About: http://data.cimple.eu/claim-review/96b9fca7ecabc61a94969c3e1e3b228c2f95a8b82bd8852515631b8a     Goto   Sponge   NotDistinct   Permalink

An Entity of Type : schema:ClaimReview, within Data Space : data.cimple.eu associated with source document(s)

AttributesValues
rdf:type
http://data.cimple...lizedReviewRating
schema:url
schema:text
  • विश्व खुसी सूचकाङ्कमा नेपाल एक नम्बरमा परेको मिथ्या सूचना एक्समा भाइरल पहिले ट्विटर नामले चिनिने एक्स सामाजिक सञ्जालमा नेपाल विश्व खुसी सूचकाङ्क २०२३ मा एक नम्बरमा परेको दावीसहितको ट्विट भाइरल भइरहेको छ। हाम्रो तथ्यजाँचले भने यो दावी मिथ्या देखिएको छ। के छ भाइरल सामग्रीमा ? World of statistics नाम र @daamijhaakri ह्याण्डल भएको एक्स एकाउन्टबाट जनवरी २१, २०२४ मा वर्ल्ड ह्याप्पिनेस रिपोर्ट, टप टेन र्याङ्किङ लेख्दै १० वटा देशको झण्डा र नाम राखिएको छ। यसमा एक नम्बरमा नेपालको नाम झण्डासहित राखिएको छ। त्यस्तै अन्य मुलुकमा क्रमशः डेनमार्क, आइसल्याण्ड, इजरायल, नेदरल्याण्डस, स्वीडेन, नर्वे, स्वीटजरल्याण्ड, लक्जम्बर्ग, न्यूजिल्याण्ड राखिएको छ। सोमबारसम्म यो पोस्ट १०४ पटक रिपोस्ट भएको छ भने १२३ पटक कोट, ५४१ पटक लाइक र २४ बुकमार्क भएको देखिन्छ। यो पोस्ट साढे ३९ हजार पटक हेरिएको छ। एक्स पोस्टको स्क्रिनसट। अर्काइभ लिङ्क। त्यसैगरी सोही विवरण सोही नामको @StatisticssOf ह्यान्डलको एक्स एकाउन्टमा पनि राखिएको छ। यो सामग्रीमा मंगलबार दिउँसोसम्म २३ पटक रिपोस्ट, ४४ लाइक र पाँच कमेन्ट गरिएको छ भने १६ हजारभन्दा बढी पटक भ्यूज भएको छ। एक्स पोस्टको स्क्रिनसट। अर्काइभ लिङ्क के हो तथ्य ? हामीले भाइरल सामग्रीमा प्रयोग गरिएको कीवर्ड प्रयोग गरेर एक्समा खोज्यौँ। त्यस क्रममा हामीले वर्ल्ड अफ स्टाटिस्टिक्स नाम गरेको @stats_feed ह्यान्डलको एक्स एकाउन्ट फेला पार्यौँ। यसमा भाइरल सामग्रीमा जस्तै देखिने गरी खुसी सूचकाङ्कमा परेका मुलुकहरुको नाम र झण्डा प्रयोग गरिएको छ। सोमबार (जनवरी २२, २०२४) मा पोस्ट भएको यो सामग्रीमा पहिलो नम्बरमा फिनल्याण्ड रहेको छ। अन्य मुलुकको नाम भने भाइरल सामग्रीमा उल्लेख गरिएका मुलुकहरु नै क्रमानुसार राखिएको छ। उक्त विवरण वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२३ मा आधारित रहेको भनिएको छ। एक्स पोस्टको स्क्रिनसट। लिङ्क हामीले यसमा उल्लेख भए अनुसार World Happiness Report 2023 कीवर्ड राखेर गुगलमा सर्च गर्दा https://worldhappiness.report डोमेनमा रहेको वेबपेज पेज फेला पार्यौँ। विभिन्न तोकिएका मापदण्डका आधारमा सन् २०२० देखि २०२२ सम्मको तीन वर्षको एभरेज समयको सूचकाङ्कमा @stats_feed ह्यान्डलमा उल्लेख भए अनुसारकै शीर्ष १० मुलुकमा क्रमशः फिनल्याण्ड, डेनमार्क, आइसल्याण्ड, इजरायल, नेदरल्याण्डस, स्वीडेन, नर्वे, स्वीटजरल्याण्ड, लक्जम्बर, न्यूजिल्याण्ड रहेका छन्। वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२३ को कभर पेज (माथि) र तल त्यसमा उल्लेख गरिएका शीर्ष १० मुलुकहरु रिपोर्टको लिंक सूचकाङ्कमा नेपाल भाइरल सामग्रीमा दाबी गरिएजस्तो एक नम्बरमा नभएर ७८ औ स्थानमा रहेको छ। हेर्नुस् स्क्रिनसट एक्समा नाम र डिस्प्ले पिक्चर (डीपी) धेरैको एउटै हुन सक्ने भए पनि ह्यान्डल भने युनिक हुन्छ अर्थात् एकसँग अर्काको मिल्दैन। @ पछि देखिने अक्षरलाई एक्सले ह्यान्डल वा युजर नेम भन्ने गर्छ। थप जानकारी एक्समा। अतः @stats_feed जस्तै देखिने गरी नाम World of statistics र डिपी पनि समान राखी झुक्याउन मिथ्या सूचना एक्समा पोस्ट गरेको निश्कर्ष हाम्रो रह्यो। तथ्य जाँच दावी : नेपाल विश्व खुसी सूचकाङ्क २०२३ मा एक नम्बरमा। दावीकर्ता : सामाजिक सञ्जाल प्रयोगकर्ता। तथ्यः मिथ्या सूचना। हामीले विश्व खुसी सूचकाङ्क रिपोर्ट २०२३ को रिपोर्ट हेर्दा भाइरल सामग्रीमा गरिएको दाबी गलत भएको पायौँ । सूचकाङ्कको ७८ औँ स्थानमा रहेको नेपाललाई एक नम्बरमा राखेर भाइरल सामग्री पोस्ट गरिएको छ। जबकि रिपोर्टमा एक नम्बरमा फिनल्याण्ड रहेको छ।
schema:mentions
schema:reviewRating
schema:author
schema:inLanguage
  • Nepali
schema:itemReviewed
Faceted Search & Find service v1.16.115 as of Oct 09 2023


Alternative Linked Data Documents: ODE     Content Formats:   [cxml] [csv]     RDF   [text] [turtle] [ld+json] [rdf+json] [rdf+xml]     ODATA   [atom+xml] [odata+json]     Microdata   [microdata+json] [html]    About   
This material is Open Knowledge   W3C Semantic Web Technology [RDF Data] Valid XHTML + RDFa
OpenLink Virtuoso version 07.20.3238 as of Jul 16 2024, on Linux (x86_64-pc-linux-musl), Single-Server Edition (126 GB total memory, 5 GB memory in use)
Data on this page belongs to its respective rights holders.
Virtuoso Faceted Browser Copyright © 2009-2025 OpenLink Software