About: http://data.cimple.eu/claim-review/a0a82cca52693a595e18525e12c735bf5556e0f4cb212700e7fdbcf5     Goto   Sponge   NotDistinct   Permalink

An Entity of Type : schema:ClaimReview, within Data Space : data.cimple.eu associated with source document(s)

AttributesValues
rdf:type
http://data.cimple...lizedReviewRating
schema:url
schema:text
  • सारांश आँखा पाक्ने समस्यासँग सम्बन्धित एउटा दाबीसहितको पोस्ट सामाजिक संजालमा फेला परेको छ। उक्त पोस्टमा गाँजाको ग्रीन टी बनाएर सेवन गर्दा २४ घण्टामै आँखा पाकेको निको हुने दाबी गरिएको छ। जब हामीले यो दावी जाँच गर्यौं हामीले यो दावी गलत भएको पायौं। दाबी नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायको फेसबुक पेज (Bhim Upadhyaya) मा एउटा स्ट्याटस लेखिएको छ । उक्त स्ट्याटसमा लेखिएको छ- ‘अर्को प्रमाणः आँखा पाकेको थियो । गाजाको green tea बनाएर खाएको 24hour मै निको भयो । धन्यवाद सर !’ के गाँजाको ग्रीन टी बनाएर सेवन गर्दा २४ घण्टामै आँखा पाकेको निको हुन्छ त? प्रस्तुत दाबीबारे हामीले तथ्यजाँच गरेका छौँ । तथ्य जाँच के गाँजाको ग्रीन टी सेवन गर्दा आँखा सुख्खा निको हुन्छ? गाँजाको ग्रीन टीको सेवन गर्दा आँखा पाक्ने समस्या (Dry Eye Syndrome) निको हुन्छ भन्ने दाबी पुष्टि गर्ने वैज्ञानिक प्रमाणहरू प्रयाप्त छैनन् । सन् २०२० मा गरिएको एउटा अध्ययन फेला परेको छ, जसमा अधिकांश गाँजा प्रयोगकर्ताहरुले साइड इफेक्टका रूपमा आँखा पाक्ने वा सुख्खा हुने समस्या देखिएको बताएका थिए । आँखा पाक्ने समस्या विभिन्न कारणले जटिल बन्न सक्छ । यसको उपचारहरूमा सामान्यत: कृत्रिम आँसु, औषधि वा जीवनशैली परिवर्तनहरू समावेश गर्न महत्वपूर्ण छ । खाना र पोषणमा पीएचडी गरेकी डा.स्वाती दवे ले कसैलाई गाँजाको ग्रीन टी पिउन सल्लाह दिनु सबैभन्दा खराब सल्लाह भएको बताउँछिन् । उनी भन्छिन्- ‘यसले सुख्खा आँखा निको पार्न मद्दत गर्छ कि गर्दैन त्यो महत्वपूर्ण विषय होइन, मानिसहरूलाई नशालु पदार्थ सेवन गर्न सिफारिस गर्नु नै समस्या हो ।’ गाँजाको ग्रीन टी (Cannabis Green Tea) एक प्रकारको चिया हो, जसलाई ग्रीन टी र गाँजाका पातहरु मिसाएर उत्पादन गरिन्छ । उक्त गाँजाको ग्रीन टी औद्योगिक उद्देश्यका लागि खेती गरिने गाँजाबाट तयार पारिन्छ । आराम र तनाव राहत, मनोवैज्ञानिक प्रभाव न्युनिकरण र सीबीडीसँग सम्बन्धित सम्भावित स्वास्थ्य लाभहरू प्रदान गर्ने लक्ष्य राखेर गाँजाको ग्रीन टी उत्पादन गर्ने गरिएको छ । तर, गाँजाको ग्रीन टी उत्पादनको कानुनी वैधता, उपलब्धता र यसका नियमहरू देश अनुसार फरक-फरक किसिमका छन्। गाँजाको ग्रीन टीमा टीएचसी (Tetrahydrocannabinol) र सीबीडी (Cannabidiol) जस्ता क्यानाबिनोइडहरू हुन्छन्, जसले मानिसको शरीरमा सम्भावित जोखिमहरूसमेत निम्त्याउन सक्छन् । गाँजाको ग्रीन टीमा पाइने सीबीडी जस्ता क्यानाबिनोइडहरूमा सम्भावित एन्टि-इन्फ्लेमेटरी र न्यूरोप्रोटेक्टिभ गुणहरू हुनसक्ने केही अध्ययनहरुले देखाएको छन् । तर, गाँजाको ग्रीन टी सेवन गर्दा आँखा पाक्ने समस्यामा निको हुन्छ भन्ने दाबीलाई कुनैपनि वैज्ञानिक प्रमाणहरूले पुष्टि गर्न सकेनन् ।
schema:mentions
schema:reviewRating
schema:author
schema:datePublished
schema:inLanguage
  • English
schema:itemReviewed
Faceted Search & Find service v1.16.123 as of May 22 2025


Alternative Linked Data Documents: ODE     Content Formats:   [cxml] [csv]     RDF   [text] [turtle] [ld+json] [rdf+json] [rdf+xml]     ODATA   [atom+xml] [odata+json]     Microdata   [microdata+json] [html]    About   
This material is Open Knowledge   W3C Semantic Web Technology [RDF Data]
OpenLink Virtuoso version 07.20.3241 as of May 22 2025, on Linux (x86_64-pc-linux-musl), Single-Server Edition (126 GB total memory, 8 GB memory in use)
Data on this page belongs to its respective rights holders.
Virtuoso Faceted Browser Copyright © 2009-2026 OpenLink Software