सारांश
पक्षाघात समस्यासँग सम्बन्धित एउटा भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ। धतुरो दानालाई सुकाएर तोरीको तेलसँग मिसाएर पक्षाघात भएको अंगमा बाक्लोगरी लगाउँदा पक्षाघात भएको अंग चल्ने दाबी गरिएको छ। जब हामीले यो दावी जाँच गर्यौं हामीले यो दावी गलत भएको पायौं।
दाबी
Nu Hang Rai नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा धतुरोको बोटको दृश्य जोडिएको छ । उक्त भिडियोमा भनिएको छ –
‘यो धतुरो हो तपाईंले देख्नु हुँदैछ । यो जहाँ पायो त्यतै प्रयोग नगर्ने हो । यसलाई खान त पटक्कै हुँदैन । यो धतुरो हो, यो निकै विषाक्त हुन्छ । यसलाई बाहिरी रुपमा प्रयोग गर्न सकिन्छ, त्यो बारे भनिरहेकोछु । यसको जुन फल हुन्छ त्यो फललाई निकाल्नुहोस्, त्यसको भित्र दाना हुन्छ त्यसलाई सुकाएर कुट्नुहोस् सुकाएर कुटिसकेपछि एक्दमै पेवर तोरीको तेलमा यसको धुलोलाई खार्नुहोस् । खारिसकेपछि तपाईंको जहाँ पनि नचलने अंग प्यारालाइसिस भएको छ, त्यसमा यसले बाक्लो गरेर मालिस गर्नुभयो भने तपाईको अंग यसले पुर्ण रुपमा चलाउन सक्छ ।’
तथ्य जाँच
धतुरो दानालाई सुकाएर तोरीको तेलसँग मिसाएर पक्षाघात भएको अंगमा बाक्लोगरी लगाउँदा पक्षाघात भएको अंग चल्ने दाबी गलत छ।
धतुरा भनेको के हो?
धतुरो सोलानेसी (Solanaceae) परिवारमा वर्गीकरण गरिएको पोथ्रा वनस्पति हो। हलुसिनोजेनिक गुणहरूको लागि परिचित धतुरोको बोटमा धेरै दानाहरु भएका स्पाइकी फल्छन् । धतुरोलाई परम्परागत चिकित्सा र आध्यात्मिक अभ्यासहरूमा प्रयोग गर्ने गरिएको छ।
केही परम्परागत रुपमा औषधिको प्रयोग बाहेक धतुरो वनस्पति यसको विषाक्तता र सम्भावित खतराका लागि प्रसिद्ध छ।
धतुरा कति विषालु?
धतुरोमा एट्रोपिन, स्कोपोलामाइन र हायोसायमाइनसँगै अत्याधिक एल्कलोइड पाइने भएकाले यो अत्याधिक विषाक्त हुन्छ । यी यौगिकहरूले स्नायु प्रणालीलाई असर गर्नुका साथै गम्भीर शारीरिक तथा मनोवैज्ञानिक प्रभावहरू निम्त्याउन सक्छन् । धतुरोको विषाक्तता धेरै नै डरलाग्दो हुन्छ, किनभने यसको थोरै मात्राले पनि गम्भीर प्रतिक्रियाहरू निम्त्याउन सक्छन् ।
के धतुराले पक्षाघात भएका मानिसहरूलाई मद्दत गर्न सक्छ?
धतुरो दानालाई सुकाएर तोरीको तेलसँग मिसाएर पक्षाघात भएको अंगमा बाक्लोगरी लेप लगाउँदा पक्षाघात भएको अंग चल्न थाल्छ भन्ने दाबीलाई प्रमाणित गर्ने कुनैपनि तथ्य-स्रोत फेला परेनन् ।
धतुरो दानालाई सुकाएर तोरीको तेलसँग मिसाएर पक्षाघात भएको अंगमा बाक्लोगरी लगाउँदा पक्षाघात भएको अंग चल्ने दाबी गलत छ । धतुरोमा एनाल्जेसिक मांसपेशीमा आराम दिने गुणहरू भएपनि यसले पक्षाघात भएको अंगमा कुनैपनि सकारात्मक प्रभाव पार्दैन ।
This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here.