About: http://data.cimple.eu/claim-review/5088c6bdb408b871a60ba5d871e18019b48ca58853ed2c6e7de7d2d1     Goto   Sponge   NotDistinct   Permalink

An Entity of Type : schema:ClaimReview, within Data Space : data.cimple.eu associated with source document(s)

AttributesValues
rdf:type
http://data.cimple...lizedReviewRating
schema:url
schema:text
  • के प्रचण्ड-माधव नेपालले नेतृत्व गरेको जुलुसमा भारतीय झण्डा बोकेर प्रदर्शन गरिएको हो? आन्दोलनरत पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज (२०७७ माघ २८ गते बुधबार) राजधानी काठमाडौँमा प्रदर्शन र सभा गरेको छ। यस क्रममा एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ जसमा अगाडि प्रचण्ड र माधव नेपालसहितका शीर्ष नेताहरु देखिन्छन् भने पछाडि भारतको राष्ट्रिय झण्डा देखिन्छ। यही फोटोको बारेमा हामीले तथ्य जाँच (फ्याक्ट चेक) गरेका छौँ। ‘जनता टाइम्स’ अनलाइनले ‘प्रचण्ड–माधवले नेतृत्व गरेको जुलसमै भारतको झण्डा, यसरी खुल्यो नेपालविरोधी हर्कतको रहस्य’ शीर्षकको समाचार राखेको छ। समाचारको व्यहोरामा लेखिएको छ, ‘सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अलग भएर छुट्टै समुह खडा गरेको नेकपा पुष्पकमल दाहाल, प्रचण्ड–माधव नेपाल (पुमा) समुहको जुलुसमा भारतीय झण्डाको प्रयोग गरेको छ।’ हेर्नुस् अर्काइभ लिङ्क। फेसबुकमा विशाल भट्टले राखेको यो फोटो बुधबार अपलोड गरेको एक घण्टामै ९१ पटक सेयर भइसकेको छ। फोटोसँगै ‘प्रचण्ड-माधव समूहले काठमाडौंमा आयोजना गरेको विरोध प्रदर्शनमा भारतीय झण्डा बोकेर प्रधानमन्त्री केपी ओलि विरुद्ध नारा लाउने भेटिएका छन्’ लेखिएको छ। हेर्नुस् अर्काइभ लिङ्क त्यसैगरी राजनेता केपी शर्मा ओली नामको ग्रुपमा पनि यही फोटो सेयर भएको छ। तीर्थ भट्टराईले पनि फेसबुकमा यस्तै व्यहोरासहित यही फोटो सेयर गरेका छन्। हेर्नुस् अर्काइभ लिङ्क फेसबुकमा ‘भारतीय झण्डा बोकेर’ लेखेर सर्च गर्दा यही फोटो प्रशस्त भेटियो– के हो तथ्य ? यो फोटोलाई गुगल रिभर्स इमेज सर्चमा खोज्दा हामी ‘क. प्रचण्ड / Comrade Prachanda’ नामको फेसबुक पेजमा पुग्यौँ। प्रचण्डको यो भेरिफाइड फेसबुक पेजमा २९ डिसेम्बर २०२० मा यही फोटो अपलोड भएको छ। भाइरल भएको भारतीय झण्डा भएको फोटो र यो फोटोका अरु सबै दृश्य समान छन् भने भारतीय झण्डा मात्र फरक देखिएको छ। हेर्नुस् प्रचण्डको फेसबुकमा अपलोड भएको फोटो र भाइरल भएको फोटो– दावी : प्रचण्ड–माधव नेपालले नेतृत्व गरेको जुलसमै भारतको झण्डा प्रयोग भयो। तथ्य जाँच : मिथ्या सूचना । प्रचण्डको फेसबुकमा सन् २०२० डिसेम्बर २९ मा अपलोड भएको फोटोलाई सम्पादन गरेर भारतीय झण्डा राखेको देखिन्छ।
schema:mentions
schema:reviewRating
schema:author
schema:inLanguage
  • Nepali
schema:itemReviewed
Faceted Search & Find service v1.16.115 as of Oct 09 2023


Alternative Linked Data Documents: ODE     Content Formats:   [cxml] [csv]     RDF   [text] [turtle] [ld+json] [rdf+json] [rdf+xml]     ODATA   [atom+xml] [odata+json]     Microdata   [microdata+json] [html]    About   
This material is Open Knowledge   W3C Semantic Web Technology [RDF Data] Valid XHTML + RDFa
OpenLink Virtuoso version 07.20.3238 as of Jul 16 2024, on Linux (x86_64-pc-linux-musl), Single-Server Edition (126 GB total memory, 3 GB memory in use)
Data on this page belongs to its respective rights holders.
Virtuoso Faceted Browser Copyright © 2009-2025 OpenLink Software