About: http://data.cimple.eu/claim-review/af4b5ca1e40530104f5def411afe5d2d82fa33e285d6b9ecf7fa14df     Goto   Sponge   NotDistinct   Permalink

An Entity of Type : schema:ClaimReview, within Data Space : data.cimple.eu associated with source document(s)

AttributesValues
rdf:type
http://data.cimple...lizedReviewRating
schema:url
schema:text
  • Last Updated on मे 24, 2023 by Neelam Singh सारांश सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा एचआईभी एड्स र क्यान्सर जस्ता खतरनाक रोगहरू जडिबुटीबाटै निको हुने दाबी गरिएको छ । हामीले तथ्यजाँचका क्रममा माथि उल्लेखित दाबी आंशिक अधिकतर झूटो रहेको पायौँ । दाबी Myanmar Gurkha News नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियो अन्तर्वार्तामा एक व्यक्तिले जडिबुटीबाटै एचआईभी एड्स र क्यान्सर जस्ता खतरनाक रोगहरू निको पारेको दाबी गरेका छन् । उक्त भिडियोसँगै एउटा दाबीसहितको क्याप्सन समेत लेखिएको छ । उक्त क्याप्सनमा लेखिएको छ- ‘एचआइभी र क्यान्सर जस्ता धेरै रोगको औषधि जडिबुटीबाटै निको पार्न सफल भएको बताउनुहुन्छ एक ७० वर्षका बुवा ।’ मानव स्वास्थ्यसँग सम्बन्धित प्रस्तुत दाबीसहितको सामग्री अन्त्यन्तै संवेदनशील देखिन्छ । सोही कारण हामीले प्रस्तुत सामग्रीमाथि तथ्यजाँच गरेका छौँ । तथ्यजाँच जडिबुटीले एचआईभी एड्स र क्यान्सर जस्ता खतरनाक रोगहरू निको हुन्छ भन्ने दाबी उपलब्ध प्रमानले पुष्टि गर्दैनन् । केही रोगको उपचार गर्न र स्वास्थ्य प्रवर्द्धन गर्न जडिबुटी औषधिहरूको प्रयोग गर्न सकिन्छ । तर एचआईभी एड्स र क्यान्सरको उपचारमा जडिबुटी प्रयोग उपयुक्त हुन्छ भन्ने पर्याप्त वैज्ञानिक प्रमाणहरू भेटिँदैनन् । के जडिबुटी औषधि एचआईभी एड्स र क्यान्सरमा सहयोगी छ? जडिबुटी औषधि एक प्रकारको पूरक र वैकल्पिक उपचार हो, जसलाई प्रायः एचआईभी एड्स र क्यान्सर रोगीहरूले पनि आफ्नो उपचारमा अज्माउने गर्दछन् । रोगसँग लड्ने प्राकृतिक उपचारका रुपमा जडीबुटीलाई प्रयोग गर्ने गरिन्छ, किनभने जडीबुटी औषधिको साइड इफेक्ट कम हुन्छ भन्ने विश्वास गरिन्छ । एचआईभी एड्स र क्यान्सर संक्रमणको सन्दर्भमा जडीबुटीहरू प्रयोग गर्ने चार पक्षहरू छन् । जडिबुटीहरूलाई जहिले पनि औषधिको रूपमा लिइन्छ, त्यसैले जडिबुटीहरूको साइड इफेक्ट र औषधिको अन्तक्रियाको असरबाट रोगी मानिस सचेत हुनुपर्छ । यसको बारेमा अन्य अनुसन्धानले के भन्छ? एफएओ वेबसाइटले एचआईभी एड्सबाट पीडित मानिसहरूका लागि फाइदाजनक हुने दाबी गरिएका जडीबुटीहरूको सूची उपलब्ध गराएको छ । वेबसाइटमा स्पष्ट रूपमा भनिएको छ,’सबै जडिबुटी र मसलाहरू मध्यम मात्रामा प्रयोग गर्नुपर्छ भन्ने याद गर्नुहोस् । जडिबुटी औषधिहरू मात्राभन्दा बढी प्रयोग गर्दा समस्याहरू निम्तिने र विषाक्त प्रभाव हुन सक्छ । यी जडीबुटीले स्वस्थ खानालाई प्रतिस्थापन गर्न सक्दैनन्, त्यसैले स्वस्थ र सन्तुलित आहारको विकल्पमा जडिबुटीलाई प्रयोग गर्नु हुँदैन ।’ क्यान्सर रिसर्च युके वेबसाइटले एउटा जडिबुटीहरूको सूची सार्वजनिक गरेको छ, उक्त सूचीलाई क्यान्सरविरुद्ध लड्ने गुणहरूको लागि अध्ययन गरिन्छ। तर, एचआईभी एड्स र क्यान्सर जटिल रोगहरू हुन्, जसको उपचारका लागि जडीबुटीभन्दा बढी वैज्ञानिक सामग्री आवश्यक हुन्छ । जडीबुटीमा मात्र भर पर्नु र उचित चिकित्सा उपचार नखोज्दा रोगीको अवस्था निको नहुने हुनसक्छ । एचआईभी एड्स र क्यान्सर छिट्टै बढ्ने र छोटो अवधिमा शरीरभर फैलिने रोग हुन् । यसको उपचारमा थोरै मात्र ढिला भए थप उपचार गर्न कठिन हुन्छ । एचआईभी एड्सको उपचारमा नन-न्यूक्लियोसाइड रिभर्स ट्रान्सक्रिप्टेज इनहिबिटरहरू (NNRTIs), न्यूक्लियोसाइड वा न्यूक्लियोटाइड रिभर्स ट्रान्सक्रिप्टेज इनहिबिटरहरू (NRTIs), प्रोटीज इनहिबिटरहरू (PIs) लगायतका औषधिहरू प्रयोग गर्ने गरिन्छ । क्यान्सर को उपचार को तरिका के के हो? केमोथेरापी: यो उपचार विधि अन्तर्गत घातक कोशिकाहरूविरुद्ध लक्षित बलियो रसायनिक संरचनालाई रगतमा इन्जेक्ट गरिन्छ । रेडियोथेरापी: यो उपचार विधि अन्तर्गत प्रभावित भागमा लक्षित विकिरणहरू प्रयोग गरिन्छ गरी किरणहरूको ऊर्जाले घातक कोशिकालाई नष्ट गर्छ । शल्यक्रिया: यो उपचार विधि अन्तर्गत प्रभावित भाग वा अंगलाई नजिकैको संलग्न लिम्फ नोडहरूसँगै शल्यक्रियाद्वारा काटिन्छ। इम्युनोथेरापी: यो उपचार विधि अन्तर्गत जैविक थेरापीका माध्यमबाट प्रतिरक्षा प्रणालीलाई घातक कोशिकाहरूविरुद्ध प्रयोग गरिन्छ । बोनम्यारो प्रत्यारोपण: यो उपचार विधि ब्लड क्यान्सरको अवस्थामा गरिन्छ, जसमा बोनम्यारोका कोशिकाहरू नष्ट गरिन्छ र बाँच्नका लागि नयाँसँग बदल्नुपर्छ । हर्मोन थेरापी: यस उपचार प्रक्रियामा औषधिहरू दिइन्छ, जसले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर, आदि जस्ता केसहरूमा क्यान्सर कोशिकाहरूको अस्तित्वको लागि महत्त्वपूर्ण हुने हार्मोनहरूको स्तरलाई परिवर्तन गर्छ । जडिबुटी औषधि एक प्रकारको पूरक र वैकल्पिक उपचार हो, यसलाई एचआईभी एड्स र क्यान्सर रोगीहरूले पनि आफ्नो उपचारमा अज्माउने गर्दछन् तर एचआईभी एड्स र क्यान्सरको उपचारमा जडिबुटी प्रयोग उपयुक्त हुन्छ भन्ने पर्याप्त वैज्ञानिक प्रमाणहरू भेटिँदैनन् । This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here.
schema:mentions
schema:reviewRating
schema:author
schema:datePublished
schema:inLanguage
  • English
schema:itemReviewed
Faceted Search & Find service v1.16.115 as of Oct 09 2023


Alternative Linked Data Documents: ODE     Content Formats:   [cxml] [csv]     RDF   [text] [turtle] [ld+json] [rdf+json] [rdf+xml]     ODATA   [atom+xml] [odata+json]     Microdata   [microdata+json] [html]    About   
This material is Open Knowledge   W3C Semantic Web Technology [RDF Data] Valid XHTML + RDFa
OpenLink Virtuoso version 07.20.3238 as of Jul 16 2024, on Linux (x86_64-pc-linux-musl), Single-Server Edition (126 GB total memory, 3 GB memory in use)
Data on this page belongs to its respective rights holders.
Virtuoso Faceted Browser Copyright © 2009-2025 OpenLink Software