About: http://data.cimple.eu/claim-review/b4af507974f89a56462862e72b113c90e3938f80eb1034db631deec6     Goto   Sponge   NotDistinct   Permalink

An Entity of Type : schema:ClaimReview, within Data Space : data.cimple.eu associated with source document(s)

AttributesValues
rdf:type
http://data.cimple...lizedReviewRating
schema:url
schema:text
  • पुष्पकमल दाहालमाथि जुत्ता प्रहार? होइन, चार वर्ष पुरानो भिडियो भाइरल पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालमाथि जुत्ता प्रहार भएको दावी गरिएको भिडियो टिकटकमा भाइरल भएको छ। कुनै सन्दर्भ उल्लेख नगरी ‘प्रचण्डमाथि जुत्ता प्रहार भएपछि…’ क्याप्सन राखेर हालिएको उक्त भिडियोमा हालसालै जुत्ता प्रहार गरेको जस्तो ठानेर अधिकांशले कमेन्ट गरेको भेटिएपछि हामीले यो भिडियोको तथ्यजाँच गरेका छौँ। हाम्रो तथ्य जाँचले यो भिडियो भ्रामक देखाएको छ। पूर्व प्रधानमन्त्री दाहाल सहभागी कार्यक्रममा अहिले हैन चार वर्षअघि २०७६ फागुनमा जुत्ता प्रहार भएको थियो। के छ दावी ? Jgarchabalenelegarcha नामक टिकटक प्रयोगकर्ताले डिसेम्बर १० मा ‘प्रचण्डमाथि जुत्ता प्रहार भएपछि…’ क्याप्सन राखेर १४ सेकेण्ड लामो एउटा भिडियो पोस्ट गरेका छन्। हेर्नुस्, स्क्रिनसट भिडियोमा मञ्चमा पूर्व प्रधानमन्त्री दाहालसँगै अरु मानिसहरु देखिन्छन् भने मञ्च अगाडि सञ्चारमाध्यमका क्यामेराहरु देखिन्छन्। त्यही भीडबाट सुरक्षाकर्मीले एक जना युवालाई लछारपछार गर्दै लगेको देखिन्छ। तर, भिडियोमा जुत्ता प्रहार गरेको देखिन्न। हेर्नुस्, स्क्रिनरेकर्ड यो तथ्यजाँच गर्दासम्म उक्त पोस्टमा झण्डै १७ हजार रियाक्सन छ भने ४२९ वटा कमेन्ट छ र ६९३ पटक सेयर गरिएको छ। तथ्य के हो ? यो भिडियोको तथ्यजाँच गर्नका लागि हामीले सुरुमा भिडियोलाई सूक्ष्म ढंगले हेर्यौँ। कार्यक्रमको ब्यानरमा भरतमोहन अधिकारीको प्रथम स्मृति सभा लेखेको प्रष्ट देख्न सकिन्छ। त्यस्तै कार्यक्रमको आयोजना २०७६ फागुन १८ गते भएको ब्यानरमै उल्लेख छ। हेर्नुस् स्क्रिनसट यो विषयमा थप बुझ्नका लागि हामीले गुगलमा ‘राष्ट्रिय सभा गृहमा प्रचण्डमाथि जुत्ता प्रहार’ की वर्ड राखेर गुगलमा सर्च गर्यौँ। त्यो क्रममा २०७६ फागुन १८ गते अनलाइनखबरमा प्रकाशित ‘नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार’ शीर्षकको समाचार फेला पार्यौँ। उक्त समाचार अनुसार, २०७६ फागुन १८ गते नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सम्बोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट दाहाललाई ताकेर जुत्ता प्रहार भएको थियो । हेर्नुस् स्क्रिनसट तथ्यजाँचको क्रममा हामीले सोही भिडियो २०७६ साल फागुनमा इण्डिया टिभीले ‘Nepal police arrest man who hurled shoe at Nepali leader Prachanda’ सोही भिडियो अपलोड गरेको भेट्यौँ। हेर्नुस्, स्क्रिनसट तथ्यजाँचको क्रममा हामीले हालसालै पूर्वप्रधानमन्त्री दाहाललाई जुत्ता प्रहार भएको कुनै तथ्य भेटेनौँ। तसर्थ, टिकटकको भिडियोमा गरिएको दावी भ्रामक हो। तथ्यजाँच दावी : पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालमाथि जुत्ता प्रहार। दावीकर्ता : Jgarchabalenelegarcha नामक टिकटक प्रयोगकर्ता। तथ्यजाँच : भ्रामक सूचना। हालसालै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालमाथि जुत्ता प्रहार भएको छैन।Jgarchabalenelegarcha ले अपलोड गरेको भिडियो २०७६ फागुन १८ गतेको हो । त्यसैले उक्त दावी भ्रामक हो।
schema:mentions
schema:reviewRating
schema:author
schema:inLanguage
  • Nepali
schema:itemReviewed
Faceted Search & Find service v1.16.115 as of Oct 09 2023


Alternative Linked Data Documents: ODE     Content Formats:   [cxml] [csv]     RDF   [text] [turtle] [ld+json] [rdf+json] [rdf+xml]     ODATA   [atom+xml] [odata+json]     Microdata   [microdata+json] [html]    About   
This material is Open Knowledge   W3C Semantic Web Technology [RDF Data] Valid XHTML + RDFa
OpenLink Virtuoso version 07.20.3238 as of Jul 16 2024, on Linux (x86_64-pc-linux-musl), Single-Server Edition (126 GB total memory, 5 GB memory in use)
Data on this page belongs to its respective rights holders.
Virtuoso Faceted Browser Copyright © 2009-2025 OpenLink Software