About: http://data.cimple.eu/claim-review/9a90d011a97c245b349dd955f5e8658ca972012dd4d9eb13d21d6e8c     Goto   Sponge   NotDistinct   Permalink

An Entity of Type : schema:ClaimReview, within Data Space : data.cimple.eu associated with source document(s)

AttributesValues
rdf:type
http://data.cimple...lizedReviewRating
schema:url
schema:text
  • के डब्लुएचओले ‘ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ’ भनेको हो? विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ भनेको दावी गरिएका शीर्षकसहितका समाचारहरु सोमबार (२४ जनवरी, २०२२) सामाजिक सञ्जालमा भाइरल भएको छ। के यी समाचार सही हुन् ? यो विषयमा हामीले तथ्य जाँच गर्ने क्रममा भ्रामक रुपमा समाचार बनाइएको भेट्टायौँ। कहाँ कस्तो समाचार ? न्युयोर्क डेटलाइन राखिएको यो समाचार कुन स्रोतबाट लेखिएको हो, अधिकांशले खुलाएका छैनन्। सबैका शीर्षकदेखि समाचार विवरणसम्म हुबहु देखिन्छ। ‘ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछः डब्लूएचओ’ शीर्षकका समाचार हामीले विभिन्न अनलाइन मिडियाहरुमा भेट्टायौँ- रातोपाटीको फेसबुक पेजमा सेयर गरिएको यो समाचार सोमबार दिउँसोसम्म ४८६ पटक सेयर भएको छ भने साढे ३ हजार रियाक्सन र १६७ वटा कमेन्ट देखिन्छ। नेपालप्रेसमा यो पनि यही शीर्षकमा समाचार राखिएको छ। त्यसैगरी इकागज, राजधानी दैनिकको अनलाइन राजधानीडेली, नेपाल समाचारपत्र दैनिकको अनलाइन न्युजअफनेपाल, मा पनि यही समाचार देखिन्छ। अरु थुप्रै अनलाइन मिडियाले पनि यो समाचार राखेका छन्। गुगलमा “ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछः डब्लूएचओ” राखेर सर्च गर्दा ५ सयभन्दा बढी नतिजा भेटियो। के हो तथ्य ? यी समाचारहरुमा कुनै स्रोत उल्लेख गरिएको छैन। शीर्षकमा डब्लुएचओ उल्लेख गरिए पनि समाचार विवरणमा भने पहिलो लाइनमा ‘विश्व स्वास्थ्य संगठनका निर्देशक’ लेखिएको छ भने दोस्रो लाइनमा ‘डब्लूएचओका महानिर्देशक हान्स क्लुग’ले भनेको उल्लेख छ। हामीले डब्लुएचओको वेबसाइटमा खोज्दा उनको पूरा नाम Dr Hans Henri P. Kluge रहेको र उनी समाचारमा दावी गरिए जस्तो डब्लुएचओका निर्देशक वा महानिर्देशक नभएर युरोपका लागि डब्लुएचओका क्षेत्रीय निर्देशक रहेको भेट्टायौँ। भाइरल भएको समाचारमा उनले त्यस्तो दावी कहाँ गरेका हुन् भन्ने बारे केही खुलाइएको छैन। के समाचारमा आए जस्तो उनले दावी गरेका हुन् त भनी खोज्ने क्रममा फ्रान्सेली समाचार एजेन्सी एएफपीसितको अन्तर्वार्तामा उनले यो विषयमा बोलेको देखियो। एएफपीको समाचार धेरै वटा अन्तर्राष्ट्रिय मिडियामा आएको देखिएको छ। ती समाचारहरुमा क्लगले ओमिक्रोनले युरोपमा महामारीको अन्त्य गराउन सक्ने त भनिएको छ तर सँगै जोडिएको अर्को भनाई भने भाइरल भएका समाचारमा गायब बनाइएको छ। एएफपीको समाचारमा यस्तो उल्लेख छ- The Covid-19 pandemic has entered a new phase with the Omicron variant, which could infect 60 percent of people in Europe by March, and could bring it to an end, the WHO Europe director said Sunday. “Its plausible that the region is moving towards a kind of pandemic endgame,” Hans Kluge told AFP, urging caution nonetheless due to the virus’ ability to mutate. (हेर्नुस् यो समाचार प्रकाशन भएका विभिन्न अन्तर्राष्ट्रिय मिडिया) उनले युरोप क्षेत्र महामारीको अन्त्य हुनसक्ने दिशातर्फ उन्मुख भइरहेको विश्वास गर्न सकिने देखिएको बताएका छन्। तर साथमा भाइरसको रुप बदल्ने क्षमताका कारण सतर्क पनि हुनु पर्ने पनि उल्लेख गरेका छन्। फ्रान्स २४ ले उनको अन्तर्वार्तामा आधारित एएफपीको समाचारको विस्तृत विवरण राखेको छ। त्यसमा उनका थप भनाई राखिएका छन्- “We anticipate that there will be a period of quiet before Covid-19 may come back towards the end of the year, but not necessarily the pandemic coming back,” Kluge said. But Kluge cautioned that it was still too early to consider Covid-19 endemic. “There is a lot of talk about endemic but endemic means … that it is possible to predict what’s going to happen. This virus has surprised (us) more than once so we have to be very careful,” Kluge said. With Omicron spreading so widely, other variants could still emerge, he warned. यसमा उनले फेरि कोभिड-१९ यो वर्षको अन्त्यमा फर्किए पनि महामारी नै नफर्किन पनि सक्ने त भनेका छन् तर यो भाइरसले एक पटक भन्दा बढी अचम्ममा पारिसकेकोले धेरै सावधानी अपनाउनु पर्ने भन्दै अरु भेरियन्ट उत्पन्न हुनसक्ने तर्फ सचेत पनि गराएका छन्। नेपालमा भाइरल भएका समाचारहरुमा यो विषय उल्लेख नगरी एउटा मात्र पाटो उल्लेख गरिएको छ। डब्लुएचओ के भन्छ ? डब्लुएचओ युरोपले आफ्नो आधिकारिक वेबसाइटमा २०२२ जनवरी १९ मा हल्ला र तथ्य समेटेर एउटा विवरण राखेको छ। त्यसमा महामारीको अन्त्यका लागि अझै केही बाटो बाँकी रहेको उल्लेख गर्दै त्यसका कारणमा अझै सिकिस्त बिरामी र मृत्यु गराउने डेल्टा भेरियन्ट बाँकी रहेको, महामारी अन्त्यका लागि खोप अझ बृहत् स्तरमा पुग्नुपर्ने बताएको छ। डब्लुएचओका प्रमुख डाक्टर टेड्रोस एडह्यानम गेब्राएससले २४ जनवरी २०२२ मा कार्यकारी बोर्ड बैठकमा सम्बोधन गर्दै ओमिक्रोनलाई अन्तिम भेरियन्ट अनुमान गर्नु वा हामी महामारीको अन्त्यमा छौँ भनेर अनुमान गर्नु खतरनाक हुने चेतावनी दिएका छन्। उनले विश्वव्यापी रुपमा थप भेरियन्ट देखा पर्न उपयुक्त वातावरण बनेको पनि बताएका छन्। हेर्नुस् डब्लुएचओको साइटमा सम्बोधनको पूर्ण विवरण तथ्य जाँच दावी : ‘ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछः डब्लूएचओ’ शीर्षकका समाचार विभिन्न अनलाइन मिडियाहरुमा राखिएका छन् र सामाजिक सञ्जालमा त्यस्तो लेखिएका स्टायटस भाइरल भएका छन्। तथ्य : भ्रामक समाचार। युरोपका लागि डब्लुएचओका क्षेत्रीय निर्देशक हान्स क्लगले ओमिक्रोनले विश्वभर कोभिड महामारी अन्त्य गराउँछ भनेका छैनन्। तर भाइरल समाचार शीर्षकले त्यस्तो भान दिएको छ। उनले युरोप क्षेत्र महामारीको अन्त्य हुनसक्ने दिशातर्फ उन्मुख भइरहेको विश्वास गर्न सकिने देखिएको बताएका हुन्। यो सँगै उनले भाइरसको रुप बदल्ने क्षमताका कारण सतर्क पनि हुनु पर्ने पनि उल्लेख गरेका थिए जसलाई भाइरल भएको समाचारमा राखिएको छैन। डब्लुएचओका प्रमुख डाक्टर टेड्रोसले ओमिक्रोनलाई अन्तिम भेरियन्ट अनुमान गर्नु वा हामी महामारीको अन्त्यमा छौँ भनेर अनुमान गर्नु खतरनाक हुने चेतावनी दिएका छन्। ओमिक्रोनपछि महामारी नफर्किने आशा गरिएको भए पनि त्यो निश्चित भइसकेको विषय होइन र खतरा कायमै छ। त्यसैले भाइरल भएका समाचारहरु भ्रामक छन्।
schema:mentions
schema:reviewRating
schema:author
schema:inLanguage
  • Nepali
schema:itemReviewed
Faceted Search & Find service v1.16.115 as of Oct 09 2023


Alternative Linked Data Documents: ODE     Content Formats:   [cxml] [csv]     RDF   [text] [turtle] [ld+json] [rdf+json] [rdf+xml]     ODATA   [atom+xml] [odata+json]     Microdata   [microdata+json] [html]    About   
This material is Open Knowledge   W3C Semantic Web Technology [RDF Data] Valid XHTML + RDFa
OpenLink Virtuoso version 07.20.3238 as of Jul 16 2024, on Linux (x86_64-pc-linux-musl), Single-Server Edition (126 GB total memory, 3 GB memory in use)
Data on this page belongs to its respective rights holders.
Virtuoso Faceted Browser Copyright © 2009-2025 OpenLink Software