About: http://data.cimple.eu/claim-review/369420b53721c192e9c79d355f52a1fb40e336cf88441f91527b9dd5     Goto   Sponge   NotDistinct   Permalink

An Entity of Type : schema:ClaimReview, within Data Space : data.cimple.eu associated with source document(s)

AttributesValues
rdf:type
http://data.cimple...lizedReviewRating
schema:url
schema:text
  • Last Updated on सेप्टेम्बर 24, 2024 by Neelam Singh सारांश पायल्स रोगसँग सम्बन्धित दाबीसहितको भिडियो सामाजिक संजालमा फेला परेको छ। उक्त भिडियोमा हलहलेको सागलाई पायल्स र कब्जियतको औषधीका रुपमा प्रयोग गर्न सकिने दाबी गरिएको छ। जब हामीले यो दावी जाँच गर्यौं हामीले यो दावी भ्रामक भएको पायौं। दाबी Naturcure नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा हलहलेको सागको दृश्य देख्न सकिन्छ । साथै भिडियोको थमनेलमा लेखिएको छ- ‘यो पालङ्ग जस्तो देखिने साग पालङ्ग होइन है । खोला बगरमा, छेउछाउ पाउने हलहलेको साग हो । तपाईलाई पायल्स भएको छ, कब्जियत भएको छ, अमिलो पानी आइराख्छ भने तपाईंले चारवटा मात्र पत्ता दिनमा खाने गर्नुहोस् । २१ दिनसम्म खाएर हेर्नुहोस् । तपाई सलादको रुपमा पनि खान सक्नुहुन्छ, पकाएर पनि खान सक्नुहुन्छ यो अलिकति अमिलो स्वादमा मिठो हुन्छ । धेरै नखानुहोला यसले पखाला लगाउन सक्छ चार वटा मात्र पत्ता खाने गर्नुहोस् । २१ दिनपछि सबै समस्या एक्दमै कन्ट्रोल गर्छ धेरै पैसा खर्च गर्नुभएको होला एकपटक यो पनि प्रयोग गरेर हेर्नुहोस्, तपाईको पैसा खर्च गर्दैन्, खोला बगरमा सितैमा पाइन्छ खोज्नु होला ।’ तथ्य जाँच के २१ दिनसम्महलहलेको साग खाँदा पायल्स निको हुन्छ? हलहलेको साग सेवन गर्दा पायल्सका लक्षणहरू कम गर्न सक्छ। तर यो कुनै आधिकारिक उपचार होइन। पायल्स निदानका लागि डाक्टरसँग परामर्श गर्नु महत्त्वपूर्ण छ। उनीहरुले आहार, जीवनशैली र सम्भवतः औषधि समावेश गरिएको योजना सिफारिस गर्न सक्छन्। हलहलेको सागले विरामीलाई केही राहत प्रदान गर्न सक्छ तर यो आफैँमा पूर्ण समाधान होइन। हलहलेको प्लान्ट के हो? हलहलेको सागलाई अंग्रेजीमा बिटर डक, कर्ली डक पनि भनिन्छ । यो एक बाह्रमासे वनस्पति हो, जो बकव्हीट परिवार (पोलिगोनेसी) अन्तर्गत पर्दछ। युरोपबाट विश्वका विभिन्न क्षेत्रहरूमा फैलिएको वनस्पति सामान्यत: खेत, फोहोर क्षेत्र, सडक किनार र खोला किनारमा पाइन्छ। के आहारले पायल्स निको पार्न सक्छ? स्वास्थ्य सेवा प्रदायकहरू पायल्सका लक्षणहरू र दुखाइ कम गर्न आहार परिमार्जनको सुझाव दिने गर्दछन् । फाइबरको सेवनले दिसालाई नरम बनाउन मद्दत गर्नुका साथै मल त्यागलाई सजिलो बनाउँछ । दिल्लीस्थित आकाश अस्पतालका ग्यास्ट्रोएन्टेरोलोजिस्ट डा.शरद मल्होत्राले पायल्सका लक्षणहरू व्यवस्थापन गर्न आहार परिवर्तनको महत्त्वलाई प्रकाश पार्ने गर्दछन् । डा. मल्होत्राका अनुसार फ्याट र कार्बोहाइड्रेटको मात्रा बढी भएका प्रशोधित खानेकुराको सेवन गर्नुहुँदैन, किनभने यसले अवस्थालाई झन जटिल बनाउँछ । हलहलेको सागले पायल्सको विरामीलाई केही राहत प्रदान गर्न सक्छ तर यो आफैँमा पूर्ण समाधान होइन । This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here.
schema:reviewRating
schema:author
schema:datePublished
schema:inLanguage
  • English
schema:itemReviewed
Faceted Search & Find service v1.16.115 as of Oct 09 2023


Alternative Linked Data Documents: ODE     Content Formats:   [cxml] [csv]     RDF   [text] [turtle] [ld+json] [rdf+json] [rdf+xml]     ODATA   [atom+xml] [odata+json]     Microdata   [microdata+json] [html]    About   
This material is Open Knowledge   W3C Semantic Web Technology [RDF Data] Valid XHTML + RDFa
OpenLink Virtuoso version 07.20.3238 as of Jul 16 2024, on Linux (x86_64-pc-linux-musl), Single-Server Edition (126 GB total memory, 2 GB memory in use)
Data on this page belongs to its respective rights holders.
Virtuoso Faceted Browser Copyright © 2009-2025 OpenLink Software