schema:text
| - Last Updated on मार्च 20, 2024 by Neelam Singh
सारांश
मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको पोस्ट सामाजिक संजालमा फेला परेको छ । उक्त पोस्टमा कागतीमा नुन र बेसार मिसाई पोलेर सेवन गर्दा टन्सिलको समस्या निको हुने दाबी गरिएको छ ।जब हामीले यो दावी जाँच गर्यौं हामीले यो दावी आंशिक गलतभएको पायौं।
दाबी
Sthasachi नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा माथि उल्लेखित दाबी गरिएको छ । उक्त भिडियोमा एक महिलाले भनेकी छन्- ‘कागती काट्नु र त्यसमा अतिकती नुन र बेसार राखेर आगोमा पोल्नू, पोली सकेपछि उम्लेजस्तो हुन्छ र यसलाई निकाल्नु है । निकालिसकेपछि एउटा चम्चामा निचोरेर कत्तिको तातो खान सक्नुहुन्छ त्यो अनुसार तीनमा दुईदेखि तीन पटकसम्म प्रयोग गर्नुहोला ।’
प्रस्तुत घरेलु उपचार विधिसँगै भिडियोको थमनेलमा लेखिएको छ- ‘के हजुरलाई घाँटीको समस्या छ? टन्सिलको अचुक उपाय ।’
तथ्यजाँच
टन्सिल के हो?
टन्सिल मानव शरीरकै अंगहरू हुन्, जसले घाँटीमा आइपुग्ने कीटाणुहरूसँग लड्न मद्दत गर्दछन् । प्यालाटिन (सामान्यतया टन्सिलको रूपमा चिनिन्छ), फरिन्जियल (एडेनोइड्स) र लिंगुअल गरी तीन प्रकारका टन्सिल हुन्छन् । जब टन्सिलमा संक्रमित हुन्छ, यसले मानिसलाई बिरामी बनाउँछ, यसैलाई नै टन्सिलाइटिस भनिन्छ ।
घरमै हेरचाह गरेर, एन्टिबायोटिक सेवन वा शल्यक्रिया गरेर टन्सिलाइटिसको उपचार गर्ने गरिन्छ । खानपानले मात्रै टन्सिलाइटिसलाई पूर्ण रूपमा निको पार्न सक्दैन । यद्यपी आहार र घरेलु उपचार रोग निवारणमा सहयोगी बन्न सक्छ । टन्सिलाइटिसको समस्या देखिएमा सही निदान र उपयुक्त उपचार लागि स्वास्थ्य सेवा पेशेवरसँग परामर्श गर्नु महत्त्वपूर्ण छ।
दावी बारे विज्ञहरू के भन्छन्?
उल्लेखित दाबीको विषयमा हामीले ईएनटी विशेषज्ञ डा. पियाजित पाणिग्रहीसँग परामर्श गर्यौँ । उनी भन्छन्,‘टन्सिलाइटिसका विभिन्न कारणहरू हुन सक्छन्, जसमध्ये एउटा सामान्य भनेको टन्सिलको सतहमा फोहोर जम्मा भएर संक्रमण निम्तिनु हो । यसबाट बच्नको लागि निक्षेपलाई बढावा नदिने र सजिलै पच्ने आहारको सेवन गर्नुपर्छ।’
डा.पाणिग्रहीले टोनिसिलाइटिसको रोकथामका लागि केही उपायहरु बताएका छन् । उनी भन्छन्,‘हरेक खानापछि मुख कुल्ला गर्नु उचित हुन्छ । बच्चाहरूका लागि विशेष गरी चकलेट र आइसक्रिमबाट बच्न महत्त्वपूर्ण छ, किनकि यी चिसो खानाहरूले चिसोप्रति संवेदनशील हुनेहरूमा टन्सिलाइटिस बढाउन सक्छन् । चिसो र चिल्लो वस्तुहरू बेवास्ता गर्नु आवश्यक छ, किनकि तिनीहरूले ब्याक्टेरियाको वृद्धिलाई प्रोत्साहित गर्छन् । यसको सट्टा, न्यानो खानेकुराहरू रोज्नुहोस् र नियमित मुख कुल्ला गरेर मुखको स्वच्छता कायम राख्नुपर्छ ।’
कागती र नुनले टन्सिल भएका मानिसहरूलाई कसरी मद्दत गर्छ?
कागतीमा उच्च भिटामिन सी र एसिडिटी पाइने भएकाले टन्सिलका लक्षणहरूलाई शान्त पार्नको लागि यो एक उपयोगी उपाय हो । कागतीको रस, तातो पानी र महमा मिसाएर सेवन गर्दा टन्सिलाइटिससँग सम्बन्धित घाँटी दुखाइमा आराम मिल्छ । कागतीमा पाइने भिटामिन सीले प्रतिरक्षा प्रणालीलाई साथ दिन्छ।
त्यस्तै नुनिलो पानीको कुल्लाले सूजन कम गरेर र हाइड्रेसन बढाएर घाँटी दुखाइलाई शान्त पार्न सक्छ । यद्यपि, कागती तिनीहरू टन्सिलाइटिसको उपचार होइन । यदि लगायतार ब्याक्टेरिया संक्रमणको कारणले गर्दा अवस्था गम्भीर भएको छ भने एन्टिबायोटिकसहित चिकित्सा उपचार आवश्यक पर्दछ।
घरेलु तथा प्राकृतिक उपचारहरूले टन्सिलाइटिस समस्यामा केही आराम दिन सक्छन् तर यसलाई टन्सिलाइटिसको लागि चिकित्सा उपचारको विकल्प मान्नुहुँदैन । यदि कसैलाई टन्सिलाइटिस भएको शंका छ भने स्वास्थ्य सेवा पेशेवरसँग परामर्श गर्नु महत्त्वपूर्ण छ । ब्याक्टेरियल संक्रमण वा लक्षणहरू व्यवस्थापन गर्न अन्य औषधिहरू समावेश गरी चिकित्सकले उपचारहरू सिफारिस गर्न सक्छन् । केही अवस्थामा, टन्सिलहरू हटाउन शल्यक्रिया (टन्सिलेक्टोमी)को पनि आवश्यकता पर्नसक्छ ।
This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here.
|