनि परामर्श गर्यौँ । उनी भन्छन्,‘प्याजमा कम ग्लाइसेमिक इन्डेक्स, कम कार्बोहाइड्रेट सामग्री र एन्टिअक्सिडेन्ट उच्च हुन्छन् । ती सबै चिनी नियन्त्रणको पूरक हुन् । साथै, प्याजमा क्वेर्सेटिन हुन्छ, फ्लाभोनोइड जसले इन्सुलिन संवेदनशीलतालाई सुधार गर्छ, मधुमेह रोगीहरूको लागि एक प्रमुख कारक हो । त्यसैले प्याजले इन्सुलिन जस्तो व्यवहार नगरे पनि चिनीको मात्रा नियन्त्रण गर्न पक्कै पनि सकारात्मक प्रभाव पार्छ ।’ उल्लेखित दाबीको विषयमा हामीले पोषणविद् कामना चौहानसँग परामर्श गर्यौँ। उनी भन्छिन्,‘काँचो प्याज खाँदा रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । उचित हेरचाहको अभावमा, अनियमित रक्त शर्कराको स्तरले मृगौला फेल, हृदय जटिलता र मोटोपना निम्त्याउन सक्छ । केही अध्ययनहरूले देखाएका छन् कि काँचो प्याजले हाम्रो रक्त शर्कराको स्तरलाई नियन्त्रण गर्न मद्दत गर्दछ किनभने यसमा धेरै फ्लेभोनोइडहरू हुन्छन् जुन एन्टिअक्सिडेन्टको एक वर्ग हो । यसबाहेक प्याजमा फाइबरको मात्रा धेरै हुन्छ, कार्बोहाइड्रेट कम हुन्छ र ग्लाइसेमिक इन्डेक्स पनि हुन्छ । यद्यपि, मानिसहरूले यसलाई उनीहरूको निर्धारित चिकित्सा उपचारको विकल्पका रुपमा प्रयोग गर्नुहुँदैन।’ नोट:- प्याज सामान्यत: विभिन्न रोगहरुको उपचारसँग सम्बन्धित छ । तरपनि रगतमा ग्लुकोजको स्तर कायम राख्नको लागि चिकित्सकीय सल्लाह खोज्नु आत्यावश्यक हुन्छ । प्याजको सेवनबाट रगतमा चिनीको मात्रा कायम राख्ने प्रयास गर्दा चिकित्सकीय सल्लाह नलिनु खतरनाक हुन सक्छ । जसले गर्दा अपर्याप्त निगरानी, परिणामहरूको गलत व्याख्या, अनुचित औषधि व्यवस्थापनमा थप जटिलताहरू निम्तिन सक्छन् । यसबाहेक, धेरै मात्रामा काँचो प्याजको सेवनले केही व्यक्तिहरूमा पाचन समस्या पनि निम्तिन सक्छ । This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here. सामाजिक संजालमा मानव स्वास्थ्य र गाँजा वनस्पतिसँग सम्बन्धित एउटा दाबीसहितको पोस्ट फेला परेको छ । उक्त पोस्टमा गाँजा एचआईभी/एड्स, क्यान्सर र क्षयरोगको राम्रो औषधी रहेको तथा यसको सेवन र प्रयोगले रोगी कोषहरूको नष्ट हुने र नयाँ स्वस्थ कोषहरू रिजेनेरेट हुने दाबी गरिएको छ । जब हामीले यो दावी जाँच गर्यौं हामीले यो दावी गलत भएको पायौं। दाबी गाँजा सचेतना अभियान, लुम्बिनी प्रदेश नेपाल नामक फेसबुक ग्रुपमा दाबीसहितको स्ट्याटस् पोस्ट गरिएको छ । उक्त पोस्टमा गम्भीर रोगहरूको औषधि खर्च वा उपचारमा लाग्ने अर्बौँ रूपैयाँ गाँजालाई प्रयोग गरेर जोगाउन सकिने दाबी गरिएको छ । दाबीसहितको स्ट्याटसमा लेखिएको छ- ‘गाँजा HIV AIDS, Cancer, Tuberculosis को राम्रो औषधी हो। गाँजाले पहिला रोगी कोषहरूलाई मार्छ र नयाँ स्वस्थ कोषहरू रिजेनेरेट गरिदिन्छ । गाँजाभित्रको THC र CBD को अनुपात मिलाएर वा कच्चा गाँजा खुवाएर उपचार गरिन्छ । यस्ता रोगहरूको अन्य औषधी खर्च वा उपचारमा लाग्ने गरेको वर्षेनि अर्बौँ रूपैया गाँजालाई प्रयोग गरेर जोगाउन सकिन्छ, Source Bhim Upadhyaya।’ तथ्य जाँच मारिजुआना के हो? गाँजा (क्यानाबिस स्याटिभम) एक औषधीय र नसायुक्त गुण भएको फूल फुल्ने वनस्पति हो । हाल विश्वभरी नै यसको व्यापक खेती हुने गरेको पाइन्छ । यस वनस्पतिमा विभिन्न रासायनिक यौगिकहरू समावेश भएका हुन्छन्, जसमा सबैभन्दा उल्लेखनीय THC (delta-9-tetrahydrocannabinol) र CBD (cannabidiol) हुन् । गाँजा विभिन्न रूपहरूमा खपत गर्ने गरिन्छ । यसका सुकेका फूल वा पातहरू धुम्रपान गर्न तथा खानेकुराहरू (भांगको अर्क समावेश गरिएको खाना), कन्सेन्ट्रेट प्रयोग गर्ने वा यसलाई सामयिक रूपमा प्रयोग गर्ने गरिन्छ । यद्यपी यसको वैधानिकता र नियमन विभिन्न देशहरू र क्षेत्रहरूमा फरक-फरक छन् । गाँजा र यसको यौगिकहरूमा चलिरहेको अनुसन्धान के हो? गाँजा र यसको यौगिकहरू (जस्तै THC र CBD) को सम्भावित चिकित्सा प्रयोगहरूमा निरन्तर अनुसन्धान भइरहेको छ । गाँजामा पाइने क्यानाबिनोइडहरूमा उपचारात्मक प्रभावहरू हुन सक्ने केही अध्ययनहरूले सुझाव दिएका छन् । तर, एचआईभी/एड्स, क्यान्सर र क्षयरोगको सन्दर्भमा गाँजामा गरिएका सबै अनुसन्धान अपूर्ण छन् । गाँजाको प्रयोगको बारेमा वैज्ञानिक निष्कर्ष के हो? गाँजा प्रयोग गर्दा तथा गाँजामा रहेको THC र CBD ले एचआईभी/एड्स, क्यान्सर र क्षयरोग जस्ता गम्भीर रोगहरूको लागि अन्य स्थापित उपचारहरू विधिलाई प्रतिस्थापन गर्न सकिन्छ भन्ने विचारलाई प्रमाणित गर्ने बलियो वैज्ञानिक प्रमाणहरू फेला परेनन् । माथि उल्लेखित दाबीको विषयमा हामीले डा. सार्थक मोहरिर, प्रमुख विकिरण ओन्कोलोजिस्ट अपोलो क्यान्सर सेन्टर, बिलासपुर, सँग परामर्श गर्यौँ ।उनले भने,‘गाँजा कुनै पनि आधुनिक औषधिको अंश होइन । मलाई थाहा भएको कुनै पनि क्यान्सर उपचारको लागि आहारमा मात्र भर परिँदैन । हामीसँग उचित अनुसन्धान छैन जसले प्रमाणित गर्दछ कि गाँजाले कुनै पनि रूपको क्यान्सर निको गर्छ कि सक्दैन । थोरै प्रमाणहरूले टेट्राहाइड्रोकानाबिनोल (THC) जस्ता गाँजा उत्पादनहरूले क्यान्सरको दुखाइ र केमोथेरापी प्रेरित वाकवाकीमा मद्दत गर्न सक्छ। तर, क्यान्सर रोगीहरूले विशेषज्ञसँग परामर्श नगरी गाँजा सेवन गर्नु हुँदैन ।’ गाँजा एचआईभी/एड्स, क्यान्सर र क्षयरोगको राम्रो औषधी रहेको तथा यसको सेवन र प्रयोगले रोगी कोषहरूको नष्ट हुने र नयाँ स्वस्थ कोषहरू रिजेनेरेट हुने दाबीलाई प्रमाणित गर्ने कुनै वैज्ञानिक प्रमाण फेला परेनन् । एचआईभी/एड्स, क्यान्सर र क्षयरोगीहरुले विशेषज्ञ डाक्टरसँग परामर्श नगरी गाँजा सेवन गर्नु हुँदैन । This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here. सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा हरियो बोडीलाई ३५ दिनसम्म खालीपेट सेवन गर्दा फोक्सोमा भएको दाग हट्ने दाबी गरिएको छ ।जब हामीले यो दावी जाँच गर्यौं हामीले यो दावी आंशिक गलत भएको पायौं। दाबी Uddhav_ghimire नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा हरियो बोडीको दृश्य देख्न सकिन्छ । साथै उक्त भिडियोमा रहेको थमनेलमा ‘फोक्सोको दाग छ, बोडी खानुस्’ भनिएको छ । त्यसैगरी दाबीसहितको अडियोमा भनिएको छ- ‘कोरोना लागेर दुख पाउँनुभएको साथीहरू, तपाईंको फोक्सोमा असर परेको छ ? त्यसलाई क्लियर गर्नका लागि, फोक्सोमा भएको दाग हटाउनका लागि हामीले देखाएको बोडी, काँचो बोडी, भर्खरै-भर्खरै गेडा बस्न लागेको बोडी करम करम बोक्रैसँग खाने । असार-साउनमा पनि पाउँछ, कात्तिक-मंसिरमा पनि पाउँछ । खाना खानुभन्दा आधा घण्टाअघि खानु, ३५ दिनसम्म खानुस् फोक्सोमा भएको दाग हटाउँछ ।’ तथ्य जाँच ३५ दिनसम्म खालीपेट हरियो बोडी (Green Cowpea) खाँदा फोक्सोको दाग वा फोक्सोसँग सम्बन्धित समस्याहरू निको हुन्छ भन्ने दाबीलाई समर्थन गर्ने कुनै वैज्ञानिक प्रमाण फेला परेन । यद्यपी हरियो बोडी प्रोटीन, फाइबर, भिटामिन र खनिज जस्ता पोषक तत्वहरूको राम्रो स्रोत हो । हरियो बोडी के हो? हरियो बोडी भिग्ना अनगुइकुलाटा प्रजातिको तरकारी हो । यो जीनस विग्नाको काउपिया उपसमूहको सदस्य हो । मानव स्वास्थ्यका लागि हरियो बोडी अत्यधिक पौष्टिक हुन्छ । यसमा प्रोटीन, फाइबर, भिटामिनहरू (जस्तै फोलेट, भिटामिन ए, र भिटामिन सी), खनिजहरू (आयरन, पोटासियम र म्याग्नेसियम सहित) र एन्टिअक्सिडेन्टहरू पाइन्छन् । के हो बोडीले फोक्सोको दाग? र यो कहाँबाट आयो? साथै ‘बोडीले फोक्सोको दाग हटाउँछ’ भन्ने वाक्यांशको कुनै विशिष्ट चिकित्सा परिभाषा छैन र यो दाबी अस्पष्ट छ । फोक्सोको इमेजिङ परीक्षण (जस्तै एक्स-रे वा सीटी स्क्यान) मा देखिएका असामान्य निष्कर्षहरूको रूपमा फोक्सोको दागलाई व्याख्या गर्न सकिन्छ । यसमा फोक्सोको नोड्युलहरू, सङ्क्रमणहरू देखाउने दागहरू वा अन्य असामान्यताहरू समावेश गरिन्छ । हरियो बोडीलाई ३५ दिनसम्म खालीपेट सेवन गर्दा फोक्सोमा भएको दाग हट्छ भन्ने दाबीलाई प्रमाणित गर्ने विश्वसनीय वैज्ञानिक प्रमाण फेला परेन । फोक्सोका समस्याहरूको लागि उचित चिकित्सा निदान र उपचार बिना आहार परिवर्तनहरूमा मात्र भरपर्नु प्रभावकारी वा सुरक्षित नहुनसक्छ । This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here. सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री फेला परेको छ मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री सामाजिक संजालमा फेला परेको छ। उक्त सामग्रीमा घरेलु उपचार विधिबाटै मृगौलामा भएको पत्थरी (ढुंगा-बालुवा) लाई पगाल्न सकिने दाबी गरिएको छ। जब हामीले यो दावी जाँच गर्यौं हामीले यो दावी गलत भएको पायौं। दाबी जानिराखौ जानिराखौ नामक फेसबुक पेजमा पोस्ट गरिएको सामग्रीमा एउटा लामो स्ट्याटस लेखिएको छ । उक्त पोस्टमा एक कप फिरफिरे फलको सिरप, २५० एम एल जैतुनको तेल, २५० ग्राम कागति, २५० ग्राम अजमोदको जरा, २५० ग्राम महको प्रयोगले मृगौलामा भएको पत्थरी (ढुंगा-बालुवा)लाई पगाल्न सकिने दाबी गरिएको छ । उक्त स्ट्याटसको एउटा अंश यस्तो छ- मानव मृगौला तथा पित्त थैलीमा ढुंगा वा बालुवा देखिनु आजभोली अनौठो कुरा रहेन। मृगौला तथा पित्त थैलीमा जम्मा भएका ढुंगालाई अपरेशन तथा आधुनिक प्रविधीद्धारा उपचार गर्नु भन्दा पनि प्राकृतिक उपचारको माध्यमबाट सजिलै पार पाउन पाए हुन्थ्यो भन्ने चाहना सबैको हुन्छ । अपरेशन नै नगरि मृगौला तथा पित्त थैलीमा हुने ढुंगा वा बालुवालाई भरपर्दो प्राकृतिक उपचारको माध्यमबाट कसरि छुटकारा पाउन सकिएला भन्ने जिज्ञासा हामीमा हुनु स्वभाविकै हो । तसर्थ डीसिनेपालमा प्रकासित यस लेखको सहयोगले मृगौला तथा पित्त थैलीमा जम्मा भएका ढुंगा तथा बालुवा बाट सजिलै छुटकारा पाउने बिधिका बारेमा जानकारी प्राप्त गर्नु भई लाभ उठाउनु हुनेछ भन्ने हामीले आशा गरेका छौं । उपचारका लागि चाहिने सरदामहरु: १) एक कप फिरफिरे फलको सिरप ( Maple Syrup) र २५० ग्राम खैरो चिनीको धुलो तयार पार्नुहोस् । २) २५० एम एल जैतुनको तेल (olive oil) लिनुहोस् । ३) २५० ग्राम कागति लिनुहोस् । ४) २५० ग्राम अजमोदको जरा (parsley root)को व्यवस्था गर्नुहोस् । ५) २५० ग्राम मह लिनुहोस् । मानव स्वास्थ्यसँग सम्बन्धित प्रस्तुत दाबी अत्यन्तै संवेदनशील देखिन्छ । यही कारण माथि उल्लेखित दाबीसहितको सामग्रीमाथि हामीले तथ्यजाँच गरेका छौँ । तथ्य जाँच यसको बारेमा अनुसन्धानले के भन्छ? एक कप फिरफिरे फलको सिरप, २५० एम एल जैतुनको तेल, २५० ग्राम कागति, २५० ग्राम अजमोदको जरा, २५० ग्राम महको प्रयोगले मृगौलामा भएको पत्थरी (ढुंगा-बालुवा)लाई पगाल्न सकिने दाबी कुनै प्रमाणले पुष्टि गर्न सकेन । मृगौला को पत्थरी भनेको के हो? मृगौलामा जम्मा हुने कडा किसिमको शेषलाई मृगौलाको पत्थरी भनिन्छ । मृगौलाको पत्थरी बालुवाको दानादेखि गल्फ बलसम्मका आकारमा रहेका हुनसक्छन् । मृगौलाका पत्थरी विभिन्न प्रकारका भएपनि सबैभन्दा सामान्य क्याल्सियम अक्सालेट पत्थर, यूरिक एसिड पत्थर, स्ट्रुवाइट पत्थर र सिस्टिन पत्थर हुन् । माथि उल्लेखित दाबीको विषयमा हामीले डा.गणेश श्रीनिवास प्रसाद पी र नारायण हेल्थ सिटी बेंगलुरुका कन्सल्टेन्ट नेफ्रोलोजिस्ट एवं ट्रान्सप्लान्ट फिजिसियन डा.एनबी (नेफ्रोलोजी)सँग पनि परामर्श गर्यौँ । उनले भने,‘उष्णकटिबंधीय देशहरूमा आर्द्रताका कारण मृगौलामा पत्थरी हुने गर्छ । मृगौलाको पत्थरी विभिन्न प्रकारका हुन्छन् र तिनीहरू विभिन्न तरिकामा बन्छन् । केही हर्मोन समस्या वा संक्रमणको कारण हुन सक्छ । मृगौलाको पत्थरी एकपटक त्यहाँ पुगेपछि त्यसबाट छुटकारा पाउन गाह्रो हुन्छ तर नयाँ बन्नबाट रोक्नको लागि तपाईंले कदम चाल्न सक्नुहुन्छ । प्रत्येक प्रकारको पत्थरीको लागि उपचार फरक छ । मेथीको दानाले कुनै पनि प्रकारको मिर्गौलाको पत्थरीलाई रोक्न सक्छ भन्ने कुनै प्रमाण छैन । यसको सट्टा, मृगौला समस्या भएका मानिसहरूले तौल घटाउने, नुन कम खाने, क्याल्सियम युक्त खानेकुराहरू खाने, अक्सालेट्स भएका खानेकुराहरू नखाने र धेरै पानी पिउने जस्ता जीवनशैली परिवर्तन गर्नुपर्छ । यदि तपाईलाई युरिक एसिडको पत्थरी हुने खतरा छ भने मासु, चिनी र कार्बोहाइड्रेटमा कटौती गर्नुहोस् र रक्सी र धुम्रपान त्याग्नुहोस् ।’ मृगौलको पत्थरीको कुनै उपचार छ ? मृगौलामा रहेका पत्थरीको वैज्ञानिक उपचार विधि पत्थरीको आकार-प्रकार र स्थानका साथै बिरामीको समग्र स्वास्थ्यमा निर्भर हुने गर्दछ । साना पत्थरलाई जाँच र दुखाइ नियन्त्रण औषधिद्वारा व्यवस्थापन गर्न सकिन्छ । केही पत्थरीलाई वेभ लिथोट्रिप्सी वा युरेटेरोस्कोपी जस्ता गैर-आक्रामक प्रक्रियाहरूले भाँच्न, फुटाउन वा हटाउन सक्छ । ठूला वा जटिल पत्थरीको उपचारका लागि पीसीएनएल (Percutaneous nephrolithotomy) वा ल्याप्रोस्कोपिक प्रक्रियाहरू जस्ता शल्यक्रियाहरू गर्ने गरिन्छ । पित्तथैलीमा अड्किएको पित्तथैलीको पत्थरीलाई एन्डोस्कोपी, ल्याप्रोस्कोपी, कोलेसिस्टेक्टोमी वा खुला शल्यक्रियालगायत विधिबाट मात्रै उपचार गर्न सकिन्छ । माथि उल्लेखित दाबीको विषयमा हामीले ग्यास्ट्रोएन्टेरोलॉजिस्ट डा. शरद मल्होत्रासँग परामर्श गर्यौँ । उनले भने,‘पित्तमा कोलेस्ट्रोलको अतिसंपृक्तता वा संक्रमणका कारण पित्तथैलीमा पत्थरी हुने गर्छ । कुनै पनि खाद्य तत्वले पित्तको संरचनालाई परिवर्तन गर्दैन, पित्तको पत्थरीको उपचारको रूपमा कुनै खाना प्रस्ताव गर्न सकिँदैन ।’ फिरफिरे फल सिरप, जैतुनको तेल, कागति, अजमोदको जरा र महको प्रयोगले मृगौलामा भएको पत्थरी (ढुंगा-बालुवा)लाई पगाल्न सकिने दाबी कुनै प्रमाणले पुष्टि हुँदैन । मृगौला समस्या भएका मानिसहरूले तौल घटाउने, नुन कम खाने, क्याल्सियम युक्त खानेकुराहरू खाने, अक्सालेट्स भएका खानेकुराहरू नखाने र धेरै पानी पिउने जस्ता जीवनशैली परिवर्तन गर्नतिर ध्यान दिनुपर्छ । This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here.
schema:mentions
schema:reviewRating
schema:author
schema:datePublished
schema:inLanguage
  • English
schema:itemReviewed
Faceted Search & Find service v1.16.115 as of Oct 09 2023


Alternative Linked Data Documents: ODE     Content Formats:   [cxml] [csv]     RDF   [text] [turtle] [ld+json] [rdf+json] [rdf+xml]     ODATA   [atom+xml] [odata+json]     Microdata   [microdata+json] [html]    About   
This material is Open Knowledge   W3C Semantic Web Technology [RDF Data] Valid XHTML + RDFa
OpenLink Virtuoso version 07.20.3238 as of Jul 16 2024, on Linux (x86_64-pc-linux-musl), Single-Server Edition (126 GB total memory, 5 GB memory in use)
Data on this page belongs to its respective rights holders.
Virtuoso Faceted Browser Copyright © 2009-2025 OpenLink Software