About: http://data.cimple.eu/claim-review/2abd14a987e2f450e3f14e81f0c99b52a69b1a23e9f84eaf1334e056     Goto   Sponge   NotDistinct   Permalink

An Entity of Type : schema:ClaimReview, within Data Space : data.cimple.eu associated with source document(s)

AttributesValues
rdf:type
http://data.cimple...lizedReviewRating
schema:url
schema:text
  • कोशीको बाढी भन्दै पुएर्टो रिकोमा पुल बगाएको भिडियो सामाजिक सञ्जालमा फैलाइयो बाढीले एउटा पुल बगाएको दृश्यसमेत जोडिएको भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त भिडियो नेपालको कोशी नदीको, कोशी पुलको भएको दाबी पनि गरिएको छ । तर, हाम्रो तथ्यजाँचले यो दाबी भ्रामक देखाएको छ। पुल कोशीको नभएर पुएर्टो रिकोको हो। के छ भिडियोमा ? Md Naseem Ansari नामको फेसबुक पेजमा २७ जुन २०२४ मा पोस्ट गरिएको भिडियोमा फरक-फरक दृश्यहरु जोडिएका छन्। क्याप्सनमा लेखिएको छ- ‘nepal koshi bridge | (Rain ) | koshi barrage nepal | kosi nadi | koshi bridge pool’ हेर्नुस् स्क्रिनरेकर्ड भिडियोमा एउटा नदी देख्न सकिन्छ, जसमा ठूलो बाढी आएको छ। भिडियोको सुरुमै उक्त बाढीले फलामे पुललाई नै बगाएर गरेको दृश्य जोडिएको छ। साथै भिडियोमा एउटा हिन्दी भाषाको अडियो पनि सुन्न सकिन्छ, भिडियोमा देखिएको दृश्य नेपालको भएको बताइएको छ। त्यसैगरी सोही भिडियोलाई Nasim Official Vlog नामक युट्युब च्यानलमा पनि पोस्ट गरिएको छ । तथ्य के हो ? दाबीसहितको भिडियो नेपाल र कोशी ब्यारेजसँग सम्बन्धित छ कि छैन भनेर हामीले जाँच गर्यौँ। यसका लागि दाबीसहितको भिडियोबाट केही स्क्रिनसट लिएर गुगल लेन्समा रिभर्स इमेज सर्च गर्यौँ। गुगल लेन्सले देखाएका नतिजाहरुले प्रस्तुत भिडियो यसअघि विभिन्न देशहरुमा फैलिसकेको पाइयो। गुगल लेन्सबाट खोज्दा वेदर डटकम (weather.com) नामक वेबसाइट र FOX 11 Los Angeles युट्युब च्यानलमा पनि सोही भिडियो पोस्ट गरिएको पाइयो । १९ सेप्टेम्बर २०२२ मा FOX 11 Los Angeles पोस्ट गरिएको समाचार अनुसार प्रस्तुत भिडियो क्यारिबियन टापुमा अवस्थित पुएर्टो रिको नामक देशको हो । जाँचका क्रममा हामीले थप क्रस चेकका लागि ‘Bridge Washed Away’ ‘Puerto Rico’ लागयतका वाक्यांशहरु गुगलमा सर्च गर्यौँ । नतिजास्वरुप बीबीसी, एनबीसीन्युज, इन्डिपेन्डेन्ट, डेलीमेल लगायतका मिडियाले सोही भिडियोको पोस्ट गरेको पाइयो । अर्कोतर्फ साउथ चाइना मर्निङ पोस्ट नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियोको एउटा अंशलाई नेपालमा बाढी आएको दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ । तथ्यजाँच दाबीः कोशी ब्यारेज/नेपालमा बाढी आएको छ, भिडियोमा देखिएको दृश्य नेपालको हो । दाबीकर्ताः सामाजिक सञ्जाल प्रयोगकर्ता। तथ्यः भ्रामक सूचना । कोशी ब्यारेज/नेपालमा बाढीसहित सामाजिक सञ्जालमा फैलाइएको दृश्य नेपालको नभई क्यारिबियन टापुमा अवस्थित पुएर्टो रिको नामक देशसँग सम्बन्धित छ र यससम्बन्धी समाचार मूलधारका मिडियामा सेप्टेम्बर २०२२ मा आएको पाइयो । यसबाहेक दाबीसहितको भिडियोमा अलग-अलग सन्दर्भका विभिन्न दृश्यहरु पनि जोडिएका छन् । भिडियोमा जोडिएको सुरुवातकै दृश्यले नै भ्रामक सन्देश प्रवाह गरेका कारण हामीले त्यसपछिका भिडियोलाई बेवास्ता गर्दै दाबीसहितको सामग्री भ्रामक रहेको निष्कर्षमा पुगेका छौँ।
schema:mentions
schema:reviewRating
schema:author
schema:inLanguage
  • Nepali
schema:itemReviewed
Faceted Search & Find service v1.16.115 as of Oct 09 2023


Alternative Linked Data Documents: ODE     Content Formats:   [cxml] [csv]     RDF   [text] [turtle] [ld+json] [rdf+json] [rdf+xml]     ODATA   [atom+xml] [odata+json]     Microdata   [microdata+json] [html]    About   
This material is Open Knowledge   W3C Semantic Web Technology [RDF Data] Valid XHTML + RDFa
OpenLink Virtuoso version 07.20.3238 as of Jul 16 2024, on Linux (x86_64-pc-linux-musl), Single-Server Edition (126 GB total memory, 5 GB memory in use)
Data on this page belongs to its respective rights holders.
Virtuoso Faceted Browser Copyright © 2009-2025 OpenLink Software