About: http://data.cimple.eu/claim-review/d4633de8f6403123327c9bcddb4e05db01aef154b053f24ae1a503fb     Goto   Sponge   NotDistinct   Permalink

An Entity of Type : schema:ClaimReview, within Data Space : data.cimple.eu associated with source document(s)

AttributesValues
rdf:type
http://data.cimple...lizedReviewRating
schema:url
schema:text
  • मेसीको स्वागतमा भनिएको भाइरल फोटो पेरिसको हैन, अमेरिकाको सोसल मिडियामा अहिले एउटा फोटो भाइरल भएको छ। फोटोमा ठूलो भिड देखिन्छ। फोटोसँगै अङ्ग्रेजीमा लेखिएको छ- ‘This isn’t political rally or a concert but a crowd to welcome Leo Messi in Paris! THIS MAN IS BIGGER THAN ANY SPORT!’ फुटबल स्टार मेस्सीलाई पेरिसमा स्वागत गर्न यो भिड आएको ती भाइरल पोस्टहरुमा दावी छ। यी दावीको हामीले तथ्य जाँच गरेका छौँ। फुटबल इज माइ ड्रग, बार्सिलोना इज माइ डिलर नामको फेसबुक पेजमा १० अगस्तमा अपलोड गरिएको यो फोटोसहितको पोस्टमा ८ हजारभन्दा बढी रियाक्सन, ५ सयभन्दा बढी कमेन्ट र झण्डै २ हजार सेयर छन्। त्यसैगरी लियो मेस्सी फ्यान नेपाल नामको अर्को फेसबुक पेजले पनि यही व्यहोरा राखेर यही फोटो पोस्ट गरेको छ। यसमा पनि झण्डै २ सय सेयर, झण्डै ७ सय रियाक्सन र २३ कमेन्ट छन्। एफसी बार्सिलोना फ्यान अफ नेपाल नामको अर्को फेसबुक पेजले यही पोस्टलाई सेयर गरेको छ। यसमा पनि ३१ कमेन्ट, ४४ सेयर देखिन्छ भने एक हजारभन्दा बढी रियाक्सन छ। फोटो कहाँको ? यो फोटोलाई गुगलमा रिभर्स इमेज सर्च गरी खोज्दा हामी यो ट्विटमा पुग्यौँ- 2021 @lollapalooza pic.twitter.com/yJDB8MdREb — Colin Hinkle (@hinklecolin) July 31, 2021 यो फोटो कोलिन हिन्कलले जुलाई ३१, २०२१ मा ट्विट गरेका छन्। फोटोमा उनले lollapalooza लेखेका छन्। त्यसैगरी यो फोटोसहित यो फोटोको बारेमा बिजनेस इन्साइडरले पनि अगस्त ३, २०२१ मा समाचार राखेको छ। यसमा फोटो खिच्नेसित अन्तर्वार्ता पनि छ। अन्तर्वार्तामा कोलिन हिन्कलले बताए अनुसार अमेरिकाको शिकागोमा भएको लोल्लापालोजा म्युजिक फेस्टिभलमा खिचिएको फोटो थियो यो। यही सामग्री याहून्युज र न्युजब्रेकमा पनि देखिन्छ। तथ्य जाँच दावी : यो फोटो मेस्सीको स्वागतमा पेरिसमा उर्लिएको जनसागरको हो। तथ्य : मिथ्या सूचना । यो फोटो अमेरिकाको शिकागोमा भएको लोल्लापालोजा म्युजिक फेस्टिभलको हो। सेन्टर फर मिडिया रिसर्च र माइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो हामीलाई निम्न बमोजिम पठाउन सक्नुहुन्छ- - भाइबर वा ह्वाटस एपमा (भाइबरमा पठाउन क्युआर कोड, ह्वाटसएपमा पठाउन क्युआर कोड) - इमेल [email protected] वा [email protected] - फेसबुक पेज : अथवा माइसंसारको फेसबुक पेज - वेबसाइटबाट सीधै : नेपालफ्याक्टचेकको वेबसाइट - भाइबर ग्रुप : भाइबर ग्रुपमा जोडिन यहाँ क्लिक गर्नुस्।
schema:mentions
schema:reviewRating
schema:author
schema:inLanguage
  • Nepali
schema:itemReviewed
Faceted Search & Find service v1.16.115 as of Oct 09 2023


Alternative Linked Data Documents: ODE     Content Formats:   [cxml] [csv]     RDF   [text] [turtle] [ld+json] [rdf+json] [rdf+xml]     ODATA   [atom+xml] [odata+json]     Microdata   [microdata+json] [html]    About   
This material is Open Knowledge   W3C Semantic Web Technology [RDF Data] Valid XHTML + RDFa
OpenLink Virtuoso version 07.20.3238 as of Jul 16 2024, on Linux (x86_64-pc-linux-musl), Single-Server Edition (126 GB total memory, 2 GB memory in use)
Data on this page belongs to its respective rights holders.
Virtuoso Faceted Browser Copyright © 2009-2025 OpenLink Software