About: http://data.cimple.eu/claim-review/df2ae0b61f8a67e5dec15e50fc9ad2d23a6443f700e3bcec0991709b     Goto   Sponge   NotDistinct   Permalink

An Entity of Type : schema:ClaimReview, within Data Space : data.cimple.eu associated with source document(s)

AttributesValues
rdf:type
http://data.cimple...lizedReviewRating
schema:url
schema:text
  • नागढुंगा-काठमाडौँ सुरुङ मार्गको भन्दै भाइरल भिडियो नेपालको हैन पोर्चुगलको नागढुंगा-काठमाडौँ सुरुङ मार्गको भन्दै एउटा भिडियो सामाजिक सञ्जालहरुमा भाइरल भएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलका स्वकीय सचिव सरोजकुमार रेग्मीले समेत यही दावी भएको भिडियो फेसबुक रिल्समा राखेका छन्। तर, हाम्रो तथ्य जाँचमा सो भिडियो नेपालको नभई पोर्चुगलको भएको र गलत दावीका साथ फैलाइएको भेटियो। के छ भिडियोमा ? नेकपा एमालेका महासचिव शंकर पोखरेलका स्वकीय सचिव सरोजकुमार रेग्मीले फेसबुक रिल्समा अपलोड गरेको भिडियोमा ‘नागढुङ्गा-काठमाडौँ सुरुङ मार्ग ५ मिनेटमा काठमाडौँ’ लेखिएको छ। भिडियोमा अत्याधुनिक सुरुङ मार्गबाट गाडीहरु गुड्दै गरेको देखिन्छ। गाडीभित्रैबाट खिचेको जस्तो देखिने भिडियोमा पृष्ठभूमिमा यस्तो गीत बज्दै गरेको सुनिन्छ, ‘रेलमार्ग, सुरुङ मार्ग हामीले सुरु गर्यौँ। रानीपोखरी-धरहरा नि हामीले पूरा गर्यौँ…हामीले पूरा गर्यौँ। सूर्य चिह्न सुनौलो भोलिलाई….।’ यो भिडियो शुक्रबार दिउँसो (असार २१, २०८०) सम्म ५ लाख ७६ हजार पटक हेरिएको छ भने ८ हजार ९ सय लाइक, ९ सय ८ सेयर र ४ सय ९ वटा कमेन्ट यसमा देखिन्छ। हेर्नुस् स्क्रिनरेकर्ड – के हो तथ्य ? हामीले भिडियोमा देखिएका दृश्यलाई ध्यानपूर्वक हेर्यौँ। एउटा फ्रेममा माथि पट्टी राखिएको बोर्डमा IP 7, Eixo, N-5 त्यसको मुनि A 2 SUL र त्यसको मुनि Lisboa Camarate लेखेको देख्यौँ। अर्को फ्रेममा सुरुङ मार्गभित्रको सडकमा CRIL IC 17 लेखेको देख्यौँ। पोर्चुगलको राजधानी Lisbon लाई पोर्चुगिज भाषामा Lisboa भनिन्छ। तसर्थ यो हाइवे लिस्बनबाट क्यामराटा जाने रहेको बुझ्न सकिन्छ। यसैका आधारमा गुगल म्याप्समा खोज्दा हामीले पोर्चुगलको क्यामराटाको यो सडकमा पुग्यौँ। स्ट्रिट भ्युजबाट हेर्दा भिडियोमा देखिएको अक्षर लेखिएको बोर्ड र सडकमा अक्षर देख्यौँ। हेर्नुस् स्क्रिनसट यसका आधारमा हामी यो भिडियो पोर्चुगलको भएको निश्कर्षमा पुग्यौँ। नागढुंगा-काठमाडौँ सुरुङ मार्ग तयार भइसक्यो त ? हामीले सडक विभागको आधिकारिक वेबसाइटमा रहेको नागढुंगा सुरुङ मार्गको अपडेटमा हेर्दा पछिल्लो अपडेट जुन २० सम्म भौतिक प्रगति ७६.४८१% भएको देखिन्छ। हेर्नुस् स्क्रिनसट- अतः निर्माण सम्पन्न नै नभइसकेको सुरुङ मार्गमा गाडी गुड्ने कुरा हुन्न। कति मिनेटमा काठमाडौँ ? भिडियोमा सुरुङमार्गबाट ५ मिनेटमा काठमाडौँ पुगिने दावी गरिएको छ। दावीको जाँचका लागि हामीले मिडियामा प्रकाशित समाचारहरु खोज्यौँ। अनलाइनखबरमा २०८० माघ ९ मा प्रकाशित समाचारमा लेखिएको छ – सुरुङ मार्ग सञ्चालनमा आएपछि यो समय २० मिनेटमा झर्ने छ। हेर्नुस् अर्काइभ लिङ्क। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको बेला २०७६ कात्तिक ४ गते रातोपाटीमा प्रकाशित समाचारमा भने ‘सुरुङमार्ग निर्माणपछि थानकोटबाट १० मिनेटमा नौबिसे पुग्न सकिन्छ’ लेखिएको छ। हेर्नुस् अर्काइभ लिङ्क। २०७६ कात्तिक ४ मा नै समाचार दैनिकमा प्रकाशित समाचारमा भने आयोजना निर्देशक श्यामप्रसाद खरेललाई नै उद्धृत गर्दै १५ मिनेट लाग्ने उल्लेख छ। समाचारमा लेखिएको छ- ‘अहिले बिना रोकावट उक्त दुरी पुरा गर्न ४५ मिनेटदेखि एक घण्टा लाग्ने गरेकोमा सुरुङमार्गबाट १५ मिनेटमा नै पुग्न सकिने निर्देशक खरेलको भनाई छ।’ हेर्नुस् अर्काइभ लिङ्क। ५ मिनेटमात्र लाग्ने दावी हामीले कतै पनि भेटेनौँ। तसर्थ यो दावी पनि भ्रामक छ। तथ्य जाँच दावी : ‘नागढुङ्गा-काठमाडौँ सुरुङ मार्ग ५ मिनेटमा काठमाडौँ’ लेखिएको सुरुङ मार्गको भिडियो। दावीकर्ता : सामाजिक सञ्जाल प्रयोगकर्ता तथ्य : भ्रामक सूचना। भिडियोमा देखिएको बोर्ड र सडकमा देखिएका अक्षरहरुबाट यो सुरुङ मार्ग नेपालको नभई पोर्चुगलको भएको प्रष्ट हुन्छ। सुरुङ मार्गबाट ५ मिनेटमा काठमाडौँ पुगिन्छ भनेर गरिएको दावी पनि भ्रामक देखिन्छ।
schema:mentions
schema:reviewRating
schema:author
schema:inLanguage
  • Nepali
schema:itemReviewed
Faceted Search & Find service v1.16.115 as of Oct 09 2023


Alternative Linked Data Documents: ODE     Content Formats:   [cxml] [csv]     RDF   [text] [turtle] [ld+json] [rdf+json] [rdf+xml]     ODATA   [atom+xml] [odata+json]     Microdata   [microdata+json] [html]    About   
This material is Open Knowledge   W3C Semantic Web Technology [RDF Data] Valid XHTML + RDFa
OpenLink Virtuoso version 07.20.3238 as of Jul 16 2024, on Linux (x86_64-pc-linux-musl), Single-Server Edition (126 GB total memory, 3 GB memory in use)
Data on this page belongs to its respective rights holders.
Virtuoso Faceted Browser Copyright © 2009-2025 OpenLink Software