About: http://data.cimple.eu/claim-review/663e5af2cd04dcf7a5cd52d2d62a2653731e4119703d43c9fe9e71e9     Goto   Sponge   NotDistinct   Permalink

An Entity of Type : schema:ClaimReview, within Data Space : data.cimple.eu associated with source document(s)

AttributesValues
rdf:type
http://data.cimple...lizedReviewRating
schema:url
schema:text
  • के स्वीडेनले सेक्सलाई खेलको मान्यता दिएको हो ? स्वीडेनले सेक्सलाई खेलको मान्यता दिएको दावीसहित केही अनलाइन मिडियाहरुमा समाचार आएका छन्। सोसल मिडियामा यी समाचार भाइरल भएका छन्। तर हाम्रो तथ्य जाँचमा यी समाचार भ्रामक भएको देखिएको छ। सेक्सलाई खेलको मान्यता दिन प्रस्ताव गरिएको तर स्वीडेनको राष्ट्रिय खेल महासंघले त्यसलाई अस्वीकार गरेको तथ्य हामीले भेटेका छौँ। हामीसँगको इमेल कुराकानीमा स्वीडिश खेल महासंघका सञ्चार तथा प्रेस प्रमुख एन्ना सेट्जम्यान र स्वीडेनको खेलसम्बन्धी जिम्मेवारीसमेत रहेको हेल्थ एन्ड सोसल अफेयर्स मन्त्रालयका सञ्चार प्रमुख कारोलिना फ्रानीले पनि यी खबर भ्रामक रहेको बताएका छन्। भाइरल समाचारमा के छ ? २०८० जेठ २१ गते अनलाइनखबरले ‘स्वीडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता, ‘सेक्स च्याम्पियनसिप’ प्रतियोगिता गर्दै’ शीर्षकमा समाचार राखेको छ। अनलाइनखबरको फेसबुक पेजमा २३ घण्टाभित्र यो पोस्टमा १८ हजार रियाक्सन, ९ हजार १ सय कमेन्ट र ४५४ सेयर देखिन्छ। हामीले क्राउडट्याङ्गलबाट हेर्दा अनलाइनखबरको यो समाचार १८ वटा पब्लिक फेसबुक पेजमा सेयर भएको र ती पेजका कूल फलोअर्स ५७ लाख भएको देखिएको छ। यी पोस्टहरुमा २२ हजार ८२५ रियाक्सन, ११ हजार ४५९ कमेन्ट र ५२४ सेयर भएको तथ्याङ्क हामीले सोमबार बिहानसम्म पायौँ। हेर्नुस् तथ्याङ्क स्पष्ट स्रोत नखुलाई ‘एजेन्सी’ मात्र लेखिएको अनलाइनखबरको यो समाचारमा दावी गरिएको छ- ‘युरोपेली मुलुक स्विडेनले यौन सम्पर्कलाई पनि खेलको सूचिमा समावेश गरेको छ।…. स्विडेनमा सेक्सले केबल खेलको मान्यता मात्र पाएको छैन त्यहाँ स्विडिस सेक्स खेल महासंघ नै गठन भएको छ। यो महासंघले ८ जूनभन्दा अगाडि नै पहिलोपटक युरोपियन सेक्स च्याम्पियनसीप प्रतियोगिताको आयोजना गर्दैछ।’ यो समाचार अरु थुप्रै नेपाली अनलाइनहरुमा पनि आएका छन्। सबैको दावी स्वीडेनले सेक्सलाई खेलको रुपमा मान्यता दिएको भन्ने नै छ। केही उदाहरण- रातोपाटी : स्विडेनले आधिकारिक रूपमा सेक्सलाई खेलको रूपमा घोषणा गरेको छ। (अर्काइभ लिङ्क) बाह्रखरी : स्विडेनले दियो यौनलाई खेलको दर्जा, बिहीबारदेखि ‘युरोपियन सेक्स च्याम्पियनसिप’ (अर्काइभ लिङ्क) शिलापत्र : ‘सेक्स’ अर्थात् यौन सम्पर्कलाई स्वीडेनले खेलको मान्यता दिएको छ । यससँगै स्वीडेन सेक्सलाई खेलको मान्यता दिने विश्वकै पहिलो राष्ट्र बनेको छ। (अर्काइभ लिङ्क) नेपालखबर : स्विडेन ‘यौन’लाई आधाकारिक रूपमा खेलअन्तर्गत राख्ने पहिलो देश बनेको छ (अर्काइभ लिङ्क) के हो तथ्य ? यो समाचारको तथ्य जाँच गर्ने क्रममा हामीले स्वीडेनको खेल महासंघसित पनि सम्पर्क गरेका थियौँ। महासंघका प्रेस तथा सञ्चार प्रमुख एन्ना सेट्जम्यानले हामीलाई यस्तो प्रतिक्रिया पठाए- Right now, false information is being spread in some international media about the Sweden and Swedish sports – these are vigorously denied. The Swedish Sports Confederation has drawn attention to the fact that in some parts of the international media news is currently being spread that a Sex federation has become member of The Swedish Sports Confederation. It is false information with the aim of smearing Swedish sports and Sweden. There is no Sex Federation that is a member of the Swedish Sports Confederation. All this information is false. Regards Anna Setzman Anna Setzman Chef kommunikation och press/Head of Communication and Press Riksidrottsförbundet/Swedish Sports Confederation SISU Idrottsutbildarna/Swedish Sports Education अनुवाद : अहिले केही अन्तर्राष्ट्रिय मिडियामा स्वीडेन र स्वीडिश खेलका बारेमा मिथ्या सूचना फैलिरहेका छन्- यसलाई हामी दृढतापूर्वक इन्कार गर्छौँ। अहिले फैलिरहेका केही अन्तर्राष्ट्रिय मिडियामा सेक्स फेडेरेसन स्वीडिश स्पोर्ट्स कन्फिडेरेसनको सदस्य भएको भन्ने समाचारहरुमा स्वीडिश स्पोर्टस कन्फिडेरेसनको ध्यान आकृष्ट भएको छ। यो स्वीडिश खेल र स्वीडेनको बदनाम गर्ने उद्देश्यका साथ फैलिएको मिथ्या सूचना हो। स्वीडिश स्पोर्टस कन्फिडेरेसनमा सेक्स फेडेरेसन सदस्य छैन। सबै सूचनाहरु मिथ्या हुन्। त्यसैगरी हामीले स्वीडेनको खेलसम्बन्धी जिम्मेवारीसमेत रहेको हेल्थ एन्ड सोसल अफेयर्स मन्त्रालयसित पनि सम्पर्क गरेका थियौँ। उक्त मन्त्रालयकी सञ्चार प्रमुख कारोलिना फ्रानीले हामीलाई पठाएको जवाफ यस्तो छ- Dear Sir/Madam, This is misinformation. Sex is not recognised as a sport in Sweden, and no organisation of this kind is associated with the official Swedish Sports Confederation. An organisation called the Swedish Sex Federation recently applied for membership of the Swedish Sports Confederation – an application that was denied on the basis that it did not fulfil the requirement of being a sports federation. The website you refer to is not connected to any Swedish official association and there are no official events of this kind being held in Sweden. Kind regards Karolina Fränne Ministry of Health and Social Affairs Government Offices of Sweden अनुवाद : ‘यो मिथ्या सूचना हो। स्वीडेनमा सेक्सलाई खेलको मान्यता दिइएको छैन र आधिकारिक स्वीडिश खेल महासंघमा यस्तो किसिमको कुनै संस्था आवद्ध छैन। स्वीडिश सेक्स फेडेरेसन नामको एउटा संस्थाले हालै महासंघमा सदस्यताका लागि आवेदन दिएको थियो तर कुनै खेल संघका लागि पूरा गर्नुपर्ने आवश्यकताहरु पूरा नगरेको आधारमा उक्त आवेदन अस्वीकार गरिएको थियो। तपाईँले राख्नुभएको वेबसाइट (swedishsexfederation.com) कुनै आधिकारिक स्वीडिश संघसँग आवद्ध छैन र स्वीडेनमा यस्तो किसिमको कुनै आधिकारिक प्रतियोगिता हुँदैछैन।’ हामीले गुगलमा खोज्दा स्वीडेनले सेक्सलाई खेलको रुपमा मान्यता दिएको दावीसहितका समाचार अधिकांश भारतीय न्युजपोर्टलहरुमा देख्यौँ। तर ती भारतीय अनलाइनहरुले पनि स्वीडेनले सेक्सलाई खेलको रुपमा औपचारिक मान्यता दिएको बारे विश्वसनीय स्रोत उल्लेख गर्न सकेका छैनन्। हामीले अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले पनि यो बारे कुनै समाचार लेखेको भेट्टाएनौँ। हामीले स्वीडेनका मिडियाहरुमा पनि यो बारे समाचार खोज्यौँ। तर औपचारिक रुपमा खेलको रुपमा मान्यता दिएको बारे कुनै पनि समाचार हामीले भेट्न सकेनौँ। यद्यपि हामीले स्वीडिश मिडियामा गएको जनवरीमा यसैसँग सम्बन्धित समाचार भने भेट्यौँ। स्वीडेनको ‘टिभी फोर’ च्यानलको अनलाइन संस्करणमा गएको जनवरीमा भिडियोसहितको समाचार राखिएको छ। स्वीडिश भाषामा राखिएको सो समाचारलाई हामीले गुगल ट्रान्सलेटबाट अङ्ग्रेजीमा अनुवाद गरी हेर्यौँ। गुगल ट्रान्सलेटबाट अङ्ग्रेजीमा अनुवाद गरिएको टिभी फोरको समाचार। हेर्नुस् वास्तविक समाचार। अर्काइभ लिङ्क समाचार अनुसार ड्रागन ब्राटिक नामका व्यक्तिले सेक्सलाई खेलको रुपमा वर्गीकरण गर्न त्यहाँको राष्ट्रिय खेल महासंघमा निवेदन दिएका थिए। तर महासंघका अध्यक्ष Björn Eriksson ले त्यसलाई ननसेन्स भन्दै आफूहरुको तर्फबाट सर्वसम्मत रुपमा त्यस (निवेदन) लाई अस्वीकार गरिने बताएका छन्। उक्त लिङ्कमा महासंघका अध्यक्ष एरिक्सनको अन्तवार्ता पनि राखिएको छ। टिभी फोरमा राखिएको एरिक्सनको अन्तर्वार्ताको भिडियोको स्क्रिनसट। स्वीडेनको गोथेनबर्गबाट प्रकाशित हुने पुरानो दैनिक पत्रिका Göteborgs-Posten का समाचार पनि हामीले गुगल ट्रान्सलेटको सहयोगमा अध्ययन गर्यौँ। जनवरी १८, २०२३ मा प्रकाशित समाचारको शीर्षक छ : अनौठो प्रस्ताव- सेक्सलाई खेलको रुपमा वर्गीकरण गरियोस्। Göteborgs-Posten को समाचारको स्क्रिनसट। समाचारको अर्काइभ लिङ्क। अस्वीकृत भएको थियो आवेदन हामीले स्विडिश दैनिक Göteborgs-Posten को अर्को एउटा समाचार पनि भेट्टायौँ। यो समाचारमा सेक्सलाई खेलको रुपमा मान्यता दिनका लागि दर्ता भएको निवेदन त्यहाँको राष्ट्रिय खेल महासंघले अस्वीकार गरेको उल्लेख छ। गुगल ट्रान्सलेट गरिएको स्क्रिनसट। समाचारको अर्काइभ लिङ्क। हामीले यो विषयमा खेल महासंघको आधिकारिक विज्ञप्ति पनि भेट्यौँ। मे २६ देखि २८ सम्म भएको बैठकले गरेको निर्णय भएको विज्ञप्तिको गुगल ट्रान्सलेटको मद्दतबाट गरिएको अनुवाद अनुसार स्वीडिश सेक्स फेडेरेसनले सदस्यताका लागि दिएको आवेदन अपूर्ण भएको भन्दै अस्वीकृत गरिएको थियो। गुगल ट्रान्सलेट गरिएको विज्ञप्तिको स्क्रिनसट। स्वीडिश भाषामा रहेको विज्ञप्ति पढ्न क्लिक गर्नुस्। तथ्य जाँच दावी : स्वीडेनले सेक्सलाई खेलको रुपमा औपचारिक मान्यता दिएको छ। दावीकर्ता : अनलाइनखबर, रातोपाटी, बाह्रखरी, शिलापत्र, नेपालखबर। तथ्य : भ्रामक सूचना। स्वीडिश सेक्स फेडेरेसनले खेलको रुपमा मान्यता दिनका लागि त्यहाँको राष्ट्रिय खेल महासंघमा आवेदन दिएको सत्य हो। तर उसको आवेदनलाई महासंघले गएको मे महिनाको अन्त्यमा भएको बैठकले अस्वीकृत गरिसकेको छ। तसर्थ स्वीडेनले सेक्सलाई खेलको मान्यता दिएको खबर भ्रामक छ। (*तथ्यजाँच पहिलो पटक प्रकाशित भइसकेपछि प्राप्त स्वीडिश खेल महासंघका सञ्चार तथा प्रेस प्रमुख एन्ना सेट्जम्यान र स्वीडेनको खेलसम्बन्धी जिम्मेवारीसमेत रहेको हेल्थ एन्ड सोसल अफेयर्स मन्त्रालयका सञ्चार प्रमुख कारोलिना फ्रानीको प्रतिक्रियासहित अपडेट गरेका छौँ)
schema:mentions
schema:reviewRating
schema:author
schema:inLanguage
  • Nepali
schema:itemReviewed
Faceted Search & Find service v1.16.115 as of Oct 09 2023


Alternative Linked Data Documents: ODE     Content Formats:   [cxml] [csv]     RDF   [text] [turtle] [ld+json] [rdf+json] [rdf+xml]     ODATA   [atom+xml] [odata+json]     Microdata   [microdata+json] [html]    About   
This material is Open Knowledge   W3C Semantic Web Technology [RDF Data] Valid XHTML + RDFa
OpenLink Virtuoso version 07.20.3238 as of Jul 16 2024, on Linux (x86_64-pc-linux-musl), Single-Server Edition (126 GB total memory, 3 GB memory in use)
Data on this page belongs to its respective rights holders.
Virtuoso Faceted Browser Copyright © 2009-2025 OpenLink Software