About: http://data.cimple.eu/claim-review/d7735fe87fb02a4a1e2d06e24507aa7b80955751a9a2b242cc2e0700     Goto   Sponge   NotDistinct   Permalink

An Entity of Type : schema:ClaimReview, within Data Space : data.cimple.eu associated with source document(s)

AttributesValues
rdf:type
http://data.cimple...lizedReviewRating
schema:url
schema:text
  • सारांश पछिल्ला केही वर्ष संसार नै कोभिड-१९ महामारीबाट आक्रान्त भयो । महामारीमा कोभिड-१९ र महामारीका विषयमा अनेक दाबी गरिए । यही क्रममा एउटा समाचार नेपाली संचार माध्यमहरुमा फेला परेको छ । ती सामग्रीहरुमा इन्डोनेसियाका नागरिकहरूसँग कोभिड–१९ प्रतिरोधी क्षमता प्रशस्तै रहेको दाबी गरिएको देखिन्छ । कोविड-१९ महामारीसँग लड्न इन्डोनेसियाका नागरिकसँग प्रशस्तै प्रतिरोधी क्षमता छ भन्ने कुनै प्रमाण छैन । कोभिड-१९ संक्रमण र खोप लगाइसकेपछि गरिएको अनुसन्धानले नतिजा नै माथिको दाबी हो । दाबी Newsgriha, danfetv लगायतका नेपाली संचार माध्यममा छापिएका ती सामग्रीको शीर्षक राखिएको छ- ‘इन्डोनेसियाका ९८.५ प्रतिशत व्यक्तिमा कोभिड–१९ प्रतिरोधी क्षमता भएको दावी’ । सामग्रीको स्रोतका रुपमा रासस/सिन्ह्वा उल्लेख गरिएको एउटै समाचार दुबै संचार माध्यमले प्रकाशित गरेको देखिन्छ । साउन २६, २०७९ मा प्रकाशित गरिएका दुबै समाचारको पहिलो अंश यस्तो छ- इन्डोनेसियाको स्वास्थ्य मन्त्रालय र इन्डोनेसिया विश्वविद्यालयको जनस्वास्थ्य संकायले गरेको सेरोलोजिकल सर्वेक्षणअनुसार इन्डोनेसियाली नागरिकमा कोभिड–१९ को संक्रमणसँग जुध्नका लागि एन्टिबडीको मात्रा प्रशस्त रहेको छ । सर्वेक्षणले जुलाईसम्म इन्डोनेसियाको ९८.५ प्रतिशत जनसंख्यामा एन्टिबडी भएको देखाएको छ । सोही संस्थाले सन् २०२१ को डिसेम्बरमा ८८ प्रतिशत को हाराहारीमा एन्टिबडी रहेको अध्ययनपछि बताएको थियो । तथ्य जांच के इन्डोनेसियालीहरूसँग कोभिड-१९ महामारीविरुद्ध लड्न पर्याप्त प्रतिरोधात्मक क्षमता छ? कोविड-१९ महामारीसँग लड्न इन्डोनेसियाका नागरिकसँग प्रशस्तै प्रतिरोधी क्षमता छ भन्ने कुनै प्रमाण छैन । प्रस्तुत दाबी इन्डोनेसियाको स्वास्थ्य मन्त्रालय र इन्डोनेसियाको विश्वविद्यालयले गरेको सेरोलोजिकल सर्वेक्षणमा आधारित रहेको । इन्डोनेसियाको ९८.५ प्रतिशत जनसंख्यामा गरिएकाे यस सर्वेक्षणमा एन्टिबडी रहेको पाइएको थियो । इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा खोजी गर्दा हामीले ‘3rd Serological Survey Results: Indonesian Population Antibody Levels Increase 4-fold’ शीर्षकको मूल समाचार विज्ञप्ति फेला पार्यौं । उक्त विज्ञप्ति अनुसार कोभिड-१९ एन्टिबडीहरू पुष्टि गर्न प्रश्नवलीसहित रगतको नमूनाहरू लिएर सर्वेक्षण गरिएको समाचार विज्ञप्तिमा उल्लेख छ । उक्त समाचार विज्ञप्तिमा फाकुलतास केसेहाटन मास्याराकट युनिभर्सिटीस इन्डोनेसिया (FKMUI) का एक अनुसन्धानकर्ताको भनाई पनि राखिएको छ । उनले भनेका छन्,‘इन्डोनेसियालीहरुमा कोभिड-१९ बाट संक्रमित भएका कारण र कोभिडविरुद्ध खोप लगाएका कारण एन्टिबडीको स्तर बढेको हाे ।’ समाचार विज्ञप्तिमा थपिएको छ,‘खोपको अतिरिक्त, अहिलेसम्म कोभिड–१९ बाट संक्रमित धेरै व्यक्तिहरू छन्, यसले संक्रमित व्यक्तिको एन्टिबडी बढाएकाे हुनसक्छ तर एन्टिबडी बढाउन सबैभन्दा ठूलो भूमिका खोपले नै खेलेको हो ।’ प्रस्तुत उपलब्ध प्रमाणहरूले के प्रष्ट पारेको छ भने एन्टिबडी एक्लै कोभिड-१९ विरुद्ध लड्न सक्दैन । एकपटक भाइरल इन्फेक्सन सेलमा प्रवेश गरेपछि एन्टिबडीहरूले धेरै काम गर्न सक्दैनन् किनकि तिनीहरू कोषमा प्रवेश गर्न सक्दैनन्। यही कारण भाइरल संक्रमणले गुणात्मकरुपमा फैलिने मौका पाउँछ । यस्तो अवस्थामा टी कोशिकाहरूले भाइरस-संक्रमित कोशिकाहरूलाई शरीरभित्र भाइरस फैलिनबाट रोक्छन् । कोभिड–१९ को संक्रमणविरुद्ध प्रतिरोधात्मक क्षमता सुनिश्चित गर्न आवश्यक एन्टिबडी र टी सेलको संख्या पुष्टि गर्ने कुनै प्रमाण छैन। यसको मतलब उच्च एन्टिबडी भएका व्यक्तिहरू सम्भवतः कोविड-१९ संक्रमणबाट सुरक्षित हुन्छन्। यद्यपि, थोरै एन्टिबडीहरूले माथिको दाबीलाई पुष्टि गर्दैनन्। उपलब्ध प्रमाणहरूले के प्रष्ट पारेका छन् भने अहिलेसम्म कोभिड-१९ संक्रमणविरुद्ध पूर्ण प्रतिरक्षा सुनिश्चित गर्न कुन सतरमा एन्टिबडीहरू हुनुपर्छ भन्ने कुरा अनुसन्धानकर्ताले पत्ता लगाइसकेका छैनन् । एन्टिबडी परीक्षणका क्रममा कोरोनाभाइरस संक्रमण पत्ता लगाउन विभिन्न विधिहरू प्रयोग गरिन्छ। सामान्यतया प्रयोगशाला परीक्षणहरू परिणाम पुष्टि गर्न अतिरिक्त-न्यूनतम र अधिकतम मूल्य पनि निर्धारण गर्दछ। यसले चिकित्सकलाई अवस्थाको गम्भीरता बुझ्न मद्दत गर्छ। यद्यपि, यसको दायरा अझै परिभाषित गरिएको छैन। कोभिड-१९ संक्रमण पत्ता लगाउने मानक रिभर्स ट्रान्सक्रिप्शन पोलिमरेज चेन रियाक्सन (RT-PCR) परीक्षणको क्रममा गणना गरिएको साइकल थ्रेसहोल्ड (CT) भ्यालुको उदाहरणबाट हामी यसलाई अँझ प्रष्टसँग बुझ्न सक्छौँ । सीटी भ्यालु भनेको RT-PCR परीक्षणमा कोभिड-१९ संक्रमण पत्ता लगाउन सकिने चक्रहरूको संख्या हो। सरल भाषामा भन्नुपर्दा उच्च सीटी चक्रले तल्लो चक्रमा भाइरस पत्ता नलागेको संकेत गर्छ र कम सीटी भ्यालु भनेको उच्च भाइरल लोड हो । तर, यो हरेक व्यक्तिमा हुँदैन। इन्डियन काउन्सिल अफ मिडिया रिसर्च (ICMR) वेबसाइटमा उपलब्ध कागजातका अनुसार कोभिड-१९ संक्रमणको गम्भीरता र सीटी भ्यालुहरू बीचको सम्बन्ध पुष्टि गर्न कुनै भरपर्दो अध्ययनहरू छैनन् । आइसीएमआरद्वारा कोभिड-१९ संक्रमण पुष्टि गर्नमा सीटी भ्यालुको असक्षमतालाई श्रेय दिइएका केही कारणहरूमा विभिन्न सीटी भ्यालुहरू भएका विभिन्न किटहरू, नमूना सङ्कलन प्रक्रिया र नमूना भण्डारण र यातायात चुनौतीहरू समावेश छन्। This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here.
schema:reviewRating
schema:author
schema:datePublished
schema:inLanguage
  • English
schema:itemReviewed
Faceted Search & Find service v1.16.123 as of May 22 2025


Alternative Linked Data Documents: ODE     Content Formats:   [cxml] [csv]     RDF   [text] [turtle] [ld+json] [rdf+json] [rdf+xml]     ODATA   [atom+xml] [odata+json]     Microdata   [microdata+json] [html]    About   
This material is Open Knowledge   W3C Semantic Web Technology [RDF Data]
OpenLink Virtuoso version 07.20.3241 as of May 22 2025, on Linux (x86_64-pc-linux-musl), Single-Server Edition (126 GB total memory, 8 GB memory in use)
Data on this page belongs to its respective rights holders.
Virtuoso Faceted Browser Copyright © 2009-2026 OpenLink Software