About: http://data.cimple.eu/claim-review/dd5e93a10a80f6ffabff245abdb5c43acec3cd7fbdc6105c1ceaa361     Goto   Sponge   NotDistinct   Permalink

An Entity of Type : schema:ClaimReview, within Data Space : data.cimple.eu associated with source document(s)

AttributesValues
rdf:type
http://data.cimple...lizedReviewRating
schema:url
schema:text
  • नझुक्किनुस्, एलन मस्कले १० हजार डलर पर्ने स्वचालित मोटर होम बनाउन लागेका हैनन् ‘टेस्ला कम्पनीका सिइओ एलन मस्कले १० हजार डलर पर्ने स्वचालित मोटर होम सार्वजनिक गर्ने’ दावी गरिएको एउटा पोस्ट सामाजिक सञ्जाल फेसबुकमा फैलिएको छ। तर, हाम्रो तथ्यजाँचले यो दावी मिथ्या रहेको ठहर गरेको छ। मस्कले यस्तो कुनै घोषणा गरेका छैनन्। के छ दावी ? १२ हजार फलोअर्स रहेको शंकर जनाला नामको फेसबुक पेजमा डिसेम्बर १ मा ‘Elon Musk: “I Am Releasing $10,000 Tesla Autonomous Mobile Home Today!”’ शीर्षकसहित एक पोस्ट गरिएको छ। फोटोमा एलन मस्कका दुई तस्बिरहरूका पृष्ठभूमिमा दुई फरक प्रकारका गाडीजस्तै देखिने संरचना (मोटर होम) समावेश गरिएका छन्। उक्त पोस्टमा ‘एलन मस्कले १० हजार डलर पर्ने स्वचालित टेस्ला मोटर होम आजै सार्वजानिक गर्ने’ लेखिएको छ। हेर्नुस् स्क्रिनसट। अर्काइभ लिंक यो तथ्यजाँच तयार गर्दासम्म उक्त पोस्टमा ४० वटा कमेन्ट छ भने १३ पटक सेयर गरिएको छ। तथ्य के हो ? यो विषयमा तथ्यजाँच गर्नका लागि हामीले टेस्ला कम्पनीको आधिकारिक वेबसाइटमा यस्तो प्रोडक्ट बनाउन लागेको छ/छैन भनेर हेर्यौँ। तर उक्त वेबसाइटमा यस्तो प्रोडक्ट सूचिमा राखेको भेटेनौँ। यो विषयमा थप बुझ्नका लागि हामीले गुगलमा ‘Elon Musk, $10000, Motor Home’ कीवर्ड राखेर सर्च गर्यौँ। सो क्रममा पोलिटी फ्याक्ट नामक फ्याक्टचेकिङ संस्थाले नोभेम्बर २७ मा ‘No, Elon Musk did not announce a Tesla motor home’ शीर्षकमा प्रकाशित गरेको तथ्यजाँच फेला पार्यौँ। उक्त तथ्यजाँच अनुसार टेस्लाको सिइओ मस्कले ‘टेस्ला स्वचालित मोटर होम’ सार्वजानिक गर्ने घोषणा गरेका छैनन्। हेर्नुस् स्क्रिनसट उक्त संस्थाले नोभेम्बर ८ मा पनि ‘Claims that Elon Musk is launching a low-cost house lack evidence’ प्रकाशित गरेको भेट्यौँ। उस्तै आशयको बुझिने फरक दावीलाई तथ्यजाँच गर्ने क्रममा पोलिटी फ्याक्टचेकले मस्कले यस्तो किसिमको घर बनाउने दावी नगरेको निष्कर्ष निकालेको छ। हेर्नुस्, स्क्रिनसट त्यसैगरी Snopes मा पनि २०२४ अक्टोबर २८ मा ‘Elon Musk Announced ‘Tesla 2025 Motorhome’ for Under $17K?’ शीर्षकमा प्रकाशित एउटा तथ्यजाँच फेला पार्यौँ। १० हजार डलरको ठाउँमा ‘१७ हजार डलर पर्ने मोटर होम’ दावी गर्नु बाहेक उक्त पोस्टमा अन्य दावी उस्तै छ। उक्त तथ्यजाँचमा मस्कले यस्तो दावी नगरेको उल्लेख छ। हेर्नुस्, स्क्रिनसट तथ्यजाँच दावी : टेस्ला कम्पनीका सिइओ एलन मस्कले १० हजार डलर पर्ने स्वचालित मोटर होम सार्वजनिक गर्ने घोषणा गरे। दावीकर्ता : शंकर जनला नामक फेसबुक प्रयोगकर्ता। तथ्यजाँच : यो दावी मिथ्या हो। एलन मस्कले यस्तो कुनै स्वचालित मोटर होम बनाउने घोषणा गरेका छैनन्। टेस्ला कम्पनीको आधिकारिक वेबसाइट र विश्वसनीय समाचार स्रोतहरूमा यो विषय उल्लेख छैन। पोलिटीफ्याक्ट र स्नुप्सजस्ता तथ्यजाँच संस्थाहरूले पनि यस्ता दावीहरूलाई असत्य ठहर गरेका छन्। त्यसैले, शंकर जनलाको दावी मिथ्या हो।
schema:mentions
schema:reviewRating
schema:author
schema:inLanguage
  • Nepali
schema:itemReviewed
Faceted Search & Find service v1.16.123 as of May 22 2025


Alternative Linked Data Documents: ODE     Content Formats:   [cxml] [csv]     RDF   [text] [turtle] [ld+json] [rdf+json] [rdf+xml]     ODATA   [atom+xml] [odata+json]     Microdata   [microdata+json] [html]    About   
This material is Open Knowledge   W3C Semantic Web Technology [RDF Data]
OpenLink Virtuoso version 07.20.3241 as of May 22 2025, on Linux (x86_64-pc-linux-musl), Single-Server Edition (126 GB total memory, 8 GB memory in use)
Data on this page belongs to its respective rights holders.
Virtuoso Faceted Browser Copyright © 2009-2026 OpenLink Software