Last Updated on जुन 19, 2023 by Neelam Singh
सारांश
सामाजिक संजालमा एउटा मानव स्वास्थ्यसँग सम्बन्धित सामग्री फेला परेको छ, जसमा चिनियाँ नागरिकहरूले जिउँदा किरा र फट्याङ्ग्रा खाँदा कोभिड-१९ माहामारी विश्वभर फैलिएको दाबी गरिएको छ । हामी यो दाबी जाँच गर्दा थाहा पाएका छौं कि यो दाबी प्रायः अधिकतर झूटो हो।
दाबी
Kissland Ramechhap KR नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा एक महिला देखिएकी छन् र उनले जिउँदा किरा-फट्याङ्ग्रा सेवन गरिरहेकी छन् । यही सामग्रीको क्याप्सनमा चिनियाँ नागरिकहरूले जिउँदा किरा र फट्याङ्ग्रा खाँदा कोभिड-१९ माहामारी विश्वभर सन्देश दिन खोजिएको छ ।
क्याप्सनमा लेखिएको छ- ‘चाइनाको मान्छेहरू यस्तो किरा फट्याङ्ग्रा खान्छन् अनि कोरोना भाइरस नआएर के आउँछ त ।’ हामीले तथ्य-जाँचका क्रममा यो दाबी भ्रामक रहेको पाएका छौँ ।
तथ्य जाँच
कोभिड १९ र जनावरको स्रोतबीच के सम्बन्ध छ?
चिनियाँ नागरिकहरूले जिउँदा किरा र फट्याङ्ग्रा खाँदा कोभिड-१९ माहामारी विश्वभर फैलिएको दाबी वैज्ञानिक प्रमाणहरूबाट पुष्टि हुँदैन ।
नोभेल कोरोना भाइरस सार्स-कोभ-२ (Sars-CoV-2) का कारणले कोभिड-१९ रोग मानिसमा लाग्ने गदर्छ । यो भाइरस मुख्य रूपमा चमेरो लगायतका स्तनधारी जनावरहरूमा संक्रमण हुने गरेको पाइन्छ । सार्स-कोभ-२ (Sars-CoV-2) को उत्पत्ति र संक्रमणबारे प्रयाप्त अनुसन्धान हुने क्रममै छ । तर, यो भाइरस सम्भवतः जनावरको स्रोतबाट उत्पन्न भएको र त्यसपछि मानिसमा फैलिएको अनुमान गर्ने गरिन्छ ।
कोभिड १९ कहाँबाट आयो ?
कोभिड-१९ को प्रारम्भिक माहामारी चिनियाँ शहर वुहानको समुद्री खाना बजारबाट सुरु भएको थियो, जहाँ विभिन्न जीवित जनावरहरूको बेचबिखन गरिन्थ्यो । वैज्ञानिकहरुले यस तथ्यबाट कोभिड-१९ भाइरस जनावरबाट मानिसमा जुनोटिक स्पिलओभरमार्फत् सरेको हुन सक्ने अनुमान लगाएका हुन् ।यद्यपि, यसको पर्याप्त वैज्ञानिक अनुसन्धान भने टुंगिएको छैन ।
SARS-CoV-2 का लक्षणहरू के हुन्?
सार्स-कोभ-२ को संक्रमण सुरुमा श्वासप्रश्वासका थोपाहरूमार्फत् हुन्छ, जब संक्रमित व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा वा अरूसँग नजिक रहेर कुरा गर्दा यो भाइरस सर्ने गर्दछ । संक्रमित व्यक्तिका थुकका थोपाहरू नजिकका व्यक्तिहरूले फेर्ने सासमार्फत् शरीरभित्र प्रवेश गर्दा भाइरस संक्रमण हुन्छ । भाइरस रहेका दूषित सतहहरू वा वस्तुहरूलाई छोएर अनुहार र विशेष गरी आँखा, नाक वा मुख छुँदा पनि भाइरस फैलिन सक्छ ।
कोभिड-१९ को संक्रमण र फैलावटलाई बुझ्नका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) र अन्य विश्वव्यापी स्वास्थ्य एजेन्सीहरूले संकलन गरेका विवरणलाई अध्ययन गर्न सकिन्छ । यी संस्थाहरूले व्यापक अनुसन्धान गरेर डाटा सङ्कलन गर्छन् र भाइरसको फैलावटलाई कम गर्न प्रमाणमा आधारित निर्देशिका सार्वजनिक गर्छन् ।
वैज्ञानिक प्रमाणहरूमा भर पर्नु किन महत्त्वपूर्ण छ?
वैज्ञानिक प्रमाण बिना कुनै खास खाना वा सांस्कृतिक अभ्यासलाई दोष दिनुले गलत भ्रामक प्रवाह गरेको छ । यतिमात्र होइन, यस्ता दाबीहरूले सामाजिक विभाजन र भेदभावलाई पनि बढावा दिने गर्दछ । रोग सर्ने समस्यालाई वैज्ञानिक प्रमाणका आधारमा हेर्न आवश्यक छ । वैज्ञानिक प्रमाण बिनाका निराधार धारणाहरू बनाउन वा कसैको सांस्कृतिलाई आरोपित गर्ने काममा संलग्न हुनबाट जोगिन आवश्यक छ ।
चिनियाँ नागरिकहरूले जिउँदा किरा र फट्याङ्ग्रा खाँदा कोभिड-१९ माहामारी विश्वभर फैलिएको दाबी वैज्ञानिक प्रमाणहरूबाट पुष्टि हुँदैन । वैज्ञानिक प्रमाण बिना कुनै खास खाना वा सांस्कृतिक अभ्यासलाई दोष दिनुले गलत भ्रामक प्रवाह गरेको छ ।
This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here.