About: http://data.cimple.eu/claim-review/98941fa6a155f6c7dead919eec06f758750a01666d6a2b7166177725     Goto   Sponge   NotDistinct   Permalink

An Entity of Type : schema:ClaimReview, within Data Space : data.cimple.eu associated with source document(s)

AttributesValues
rdf:type
http://data.cimple...lizedReviewRating
schema:url
schema:text
  • नझुक्किनुस्, मुगुकी एक महिलाले ६ जना बच्चा जन्माएकी होइनन् मुगुकी एक महिलाले ६ जना बच्चा जन्माएको एउटा पोस्ट सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ। तर हाम्रो तथ्यजाँचले यो दावी मिथ्या रहेको ठहर गरेको छ। मुगुको महिलाले ६ जना बच्चा जन्माएकी छैनन्। के छ दावी ? झण्डै तीन लाख ४२ हजार सदस्य भएको सुदुरपश्चिम देउडा छाल 🇳🇵🇳🇵 नामक फेसबुक ग्रुपमा लोकेश मायालु देवकोटा नामक फेसबुक प्रयोगकर्ताले ‘कर्णाली मुगुकी एक महिलाले छ वटा बच्चालाई जन्म दिएकी छिन्’ क्याप्सन राखेर एउटा फोटो पोस्ट गरेका छन्। फोटोमा अस्पतालको बेडजस्तो देखिने ओछ्यानमा एक महिला सुतिरहेकी छिन् । उनका छेउमा छ वटा बच्चा सुतिरहेको देखिन्छन् भने वरपर स्वास्थ्यकर्मीहरु पनि देखिन्छन्। हेर्नुस्, स्क्रिनसट । अर्काइभ लिकं यो तथ्यजाँच गर्दासम्म उक्त पोस्टमा १११ रियाक्सन ४९ वटा कमेन्ट गरिएको छ भने १९ पटक सेयर गरिएको छ। सोही फोटो र क्याप्सन राखेर चेतराज जोशी नामक फेसबुक प्रयोगकर्ताले पनि उक्त पोस्ट गरेका छन्। हेर्नुस्, स्क्रिनसट । अर्काइभ लिंक यो तथ्यजाँच गर्दासम्म उक्त पोस्टमा १२६ रियाक्शन र १८ वटा कमेन्ट छ भने ११८ जनाले सेयर गरेका छन्। तथ्य के हो ? यो विषयमा तथ्यजाँच गर्नका लागि हामीले सुरुमा जिल्ला जनस्वास्थ्य कार्यालय मुगुका प्रमुख डा. निर्मल नगरकोटीलाई सम्पर्क गर्यौँ । मुगुकी एक महिलाले एकैपटक ६ वटा बच्चा जन्माएको भन्दै सामाजिक सञ्जालमा भाइरल भएतापनि यस्तो विषयमा जिल्ला जनस्वास्थ्य कार्यलयमा कुनै जानकारी नआएको उनले बताए। नगरकोटीका अनुसार यस्तो खबर भाइरल भएपछि जिल्ला जनस्वास्थ कार्यालयले जिल्लाका बर्थिङ सेन्टर र स्थानीय तहका प्राथमिक स्वास्थ्य केन्द्रमा समन्वय गरेको थियो। तर जिल्लाभरका कुनैपनि स्वास्थ्य संस्थामा एकै महिलाले ६ वटा बच्चा जन्माएको पुष्टि भएन्। “एकै महिलाले ६ वटा बच्चा जन्माउदाँ बच्चा र आमाको स्वास्थ्यमा जटिलता आउन सक्ने भएकाले हामीलाई खबर आउथ्योँ, अहिलेसम्म हामीलाई केही जानकारी नआएकाले यो झूटो हुनसक्छ,” जनस्वास्थ्य कार्यलय प्रमुख नगरकोटीले भने। त्यसो भए फोटो कहाँको हो त ? यो विषयमा बुझ्नको लागि हामीले उक्त फोटोलाई गुगलमा रिभर्स इमेज सर्च गर्यौँ । त्यो क्रममा Ranalar नामक युट्युब च्यानलमा ‘One mother, six bundles of joy’ शीर्षकमा अपलोड गरिएको १० सेकेण्ड लामो भिडियो हेर्यौँ। उक्त भिडियोमा बच्चा रोएको र स्वास्थ्यकर्मीहरु हाँसेकोजस्तो देखिन्छ। झट्ट हेर्दा नै त्यो भिडियो एआई निर्मित रहेको बुझ्न सकिन्छ। हेर्नुस्, स्क्रिन रेकर्ड उक्त भिडियो ध्यान दिएर हेर्दा Ranalar.Ai लेखेको टिकटक अकाउण्टको लोगो पनि देख्न सकिन्छ । हेर्नुस्, स्क्रिनसट हामीले टिकटमा पनि सो अकाउण्ट खोजी हेर्यौँ। उक्त अकाउण्टको परिचयमा ‘Cute, and Fun Video ai’ अर्थात् एआई निर्मित रमाइलो भिडियो हाल्ने अकाउण्ट भनिएको छ। उक्त अकाउण्ट स्क्रोल गर्दा एआईबाट निर्मित अन्य भिडियोहरु पनि हालेको भेटियो। हेर्नुस्, स्क्रिनसट त्यसैले मुगुको महिलाको भनेर दावी गरेको फोटो सोही अकाउण्टको १० सकेण्ड लामो एआईबाट बनाइएको भिडियोबाट निकालिएको बुझ्यौँ। तथ्यजाँच दावी : मुगुको एक महिलाले एकैपटक जन्माइन् ६ बच्चा। दावीकर्ता : सामाजिक सञ्जाल प्रयोगकर्ता। तथ्यजाँच : मिथ्या सूचना । जिल्ला जनस्वास्थ्य कार्यालय मुगुका प्रमुख डा. निर्मल नगरकोटीका अनुसार, मुगु जिल्लाका कुनैपनि स्वास्थ्य संस्थामा एकै महिलाले ६ वटा बच्चा जन्माएकी छैनन्। मुगुको महिलाको भनेर सामाजिक सञ्जालमा भाइरल भएको फोटो Ranalar.Ai नामक टिकटक प्रयोगकर्ताले अपलोड गरेको १० सेकेण्ड लामो भिडियोबाट तानेको बुझ्न सकिन्छ। त्यसैले मुगुको महिलाको भनेर सामाजिक सञ्जालमा गरिएको दावी मिथ्या हो।
schema:mentions
schema:reviewRating
schema:author
schema:inLanguage
  • Nepali
schema:itemReviewed
Faceted Search & Find service v1.16.115 as of Oct 09 2023


Alternative Linked Data Documents: ODE     Content Formats:   [cxml] [csv]     RDF   [text] [turtle] [ld+json] [rdf+json] [rdf+xml]     ODATA   [atom+xml] [odata+json]     Microdata   [microdata+json] [html]    About   
This material is Open Knowledge   W3C Semantic Web Technology [RDF Data] Valid XHTML + RDFa
OpenLink Virtuoso version 07.20.3238 as of Jul 16 2024, on Linux (x86_64-pc-linux-musl), Single-Server Edition (126 GB total memory, 3 GB memory in use)
Data on this page belongs to its respective rights holders.
Virtuoso Faceted Browser Copyright © 2009-2025 OpenLink Software