schema:text
| - Last Updated on जनवरी 30, 2024 by Neelam Singh
सारांश
सामाजिक संजालमा मानव स्वास्थ्य र गाँजा वनस्पतिसँग सम्बन्धित एउटा दाबीसहितको पोस्ट फेला परेको छ । उक्त पोस्टमा गाँजा एचआईभी/एड्स, क्यान्सर र क्षयरोगको राम्रो औषधी रहेको तथा यसको सेवन र प्रयोगले रोगी कोषहरूको नष्ट हुने र नयाँ स्वस्थ कोषहरू रिजेनेरेट हुने दाबी गरिएको छ । जब हामीले यो दावी जाँच गर्यौं हामीले यो दावी गलत भएको पायौं।
दाबी
गाँजा सचेतना अभियान, लुम्बिनी प्रदेश नेपाल नामक फेसबुक ग्रुपमा दाबीसहितको स्ट्याटस् पोस्ट गरिएको छ । उक्त पोस्टमा गम्भीर रोगहरूको औषधि खर्च वा उपचारमा लाग्ने अर्बौँ रूपैयाँ गाँजालाई प्रयोग गरेर जोगाउन सकिने दाबी गरिएको छ । दाबीसहितको स्ट्याटसमा लेखिएको छ- ‘गाँजा HIV AIDS, Cancer, Tuberculosis को राम्रो औषधी हो। गाँजाले पहिला रोगी कोषहरूलाई मार्छ र नयाँ स्वस्थ कोषहरू रिजेनेरेट गरिदिन्छ । गाँजाभित्रको THC र CBD को अनुपात मिलाएर वा कच्चा गाँजा खुवाएर उपचार गरिन्छ । यस्ता रोगहरूको अन्य औषधी खर्च वा उपचारमा लाग्ने गरेको वर्षेनि अर्बौँ रूपैया गाँजालाई प्रयोग गरेर जोगाउन सकिन्छ, Source Bhim Upadhyaya।’
तथ्य जाँच
मारिजुआना के हो?
मारिजुआना के हो?गाँजा (क्यानाबिस स्याटिभम) एक औषधीय र नसायुक्त गुण भएको फूल फुल्ने वनस्पति हो । हाल विश्वभरी नै यसको व्यापक खेती हुने गरेको पाइन्छ । यस वनस्पतिमा विभिन्न रासायनिक यौगिकहरू समावेश भएका हुन्छन्, जसमा सबैभन्दा उल्लेखनीय THC (delta-9-tetrahydrocannabinol) र CBD (cannabidiol) हुन् ।
गाँजा विभिन्न रूपहरूमा खपत गर्ने गरिन्छ । यसका सुकेका फूल वा पातहरू धुम्रपान गर्न तथा खानेकुराहरू (भांगको अर्क समावेश गरिएको खाना), कन्सेन्ट्रेट प्रयोग गर्ने वा यसलाई सामयिक रूपमा प्रयोग गर्ने गरिन्छ । यद्यपी यसको वैधानिकता र नियमन विभिन्न देशहरू र क्षेत्रहरूमा फरक-फरक छन् ।
गाँजा र यसको यौगिकहरूमा चलिरहेको अनुसन्धान के हो?
गाँजा र यसको यौगिकहरू (जस्तै THC र CBD) को सम्भावित चिकित्सा प्रयोगहरूमा निरन्तर अनुसन्धान भइरहेको छ । गाँजामा पाइने क्यानाबिनोइडहरूमा उपचारात्मक प्रभावहरू हुन सक्ने केही अध्ययनहरूले सुझाव दिएका छन् । तर, एचआईभी/एड्स, क्यान्सर र क्षयरोगको सन्दर्भमा गाँजामा गरिएका सबै अनुसन्धान अपूर्ण छन् ।
गाँजाको प्रयोगको बारेमा वैज्ञानिक निष्कर्ष के हो?
गाँजा प्रयोग गर्दा तथा गाँजामा रहेको THC र CBD ले एचआईभी/एड्स, क्यान्सर र क्षयरोग जस्ता गम्भीर रोगहरूको लागि अन्य स्थापित उपचारहरू विधिलाई प्रतिस्थापन गर्न सकिन्छ भन्ने विचारलाई प्रमाणित गर्ने बलियो वैज्ञानिक प्रमाणहरू फेला परेनन् ।
माथि उल्लेखित दाबीको विषयमा हामीले डा. सार्थक मोहरिर, प्रमुख विकिरण ओन्कोलोजिस्ट अपोलो क्यान्सर सेन्टर, बिलासपुर, सँग परामर्श गर्यौँ ।उनले भने,‘गाँजा कुनै पनि आधुनिक औषधिको अंश होइन । मलाई थाहा भएको कुनै पनि क्यान्सर उपचारको लागि आहारमा मात्र भर परिँदैन । हामीसँग उचित अनुसन्धान छैन जसले प्रमाणित गर्दछ कि गाँजाले कुनै पनि रूपको क्यान्सर निको गर्छ कि सक्दैन । थोरै प्रमाणहरूले टेट्राहाइड्रोकानाबिनोल (THC) जस्ता गाँजा उत्पादनहरूले क्यान्सरको दुखाइ र केमोथेरापी प्रेरित वाकवाकीमा मद्दत गर्न सक्छ। तर, क्यान्सर रोगीहरूले विशेषज्ञसँग परामर्श नगरी गाँजा सेवन गर्नु हुँदैन ।’
गाँजा एचआईभी/एड्स, क्यान्सर र क्षयरोगको राम्रो औषधी रहेको तथा यसको सेवन र प्रयोगले रोगी कोषहरूको नष्ट हुने र नयाँ स्वस्थ कोषहरू रिजेनेरेट हुने दाबीलाई प्रमाणित गर्ने कुनै वैज्ञानिक प्रमाण फेला परेनन् । एचआईभी/एड्स, क्यान्सर र क्षयरोगीहरुले विशेषज्ञ डाक्टरसँग परामर्श नगरी गाँजा सेवन गर्नु हुँदैन ।
This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here.
|