About: http://data.cimple.eu/claim-review/ebd435d77f8c723d142b6b45a6737aef5a8ead0ed09f9ae612ed1bc0     Goto   Sponge   NotDistinct   Permalink

An Entity of Type : schema:ClaimReview, within Data Space : data.cimple.eu associated with source document(s)

AttributesValues
rdf:type
http://data.cimple...lizedReviewRating
schema:url
schema:text
  • Last Updated on मार्च 20, 2024 by Neelam Singh सारांश मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त पोस्टमा घोडटाप्रे झार (Centella Asiatica Plant) ब्रेन नर्भ र डिप्रेसनको लागि राम्रो औषधि रहेको दाबी गरिएको छ ।जब हामीले यो दावी जाँच गर्यौं हामीले यो दावी आंशिक गलतभएको पायौं। दाबी Lieeeenagrg नामक टिकटक आइडीमा एउटा भिडियो पोस्ट गरिएको छ र उक्त भिडियोमा घोडटाप्रे झारको दृश्य देख्न सकिन्छ । प्रस्तुत भिडियोको थमनेलमा अंग्रेजी भाषामा लेखिएको छ- ‘ब्रेन नर्भ र डिप्रेसनको लागि राम्रो औषधी, विहानको समयमा खालीपेट सेवन गर्नुपर्छ ।’ डिप्रेसन तथा मानसिक रोगको उपचार भन्दै सामाजिक संजालमा पोस्ट गरिएको प्रस्तुत दाबी संवेदनशील देखिन्छ । उक्त दाबीको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ । तथ्य जाँच ब्राह्मीझार के हो? घोडटाप्रे झारलाई एशिया एशिया महाद्वीपको मूल जडिबुटी हो । अनेक नामले चिनिने यो वनस्पति स्वास्थ्य लाभको लागि एक परम्परागत औषधि मानिन्छ ।घोडटाप्रे झारले डिप्रेसनका लक्षणहरू न्युनिकरण गर्न मद्दत गर्नसक्छ । ब्राह्मीको बारेमा प्रमाणले के भन्छ? घोडटाप्रे झार (Centella Asiatica Plant) वनस्पतिले डिप्रेसन निको पार्न सक्छ भन्ने भ्रामक गलत छ । उक्त वनस्पतिको सेवनले मात्रै डिप्रेसन निको पार्न सक्दैन, त्यसैले रोग निदानका लागि घोडटाप्रे झारमा मात्रै भरपर्नु हुँदैन ।घोडटाप्रे झारले तनाव हार्मोनहरू घटाएर र मुड नियमनसँग सम्बन्धित न्यूरोट्रान्समिटरहरू बढाएर एन्टीडिप्रेसन्ट-जस्तो प्रभाव पार्न सक्ने उपलब्ध प्रमाणहरूमा उल्लेख छ । विशेषगरी यसले हल्कादेखि मध्यम डिप्रेसन तथा चिन्ता कम गर्नका लागि उपयोगी हुनसक्छ । तर, माथि उल्लेखित तथ्यहरु वैज्ञानिक रुपमा पूर्णत: प्रमाणित भएका छैनन् । जाँचका क्रममा धेरै जसो अध्ययनहरूको दायरा सानो छ र ती अध्ययनहरु जनावरहरूमा गरिएको देखिन्छ । तसर्थ, घोडटाप्रे झारको प्रभावकारिता पुष्टि गर्न र यसको पछाडिको संयन्त्र बुझ्न विश्वसनीय मानवीय परीक्षण/अनुसन्धान आवश्यक छ । अर्कोतर्फ, घोडटाप्रे झारको सेवनले औषधिसँग अन्तर्क्रिया गर्नसक्छ, जसबाट पेट दुख्ने जस्ता साइड इफेक्टहरू देखा पर्न सक्छन् । कुनैपनि हर्बल पूरक प्रयास गर्नुअघि मानिसहरूले सधैं एक स्वास्थ्य सेवा पेशेवरसँग परामर्श गर्नुपर्छ । उल्लेखित दाबीका विषयमा हामीले मनोचिकित्सक डा.बिन्द सिंहसँग परामर्श गर्यौँ । उनी भन्छिन्,‘डिप्रेसन एउटा रोग हो र यसको उचित उपचार चाहिन्छ । यो विभिन्न कारणले हुन सक्छ, जस्तै परिस्थितिजन्य, आघात, शारीरिक स्वास्थ्य समस्याहरू आदि । डिप्रेसनलाई हस्तक्षेपसहितको उपचार आवश्यक पर्दछ, जसमा औषधि, परामर्श, सकारात्मक विचार, संचार, आदि समावेश हुन सक्छन् ।’ घोडटाप्रे झारले डिप्रेसन निको पार्न सक्छ भन्ने दाबी भ्रामक छ । डिप्रेसन एउटा रोग हो र यसको निदानका लागि उचित वैज्ञानिक उपचार आवश्यक पर्दछ । कुनै वनस्पतिको सेवनले मात्रै डिप्रेसन निको हुन सक्दैन, त्यसैले डिप्रेसन निदानका लागि घोडटाप्रे झारमा मात्रै भरपर्नु हुँदैन । This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here.
schema:mentions
schema:reviewRating
schema:author
schema:datePublished
schema:inLanguage
  • English
schema:itemReviewed
Faceted Search & Find service v1.16.115 as of Oct 09 2023


Alternative Linked Data Documents: ODE     Content Formats:   [cxml] [csv]     RDF   [text] [turtle] [ld+json] [rdf+json] [rdf+xml]     ODATA   [atom+xml] [odata+json]     Microdata   [microdata+json] [html]    About   
This material is Open Knowledge   W3C Semantic Web Technology [RDF Data] Valid XHTML + RDFa
OpenLink Virtuoso version 07.20.3238 as of Jul 16 2024, on Linux (x86_64-pc-linux-musl), Single-Server Edition (126 GB total memory, 5 GB memory in use)
Data on this page belongs to its respective rights holders.
Virtuoso Faceted Browser Copyright © 2009-2025 OpenLink Software