About: http://data.cimple.eu/claim-review/c1af08d4cff3b428559926e3e15c8a9fd65abfcba91e4bc76c03e56c     Goto   Sponge   NotDistinct   Permalink

An Entity of Type : schema:ClaimReview, within Data Space : data.cimple.eu associated with source document(s)

AttributesValues
rdf:type
http://data.cimple...lizedReviewRating
schema:url
schema:text
  • के हो ‘मदन भण्डारीलाई मार्न मलाई जिम्मा दिन खोजेको’ भन्दै गरेको प्रम ओलीको भाइरल भिडियोको तथ्य? प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाली कांग्रेसले मदन भण्डारीलाई मार्न आफूलाई जिम्मा दिन खोजेको र उनको हत्या कांग्रेसले गराएको’ भन्दै गरेको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। तर, हाम्रो तथ्यजाँचले उक्त भिडियो भ्रामक ठहर गरेको छ। प्रधानमन्त्री ओलीले फरक प्रसंग र सन्दर्भमा बोलेको कुरालाई काँटछाँट गरी गलत अर्थ दिने गरी भिडियो भाइरल गराइएको हो। के छ दावी ? विभिन्न फेसबुक र टिकटक प्रयोगकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको हत्याको प्रसंगमा बोलेको सुनिने अडियो र भिडियो भिडियो सेयर गरेका छन्, जसमध्ये केही प्रयोगकर्ताले सेयर गरेको भिडियो भाइरल भएको छ। २२ हजार फलोअर्स रहेका प्रकाश राईले २०२५ जनवरी २३ मा ‘कुरा’ क्याप्सन राखेर एउटा भिडियो पोस्ट गरेका छन्। उक्त भिडियोमा प्रधानमन्त्री ओली र पत्रकार ऋषि धमला देख्न सकिन्छ। प्रधानमन्त्री ओलीले भन्दै गरेको सुनिन्छ- ‘मदन भण्डारी मार्न मलाई जिम्मा दिन खोजेका थिए, कांग्रेसका नेताले, मैले मानिनँ। त्यतिबेला मैले कुरा गर्दा मलाई थ्रेट पनि आयो, तँलाई मार्छन्, यो कुरा नगर भने। मैले गर्न सकिनँ, अब बूढो पनि भएँ, मरेर बाँचेको मान्छे, अब चाहीँ म भन्छु, यो रहस्य त मैले भन्नुपर्छ, मदन भण्डारीको हत्याका पछाडि कांग्रेसको हात छ, कांग्रेसको सरकारले मराएको हो।’ हेर्नुस्, स्क्रिन रेकर्ड यो तथ्यजाँच गर्दासम्म उक्त भिडियोमा १२ हजार आठ सय रियाक्सन, १६ सय कमेन्ट र पाँच हजार एकसय पटक सेयर गरिएको छ। त्यस्तै एक लाख पटक भन्दा बढी हेरिएको छ। त्यस्तै, १३४५ जना फलोअर्स रहेको g sharma नामक टिकटक प्रयोगकर्ताले २०२५ जनवरी २२ मा ‘यी बा को कुरा सही हो भने यो भनाइको बारेमा तपाइँको धारणा ?’ क्याप्सन राखेर सोही भिडियो पोस्ट गरेका छन्। यो तथ्यजाँच गर्दासम्म उक्त भिडियो तीन हजार पाँच सय ६७ पटक हेरिएको छ भने एक सय १७ वटा रियाक्सन छ। तथ्य के हो ? यो विषयमा तथ्यजाँच गर्नका लागि हामीले सुरुमा भिडियोलाई सूक्ष्म ढंगले हेर्यौँ। भिडियोमा पत्रकार ऋषि धमला देखिन्छन् र अन्तर्वार्ता खिचिएको सेट प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोट जस्तै रहेको बुझ्न सकिन्छ। प्रकाश राईले अपलोड गरेको भिडियोमा देखिएका ऋषि धमला र अन्तर्वार्ता लिएको सेटको स्क्रिनसट त्यसपछि हामीले ऋषि धमला आवद्ध प्राइम टाइम्स टेलिभिजनको युट्युब च्यानलमा गएर ‘interview with kp oli’ की वर्ड राखेर सर्च गर्यौँ । त्यो क्रममा एक दर्जनभन्दा बढी सामाग्री भेटिए । हामीले अन्तर्वार्ता लिएको सेट र पोसाक मिल्ने अन्तर्वातालाई लिस्टिङ गर्यौँ । सो क्रममा २ वर्षअघि ‘ओलीले प्रचण्ड-माधवलाई यसरी नङ्ग्याए, ‘रअ’ प्रमुखदेखि जनयुद्धसम्मको उत्खनन, रावल-भुसालको भण्डाफोर’ शीर्षकमा अपलोड भएको अन्तर्वार्ता भेट्यौँ । यो भिडियोमा सामाजिक सञ्जालमा भाइरल भएको क्लिपमा जस्तै प्रधानमन्त्री ओली र पत्रकार धमलाले पोशाक लगाएका थिए । त्यस्तै, अन्तर्वार्ताको सेट पनि दुरुस्तै मिल्दो थियो। हेर्नुस् स्क्रिनसट एक घण्टा २८ मिनेट लामो भिडियोलाई हामीले सुरुदेखि हेर्यौँ। अन्तर्वार्ताको ५६ मिनेट १० सेकेण्डमा प्रधानमन्त्री ओलीले ‘ एउटा कुरा … नेपाली कांग्रेसका नेता उमेश गिरीले.. मदन भण्डारी मार्न मलाई जिम्मा दिन खोजेका थिए, कांग्रेसका नेताले, मैले मानिनँ। त्यतिबेला मैले कुरा गर्दा मलाई थ्रेट पनि आयो, तँलाई मार्छन्, यो कुरा नगर भने। मैले गर्न सकिनँ … अब बूढो पनि भएँ, मरेर बाँचेको मान्छे अब चाहीँ म भन्छु, यो रहस्य त मैले भन्नुपर्छ, मदन भण्डारीको हत्याका पछाडि कांग्रेसको हात छ, कांग्रेसको सरकारले मराएको हो, भनेर कांग्रेसका नेता उमेश गिरीले सार्वजानिक टेलिभिजनमा बोलेको मैले हेरेँ,मैले शेरबहादुर जीलाई सोध्न पाको छैन, उहाँ गृहमन्त्री हुनुहुन्थ्यो’ भनेका छन्। पूरा भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुस्। सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रधानमन्त्री ओलीले पत्रकार ऋषि धमलाको अन्तर्वातामा बोलेको यही कुरालाई तोडमोड गरेका छन् । अर्थात्, उक्त प्रसंगको सुरुमा ओलीले सुरुमा बोलेको, ‘एउटा कुरा … नेपाली कंग्रेसका नेता उमेश गिरीले.. ‘ भन्ने प्रसंग हटाएका छन् । र, सोही सन्दर्भमा अन्तिमतिर बोलेको ‘कांग्रेसको सरकारले मराएको हो..’ भनेपछि आउने प्रसंग ‘कांग्रेसका नेता उमेश गिरीले सार्वजनिक टेलिभिजनमा बोलेको मैले हेरेँ,,मैले शेर बहादुर जीलाई सोध्न पाको छैन, उहाँ गृहमन्त्री हुनुहुन्थ्यो’ भन्ने शब्द काटेका छन्। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा प्रधानमन्त्री ओलीले बोलेको सुरु र अन्तिमको प्रसंग हटाइएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले अन्तर्वाताको सुरु र अन्तिमको प्रसंग हटाई बीचको मात्र प्रसंग हालेर प्रधानमन्त्री ओलीले ‘कांग्रेसले मदन भण्डारीलाई मार्न आफूलाई जिम्मा दिन खोजेको भनेको’ अर्थ लाग्ने गरी भिडियो अपलोड गरेका छन्। तथ्यजाँच दावी : प्रधानमन्त्री ओलीले ‘नेपाली कांग्रेसले मदन भण्डारीलाई मार्न आफूलाई जिम्मा दिन खोजेको र उनको हत्या कांग्रेसले गराएको’ भने। दावीकर्ता : प्रकाश राई लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता। तथ्यजाँच : भ्रामक सूचना । प्रधानमन्त्री ओलीले ऋषि धमलासँगको अन्तर्वातामा बोलेको प्रसंगलाई काँटछाँट गरेर गलत अर्थ लाग्ने गरी प्रस्तुत गरिएको हो। त्यसैले प्रकाश राई लगायत सामाजिक सञ्जाल प्रयोगकर्ताको दावी भ्रामक छ।
schema:mentions
schema:reviewRating
schema:author
schema:inLanguage
  • Nepali
schema:itemReviewed
Faceted Search & Find service v1.16.123 as of May 22 2025


Alternative Linked Data Documents: ODE     Content Formats:   [cxml] [csv]     RDF   [text] [turtle] [ld+json] [rdf+json] [rdf+xml]     ODATA   [atom+xml] [odata+json]     Microdata   [microdata+json] [html]    About   
This material is Open Knowledge   W3C Semantic Web Technology [RDF Data]
OpenLink Virtuoso version 07.20.3241 as of May 22 2025, on Linux (x86_64-pc-linux-musl), Single-Server Edition (126 GB total memory, 8 GB memory in use)
Data on this page belongs to its respective rights holders.
Virtuoso Faceted Browser Copyright © 2009-2026 OpenLink Software