About: http://data.cimple.eu/claim-review/fac92add314ba0816181ea441a8e7fd6cd1a42c8be7877d5945fffda     Goto   Sponge   NotDistinct   Permalink

An Entity of Type : schema:ClaimReview, within Data Space : data.cimple.eu associated with source document(s)

AttributesValues
rdf:type
http://data.cimple...lizedReviewRating
schema:url
schema:text
  • के ‘न्युयोर्क टाइम्स’ले हिसिला यमिलाई एसियाकै भ्रष्ट महिला भनेर रिपोर्ट छापेको थियो? प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले २२ भदौ २०७७ सोमबार बिहान फेसबुकमा एउटा स्टायटस लेखेका छन्। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अर्थमन्त्री डा. युवराज खतिवडाको विदाइका बेला गरेको ट्विटको जवाफ दिँदै थापाले फेसबुकमा लामो स्टायटस लेख्दै सोधेका छन्- ‘न्यूयाेर्क टाइम्सले २०७० सालमा “एसियाकै भ्रष्ट महिला” भनेर विशेष खाेज रिपाेर्ट प्रकाशित गरेकाे समेत बिर्सनु भयाे ? उहाँसँग तपाईंको के सम्बन्ध पर्छ?’ थापा मात्र होइन, हिसिलालाई एसियाकै भ्रष्ट महिला भन्दै समाचार आएको चर्चा मिडिया र सोसल मिडियामा यसअघि पनि धेरै हुने गरेको छ। के यो सही हो? हामीले फ्याक्टचेक गरेका छौँ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको फेसबुक स्टायटस। अर्काइभ लिङ्क। नागरिक दैनिकका तत्कालीन प्रधान सम्पादक प्रतीक प्रधानको ‘जनता मनन गर्छन्’ शीर्षकमा ९ मंसिर २०७० मा प्रकाशित विचारमा पनि यस्तो लेखिएको छ- अमेरिकी प्रतिष्ठित पत्रिका न्युयोर्क टाइम्सले हिसिला यमीलाई दक्षिण एसियाकै सबैभन्दा भ्रष्ट महिला नेतृ भनेर लेखिदिएर पनि जनता बीचमा ठूलो असर परेको देखिन्छ। थापाले न्युयोर्क टाइम्समा ‘एसियाकै भ्रष्ट महिला’ लेखेको दावी गरे पनि प्रधानले भने ‘दक्षिण एसियाकै सबैभन्दा भ्रष्ट महिला नेतृ’ भनेर लेखेको उल्लेख गरेका छन्। हामीले गुगलमा न्युयोर्क टाइम्समा यस्तो लेखिएको छ कि छैन भनी समाचार खोज्यौँ- न्युयोर्क टाइम्समा ६ नोभेम्बर, २०१३ मा In Fractured Nepal, Plans for National Elections Provide a Series of Subplots शीर्षकमा एउटा समाचार छापिएको छ। जसको सुरुवातमै हिसिला यमीको प्रसंग रहेको छ। समाचार यस्तो छ- समाचारमा लेखिएको छ, “यदि तपाईले अखबार पढ्नुभयो भने तपाईले सोच्नु हुन्छ कि म नेपालमा सबभन्दा भ्रष्ट महिला हुँ,” माओवादी नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईकी श्रीमती हिसिला यमीले भनिन्। समाचारमा हिसिलाले आफ्नो लुकाइएको सम्पतिबारेका समाचारहरु हल्लामात्रै रहेको भन्दै खण्डन गरेकी छिन्। न्युयोर्क टाइम्समा हिसिला यमी र भ्रष्टाचारको विषयमा यो बाहेक अरु समाचार हामीले भेटेनौँ। बरु आफूलाई दक्षिण एसियाकै भ्रष्टाचारी महिला लेख्दै गाली बेइज्जती गरेको भन्दै हिसिलाले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको र सो मुद्दामा ‘त्यस्तो भ्रष्ट हुन् भन्ने आधार स्रोत उल्लेख नगरी ख्यातिमा धक्का पुर्याउने नियतले प्रकाशन गरेको पुष्टि भएको’ भन्दै गाली बेइज्जती गरेको ठहर गर्दै जरिवाना र क्षतिपूर्ति भराउने फैसला गरेको थियो। यस्तो थियो समाचार र मुद्दामा भएको फैसला क्राइम टुडे नामको मासिक पत्रिकाले जेठ २०७० (मे २०१३) को अङ्कको कभर पृष्ठमा ‘एमाओवादी नेतृ यमि दक्षिण एसियाकै भ्रष्टाचारी महिला’ शीर्षक राखेको थियो। भित्रको पृष्ठ ६ र ७ मा यसबारे विस्तृत समाचार थियो। यस विरुद्ध हिसिला यमिले ‘विपक्षी सम्पादक प्रकाशक आफैले मिथ्यापूर्ण समाचार तयार गरेको भन्दै क्राइम टुडेका प्रबन्ध निर्देशक रत्नमाया (आरएम) लामा, सम्पादक एफ.आर. दाहाल, सम्पादक/प्रकाशक एल.एस. लामा र समाचार छाप्ने इन्द्रेणी अफसेट प्रेससमेतलाई विपक्षी बनाई गाली बेइज्जती ऐन अनुसार मुद्दा दायर गरेकी थिइन्। २०७० साल साउन ११ गते दायर गरिएको लिखित गाली बेइज्जती मुद्दामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश इन्द्रबहादुर कार्कीको एकल इजलासले २०७१ असोज ३० गते ‘इज्जतमा धक्का पुर्याउने नियतले प्रकाशन गरेको पुष्टि भएकोले गाली बेइज्जती गरेको ठहर गरेको थियो। अदालतले प्रतिवादीहरुलाई दामासाहीले एक हजार रुपैयाँ जरिवाना र एक हजार रुपैयाँ क्षतिपूर्ति भराउने आदेश दिएको थियो। सर्वोच्च अदालतको वेबसाइटमा राखिएको जिल्ला अदालतको यो फैसला पढ्न यहाँ क्लिक गर्नुस्। निश्कर्ष : ‘हिसिला यमिलाई एसियाकै भ्रष्ट महिला भनेर न्युयोर्क टाइम्सले विशेष खोज रिपोर्ट तयार गरेको’ भन्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको दावी र नागरिक दैनिकका तत्कालीन प्रधान सम्पादक प्रतीक प्रधानको ९ मंसिर २०७० मा प्रकाशित लेखमा राखिएको ‘अमेरिकी प्रतिष्ठित पत्रिका न्युयोर्क टाइम्सले हिसिला यमीलाई दक्षिण एसियाकै सबैभन्दा भ्रष्ट महिला नेतृ भनेर लेखिदिएको’ भनेर गरिएको दावी गलत छ। न्युयोर्क टाइम्समा प्रकाशित समाचारमा हिसिलाले “यदि तपाईले अखबार पढ्नुभयो भने तपाईले सोच्नु हुन्छ कि म नेपालमा सबभन्दा भ्रष्ट महिला हुँ” भनेकी र समाचारमा त्यसलाई उनले खण्डन गरेको देखिन्छ। तसर्थ समाचारमा राखिएको हिसिला यमिको भनाईलाई गलत रुपमा उद्धृत गरिएको देखिन्छ।
schema:mentions
schema:reviewRating
schema:author
schema:inLanguage
  • Nepali
schema:itemReviewed
Faceted Search & Find service v1.16.115 as of Oct 09 2023


Alternative Linked Data Documents: ODE     Content Formats:   [cxml] [csv]     RDF   [text] [turtle] [ld+json] [rdf+json] [rdf+xml]     ODATA   [atom+xml] [odata+json]     Microdata   [microdata+json] [html]    About   
This material is Open Knowledge   W3C Semantic Web Technology [RDF Data] Valid XHTML + RDFa
OpenLink Virtuoso version 07.20.3238 as of Jul 16 2024, on Linux (x86_64-pc-linux-musl), Single-Server Edition (126 GB total memory, 11 GB memory in use)
Data on this page belongs to its respective rights holders.
Virtuoso Faceted Browser Copyright © 2009-2025 OpenLink Software