About: http://data.cimple.eu/claim-review/a608c085314d55971a5a14f9204ed1cfd0ed842b5441d8d967eaefa4     Goto   Sponge   NotDistinct   Permalink

An Entity of Type : schema:ClaimReview, within Data Space : data.cimple.eu associated with source document(s)

AttributesValues
rdf:type
http://data.cimple...lizedReviewRating
schema:url
schema:text
  • के हो भारतमा नेपालीलाई कुटिएको भन्दै भाइरल भएको भिडियोको वास्तविकता? भारतमा नेपाली नागरिकलाई कुटिएको दावी गरिएको एउटा भिडियो फेसबुकमा शनिबार (अक्टोबर १५, २०२२) भाइरल भएको छ। भिडियोमा एक व्यक्तिलाई नाङ्गै बनाई पाइप जस्तो सामानले कुटेको देखिन्छ। भिडियोमा भारतीय भाषा बोलेको सुनिन्छ। तर हाम्रो तथ्य जाँचमा यो घटना भारतको राजस्थानमा भएको सही भए पनि कुटिएका व्यक्ति नेपाली नागरिक नभएर भारतकै भएको खुलेको छ। कसरी भयो भाइरल ? दुनिया नामको फेसबुक पेजले ‘भारतमा एक नेपाली यसरी कुटिए भनेर यो भिडियो अहिले जताततै सामाजिक सञ्जालमा देखिएको’ दावी गर्दै शनिबार राति १० बजे यस्तो पोस्ट गरेको थियो। हेर्नुस् स्क्रिनसट तल- भिडियोमा प्रस्तोताले भनेको सुनिन्छ- ‘भारतमा एक नेपालीलाई कुटपिट गरिएको छ। केका लागि कुटियो र किन कुटियो भन्ने कुरा हामी बुझिरहेका छौँ।’ हामीले यो स्क्रिनसट लिँदा तीन घण्टाको अवधिमा यो पोस्टमा ५ हजार २ सय रियाक्सन, १ हजार ९ सय सेयर र ७३४ कमेन्ट थिए। सँगै पोस्ट गरिएको भिडियोमा एचटिभी लेखेको देखिन्छ। यसको फेसबुक पेजमा सुदूरपश्चिमको धनगढीबाट सञ्चालित HTV Television को आधिकारिक फेसबुक पेज लेखिएको छ। उक्त फेसबुक पेजमा ‘जताततै सामाजिक सञ्जालमा भारतमा एक नेपाली कुटिएको’ भिडियो देखिएको दावी गरिए पनि हामीले फेसबुकमा खोज्ने क्रममा यही पेजले शनिबार दिउँसो २ बजेर ५१ मिनेटमा पोस्ट गरेको अर्को भिडियो भाइरल भएको भेट्टायौँ। स्क्रिनसट हेर्न यहाँ क्लिक गर्नुस्। ९ घण्टाको अवधिमा यो स्क्रिनसट लिँदासम्म यो भिडियोमा १५ हजार रियाक्सन देखिएको छ भने ९ हजार पटक यो सेयर भएको छ र यसमा ४ हजार कमेन्ट छन्। के हो तथ्य ? हामीले इनभिडको फेकन्युज डिबङ्कर टुलबाट यो भिडियोको स्क्रिनसटका आधारमा रिभर्स इमेज सर्च गर्दा कुनै नतिजा पाउन सकेनौँ। त्यसपछि हामीले फेसबुकमा ‘नग्न पिटाई विडियो वायरल’ कीवर्ड राखेर सर्च गर्यौँ। त्यस क्रममा हामी फर्स्ट इन्डिया न्युज राजस्थानको यो भिडियो समाचारमा पुग्यौँ- फर्स्ट इन्डिया न्युज राजस्थानको भिडियो समाचार समाचार अनुसार पिटाइ खाने व्यक्तिको नाम सुभाष चबरवाल हो। एक विवाहिता युवतीलाई फोन गरेर हैरान बनाएको आरोप लगाउँदै राजस्थानको नोहर, हनुमागनढमा स्थानीयले उनलाई कुटेका थिए। भिडियोमा स्थानीय संवाददाताले पिटाइ खाने युवक राजस्थानकै गाउँका बासिन्दा भएको बताएका छन्। भिडियो ब्लर गरिएको भए पनि यसमा देखिएका दृश्य नेपालमा भाइरल भएको दृश्यसित मेल खाएको हामीले पायौँ। यो घटना भारतको राजस्थानको भएको थाहा पाएपछि राजस्थान कीवर्डसहित हालेर सामाजिक सञ्जालमा सर्च गर्ने क्रममा राजस्थानका भाजपा नेता लक्ष्मीकान्त भारद्वाजको भेरिफाइड ट्विटर ह्यान्डलबाट यही भिडियो सेयर भएको भेट्टायौँ। उनले पनि यो घटना भारतको राजस्थानको भएको उल्लेख गरेका छन्। राजस्थान में जंगल राज की पराकाष्ठा , युवक को नग्न कर बुरी तरह मारा, बैखोफ होकर वीडियो बनाकर वायरल किया pic.twitter.com/JthGbR6iA0 — Laxmikant bhardwaj (@lkantbhardwaj) October 10, 2022 हेर्नुस् स्क्रिनसट। हेर्नुस् अर्काइभ योबारे थप खोज्ने क्रममा हामीले भारतको दैनिक भाष्करको अनलाइनमा प्रकाशित यो समाचार भेट्टायौँ। समाचारमा उल्लेख भए अनुसार यो घटना भारतको राजस्थानस्थित हनुमानगढ जिल्लाको गोगामेडी इलाकामा २९ सेप्टेम्बरमा भएको हो। पीडित २३ वर्षीय सुभाष त्यहीँको बडबिराना गाउँको बासिन्दा रहेको र मोबाइलमा विवाहित युवतीसँग कुराकानी गर्ने गरेको आरोपमा लुगा खोलेर कुटपिट गरिएको जानकारी त्यसमा दिइएको छ। दैनिक भाष्करको अनलाइनमा प्रकाशित समाचारको स्क्रिनसट। हेर्नुस् अर्काइभ संस्करण भारतको राजस्थानबाट सञ्चालित आपणी न्युजको अनलाइन संस्करणमा पनि भाइरल भएको भिडियोबारे समाचार छ। उक्त समाचारमा पनि पिटाइ खाने युवक सुभाष राजस्थानकै बडबिराना गाउँ नजिकै बसोबास गर्ने उल्लेख छ। महिलासित फोनमा कुरा गरेको आरोपमा २९ सेप्टेम्बरमा युवकलाई महिलाको गाउँ ढिलकीमा बोलाएर लुगा खोल्दै पाइपसमेतले कुटेको र त्यसको भिडियो खिचेर भाइरल गरिदिएको आपणी न्युजमा उल्लेख छ। आपणी न्युजको समाचारको स्क्रिनसट। अर्काइभ लिङ्क हेर्न यहाँ क्लिक गर्नुस् तथ्य जाँच दावी : भारतमा एक नेपालीलाई निर्ममतापूर्वक कुटपिट गरियो। साथमा कुटपिट गरिएको भिडियो। दावीकर्ता : दुनिया नामको फेसबुक पेज तथ्य : भ्रामक सूचना । कुटपिट गर्दै गरेको भिडियो भारतको राजस्थानको हो। तर कुटाइ खाने व्यक्ति नेपाली नागरिक नभएर भारतकै राजस्थानको बडबिराना गाउँका सुभाष चबरवाल भएको भारतीय मिडियाले उल्लेख गरेका छन्।
schema:mentions
schema:reviewRating
schema:author
schema:inLanguage
  • Nepali
schema:itemReviewed
Faceted Search & Find service v1.16.115 as of Oct 09 2023


Alternative Linked Data Documents: ODE     Content Formats:   [cxml] [csv]     RDF   [text] [turtle] [ld+json] [rdf+json] [rdf+xml]     ODATA   [atom+xml] [odata+json]     Microdata   [microdata+json] [html]    About   
This material is Open Knowledge   W3C Semantic Web Technology [RDF Data] Valid XHTML + RDFa
OpenLink Virtuoso version 07.20.3238 as of Jul 16 2024, on Linux (x86_64-pc-linux-musl), Single-Server Edition (126 GB total memory, 3 GB memory in use)
Data on this page belongs to its respective rights holders.
Virtuoso Faceted Browser Copyright © 2009-2025 OpenLink Software