About: http://data.cimple.eu/claim-review/3c731118de27b86c7a309ff436c86e5552697df53141288d9586eafa     Goto   Sponge   NotDistinct   Permalink

An Entity of Type : schema:ClaimReview, within Data Space : data.cimple.eu associated with source document(s)

AttributesValues
rdf:type
http://data.cimple...lizedReviewRating
schema:url
schema:text
  • Last Updated on अगस्ट 29, 2023 by Neelam Singh सारांश सामाजिक सञ्जालमा मानव स्वास्थ्यसँग सम्बन्धित दाबीसहितको सामग्री फेला परेको छ । उक्त लेखमा नेपालमा पाइने जडिबुटीको रसलाई छोएर मात्रै हेर्दा ज्वरो निको हुने दाबी गरिएको छ । जब हामीले यो दावी जाँच गर्यौं हामीले यो दावी गलत भएको पायौं। दाबी Scienceinfotech.com.np नामक वेबसाइटमा प्रकाशित लेखमा डा.रामबहादुर बोहरा नामसहितको लेख पढ्न सकिन्छ । सोही लेखमा पत्थर चट्टा अजम्मरी नामक वनस्पतिलाई हेरेकै भरमा ज्वरो निको हुने दाबी गरिएको छ । उक्त लेखको एउटा अंश यस्तो छ- ‘आउनुस आज पुर्ब नै भनि सकेको छु हेरेर ज्वरो निको हुने जडिबुटीबारे यहाँ पस्कन लागेको छु । पत्थर चट्टा अजम्मरी यो कतिपय घरहरुमा गमलामा रोपेको देख्न सक्नुहुन्छ । यो जडिबुटीको पात ल्याउनुहोस् र पिस्नुहोस् रस निकाली सकेपछि माटाको भाडामा राखरे ६ फुटको दुरीमा राखेर एक घण्टा हेर्न लगाउनुस हेर्दा अनेत्र ध्यान नदिनुहोला क्रमश: ज्वरो उत्रदै जानेछ ।’ तथ्य जाँच के हो पत्थर चट्टा? पत्थर चट्टा (Kalanchoe pinnata) लाई परिचित ‘हाउसप्लान्ट’ हो र यो उष्णकटिबन्धीय र उपोष्णकटिबन्धीय क्षेत्रहरूबाट अस्तित्वमा आएको मानिसन्छ । दक्षिण एशियाका विभिन्न देशहरुमा यो वनस्पतिलाई परम्परागत रुपमा आँखा दुख्ने, पेटको विकार, जन्डिस, दुखाइ, ज्वरो र पखालाको उपचारका लागि प्रयोग गरिन्छ । अनुसन्धानले के भन्छ ? पत्थर चट्टा वनस्पति र यसको रसले ज्वरो वा अन्य कुनै शारीरिक समस्या निको हुन्छ भन्ने दाबीलाई कुनैपनि वैज्ञानिक प्रमाणले पुष्टि गर्दैनन् । यद्यपि, पत्थर चट्टामा ज्वरो घटाउने गुणहरू हुन सक्ने सम्भावना केही अध्ययनहरूले देखाएका छन् । यसको थप अध्ययन-अनुसन्धान आवश्यक छ । शरीरमा ज्वरो कसरी आउँछ ? विभिन्न कारणले शरीरमा ज्वरो आउन सक्छ, यसका अनेक अन्तर्निहित कारणहरू हुन सक्छन् । त्यसैले ज्वरो निको पार्न मूल समस्यालाई निको पार्नुपर्ने हुन सक्छ । शरीरमा ज्वरो देखिएपछि प्रमाणमा आधारित चिकित्सा निदान र उपचार खोज्नुका साथै योग्य चिकित्सकसँग परामर्श गर्नु महत्त्वपूर्ण हुन्छ । ज्वरो कसरी उपचार गर्ने? शरीरमा ज्वरो देखिएपछि गम्भीर अन्तर्निहित अवस्थाहरूलाई बेवास्ता गर्ने, उचित उपचारमा ढिलाइ गर्ने, सम्भावित लक्षणहरूबारे चिकित्सकीय सल्लाह नलिई ज्वरो निको पार्ने र चिकित्सा उपचारका लागि अप्रमाणित विधिहरूमा मात्र भरपर्नु खतरनाक पनि हुन सक्छ । ज्वरो निको पार्न घरेलु उपचारमा मात्र भरपर्नुले थप स्वास्थ्य जटिलताहरू, एलर्जी प्रतिक्रियाहरू निम्तिन सक्छन् । यदि लगातार उच्च ज्वरो वा गम्भीर लक्षणहरू देखिएका छन् भने उचित उपचार र चिकित्सकसँग परामर्श गर्नु आवश्यक छ । पत्थर चट्टा वनस्पति र यसको रसले ज्वरो वा अन्य कुनै शारीरिक समस्या निको हुन्छ भन्ने दाबीलाई कुनैपनि वैज्ञानिक प्रमाणले पुष्टि गर्दैनन् । शरीरमा ज्वरो देखिएपछि प्रमाणमा आधारित चिकित्सा निदान र उपचार खोज्नुका साथै योग्य चिकित्सकसँग परामर्श गर्नु आवश्यक छ ।
schema:mentions
schema:reviewRating
schema:author
schema:datePublished
schema:inLanguage
  • English
schema:itemReviewed
Faceted Search & Find service v1.16.115 as of Oct 09 2023


Alternative Linked Data Documents: ODE     Content Formats:   [cxml] [csv]     RDF   [text] [turtle] [ld+json] [rdf+json] [rdf+xml]     ODATA   [atom+xml] [odata+json]     Microdata   [microdata+json] [html]    About   
This material is Open Knowledge   W3C Semantic Web Technology [RDF Data] Valid XHTML + RDFa
OpenLink Virtuoso version 07.20.3238 as of Jul 16 2024, on Linux (x86_64-pc-linux-musl), Single-Server Edition (126 GB total memory, 5 GB memory in use)
Data on this page belongs to its respective rights holders.
Virtuoso Faceted Browser Copyright © 2009-2025 OpenLink Software