About: http://data.cimple.eu/claim-review/7f616ae3d10c955519472fe8623a5e3c12c721e59dc63e60057a5599     Goto   Sponge   NotDistinct   Permalink

An Entity of Type : schema:ClaimReview, within Data Space : data.cimple.eu associated with source document(s)

AttributesValues
rdf:type
http://data.cimple...lizedReviewRating
schema:url
schema:text
  • बाघले रगत पिउँदैन, भ्रममा नपर्नुस् ! सेतोपाटी अनलाइनको युट्युबमा बाघले ‘घटघट रगत पिएको’ दावी गरिएको एउटा अडियो फिचर प्रकाशन भएको छ। बाघले रगत पिएको दावी अरु बेला पनि हाम्रो समाजमा सुनिन्छ। के साँच्चै बाघले रगत पिउँछ त ? हामीले यो विषयमा तथ्य जाँच गरेका छौँ। हाम्रो तथ्य जाँचले बाघले रगत नपिउने देखायो। के छ दावी ? तीन लाख ७० हजार सस्क्राइबर भएको सेतोपाटी अनलाइनको युट्युब च्यानलमा डिसेम्बर २६ मा ‘मान्छे खाएको बाघको कथा’ शीर्षकमा एउटा अडियो फिचर प्रकाशन भएको छ। उक्त फिचरमा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गणेशकुञ्ज गाउँ नजिकै जोडिएको जंगलमा भएको घटना प्रस्तुत छ। यही फिचर सेतोपाटीको शुल्क लाग्ने ‘प्रिमियम’ सेक्सनमा पनि प्रकाशित छ। फिचरमा बाघले मान्छे खाएको घटना वर्णन गरिएको छ। त्यही क्रममा न्यारेटरले .. ‘बाघले आफ्नो धारिलो दारा गाडेर माधवलाई करप्पै पारेको छ,उ आफ्ना हातका पञ्जाले माधवको छाती र पेट चिथोर्दै छ…’ भन्छन्। फिचर अगाडि बढाउने क्रममा न्यारेटर भन्छन्, ‘ … हेर्दाहेर्दै माधवको पेट,छाती र घाँटीबाट रगतको धारा बग्न थाल्यो, बाघ घटघट रगत पिउँदै थियो, बेला-बेला टाउको उठाएर रगतले लुछुप्पै भिजको जिब्रो चलाउँथ्यो र मुख मिठ्याउँथ्यो… ।’ सुन्नुस्, अडियोको स्क्रिन रेकर्ड त्यसपछि न्यारेटरले, ‘टन्न रगत पिएर डम्म अगाएपछि बाघ जोडसँग गर्जियो’ भनेका छन्। यो तथ्यजाँच तयार पार्दासम्म उक्त स्टोरी ३५ सय जनाले सुनेका छन् भने चार जनाले कमेण्ट गरेका छन्। तथ्य के हो ? के फिचर स्टोरीमा न्यारेटरले दावी गरेजस्तै बाघले घटघट रगत पिउँछ त ? हामीले यो विषयमा तथ्यजाँच गर्नका लागि बाघविज्ञ बाबुराम लामिछानेलाई सम्पर्क गर्यौँ। बाघ वा चितुवाले आफ्नो सिकारलाई आक्रमण गर्दा गर्धनको तल्लो भागमा अवस्थित श्वासनलीलाई मुखले थिचेर मार्ने काम गर्ने लामिछानेले बताए। लामिछाने वन्यजन्तु संरक्षणको अनुसन्धानमा संलग्न संरक्षण जीवविज्ञ, उनका अध्ययन मानव-वन्यजन्तु अन्तर्क्रिया (human-wildlife interactions) मा केन्द्रित छन्। उनका अनुसार, बाघ र चितुवाजस्ता मांसाहारी जनावरले सिकारको श्वासनलीमा मुखले थिच्दा चाँडो मर्ने भएकाले त्यसरी नै आक्रमण गर्न अभ्यस्त हुन्छ। “सिकारको श्वासनलीमा मुखले थिचेर मार्न करिब-करिब दुई मिनेट लाग्ने भएकाले मानिसले त्यो देख्दा बाघले रगत पिएको भनेर व्याख्या गरेका हुन सक्छन्, तर बाघले रगत पिएको भन्दा पनि सिकार मार्न श्वासनली मुखले थिचेर श्वासप्रश्वास रोकेको हो” लामिछानेले भने, “सिकार मार्नको लागि उनीहरुको लागि सबैभन्दा सजिलो तरिका नै त्यही हो, किनकि श्वासनली नथुनिकन हत्तपत्त सिकार मर्दैन।” सिकारको श्वासनलीमा मुखले थिचेर श्वासप्रश्वास रोकेर मारेको दृश्य परबाट हेर्दा रगत पिएको लागेजस्तो हुनसक्ने उनको भनाइ थियो। यो विषयमा थप बुझ्नको लागि हामीले प्राध्यापक करनबहादुर शाहलाई सोध्यौँ। प्रा. शाह त्रिभुवन विश्वविद्यालयको प्राकृतिक इतिहास संग्रहालयका पूर्व निर्देशक, चार दशकदेखिको जैविक विविधता अनुसन्धान, संरक्षण, र विज्ञान लेखनमा योगदान दिनुभएको अग्रणी विज्ञ हुन्। बाघ वा चितुवावस्ता जनावरले सिकारलाई मार्न आफ्नो दारा र नङ्ग्रा उपयोग गरेर श्वासनली थुन्ने र त्यो क्रममा रगत मुखमा लतपतिने भएकाले आम मानिसलाई रगत पिएको लागेको हुनसक्ने उनको भनाई थियो। ‘बाघजस्ता जनावरसँग रगत पिउने कुनै संयन्त्र हुँदैन, उनीहरुले सिकार मार्न घाँटीमुनि श्वासनलीमा दारा र नङ्ग्राले आक्रमण गर्दा त्यस्तो लागेको हुनसक्छ’, शाहले भने, ‘बाघले रगत पिउँछ भन्नु अन्धविश्वास हो। यो विषयमा थप बुझ्नको लागि हामीले गुगलमा ‘tiger, drink, blood’ कीवर्ड राखेर सर्च गर्याैँ। त्यो क्रममा भारतको उदयपुर टाइम्समा DO Tigers and Panthers drink blood ? Origins of the False Notions. शीर्षकमा वन्यजन्तु संरक्षणकर्मी Raza H. Tehsin ले लेखेको लेख भेट्यौँ। हेर्नुस्, स्क्रिनसट उक्त लेखमा बाघले रगत पिएको जस्तो देखिए पनि यथार्थ त्यस्तो नभएको पुष्टि गर्नका लागि केही आधारहरु प्रस्तुत गरिएको छ। लेखिएको छ- ‘सिकार पुनर्जीवित नहोस् भनेर आक्रमणपछि वा मरिसकेपछि पनि केही समयसम्म आफ्नो मुखले घाँटीमा थिचिरहने भएकाले बाघजस्ता मांसाहारी जनावरले रगत चुसेको भाष्य निर्माण भएको हुन सक्छ तर, बाघ र चितुवाजस्ता मांसाहारी जनावरले रगत पिउँदैनन्, यस्ता जनावरमा रगत पिउने कुनै संयन्त्र हुँदैन।’ त्यसैगरी, बाघले लामो संघर्षपछि मारेको सिकारलाई सुरक्षित ठाउँमा छाडेर केही समय त्यतिकै बस्छ। बाघले कयौँ प्रयासपछि सिकार प्राप्त गरेकोमा मानसिक रुपमा सन्तुष्ट भएर आराम गर्न गएको अवस्थालाई मानिसहरुले बाघले रगत चुसेर अघाएको भन्ने भाष्य निर्माण गरेका हुन सक्छन्। तर, बाघले आफ्नो सम्पूर्ण उर्जा सिकार गर्नमा लगाउने भएकाले सिकार गरेपश्चात तिर्खा मेटाउन र आराम गर्न जान्छ। उक्त लेखमा बाघले आफ्नो सिकारलाई तत्काल नखाएर केही समय छाड्नुको कारण रगत चुसेर अघाएर नभइ मासु च्यात्न सजिलो र नरम हुने भएकाले केही समय सड्न दिएकाले भन्ने उल्लेख छ। सोही क्रममा हामीले इण्डियापोस्टमा ‘Tigers and leopards do not drink blood’ शीर्षकमा प्रकाशित अर्को लेख भेट्यौँ। हेर्नुस्, स्क्रिनसट उक्त लेखमा बाघ र चितुवाजस्ता मांसाहारीहरूसँग आफ्नो शिकार मार्दा रगत चुस्ने कुनै संयन्त्र नहुने उल्लेख गरिएको छ। Arefa Tehsin and Raza H Tehsin ले सयुंक्त रुपमा लेखेको पुस्तक ‘Do Tigers Drink Blood ? लाई उदृत गर्दै, ‘बाघले सिकारगरेपछि आफ्नो खानालाई सुरक्षित ठाउँमा छोड्छ र पानी पिउन वा आराम गर्न जान्छ। बाघको यो बानीले केहीलाई रगत चुसेपछि त्यो समयको आफ्नो भोक मेटाएको झुटो निष्कर्षमा पुर्याएको’ उल्लेख छ। तथ्यजाँच दावी : बाघले घटघटी रगत पिउँछ। दावीकर्ता : सेतोपाटी अनलाइनको युट्युब च्यानल। तथ्यजाँच : भ्रामक सूचना। बाघले सिकारको आक्रमणपछि रगत पिउँदैन। बाघले सिकार मार्नको लागि सिकारको श्वासनली मुखले थिच्ने गर्छ, त्यही प्रक्रियालाई बाघले रगत पिएको भन्ने भाष्य निर्माण भएको हुनसक्छ। विज्ञहरु बाबुराम लामिछाने, प्रा. करण शाह र रजा एच टेहसिनले पनि यसै भनेका छन्।
schema:mentions
schema:reviewRating
schema:author
schema:inLanguage
  • Nepali
schema:itemReviewed
Faceted Search & Find service v1.16.115 as of Oct 09 2023


Alternative Linked Data Documents: ODE     Content Formats:   [cxml] [csv]     RDF   [text] [turtle] [ld+json] [rdf+json] [rdf+xml]     ODATA   [atom+xml] [odata+json]     Microdata   [microdata+json] [html]    About   
This material is Open Knowledge   W3C Semantic Web Technology [RDF Data] Valid XHTML + RDFa
OpenLink Virtuoso version 07.20.3238 as of Jul 16 2024, on Linux (x86_64-pc-linux-musl), Single-Server Edition (126 GB total memory, 11 GB memory in use)
Data on this page belongs to its respective rights holders.
Virtuoso Faceted Browser Copyright © 2009-2025 OpenLink Software